यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
कुनै पनि भवन वा निर्माणको जग भेटिँदैन । जग पुर्ने गरिन्छ । यसो भनेर जग कमजोर भयो भने त्यो जगमा खडा हुने भवन वा निर्माण स्वतः कमजोर हुन्छ । तसर्थ, जगमा खेलाँची गर्नुहुँदैन । जग भनेको जति ठुलो र अग्लो घर बन्यो त्यति नै गहिरो र बलियो हुनुपर्छ । देश र समाजले आत्मनिर्भरताको बाटो छोडी परनिर्भरताको बाटो समात्यो भने त्यो विषय अत्यन्त कमजोर हुन्छ । देशलाई कति पक्षहरू परनिर्भर होइन, आत्मनिर्भर हुनुपर्ने कुरा दोहो¥याइरहन्छन् । देश र समाजले आत्मनिर्भरताको बाटो छोडी परनिर्भरताको बाटो समात्यो भने त्यसको भविष्य हुँदैन । तसर्थ, यो आत्मनिर्भरता र परनिर्भरताको बाटोमा आकाश–पातालको फरक छ । जग छोपिने विषय हो भनेर खेलाँची ग¥यो भने त्यो निर्माणको धुरी नपुग्दै गल्र्यामगुर्लुम ढल्छ । यसर्थ, देश र समाजले यो गम्भीर कुरामा विशेष ध्यान पु¥याउनु जरुरी छ । यस्ता गम्भीर कुरा भन्न सजिलो छ, लेख्न सजिलो छ, कार्यान्वयन गर्न निकै कठिन हुन्छ । गहिरो जगको लागि नसड्ने, नकुहिने वस्तुहरूको खाँचो हुन्छ ।
जग बलियो, सब बलियो !
घर बनाउँदा जग ढुङ्गा वा पाको इँट्टा नै प्रयोग गर्ने चलन छ । हाम्रा पुर्खाहरू जति नै कम पढे पनि निर्माणको यो रहस्य बुझ्दथे र जग बलियो बनाउँथे । खोलामा ठुला र स–साना ढुङ्गाहरू पनि यथेष्ट पाइन्थे । गाउँघरमा ती ढुङ्गा जम्मा गरी, बोकेर ल्याई नयाँ घर बनाउनका लागि सहयोग गर्थे । त्यस्तो सहयोग अचेल पाइँदैन । हिजो–आज खोलाहरूमा ठुला वा साना ढुङ्गाहरू नै पाइँदैनन् । पाखो खनेर ढुङ्गा खोज्नुपर्छ । नयाँ घर बनाउने सबैले पाको इँट प्रयोग गर्न पाउँदैनन् । यसकारण घर बनाउने काम महँगो भएको छ । पहिले पहिले समाजमा आत्मनिर्भरता यथेष्ट हुन्थ्यो । हिजोआज त्यो अन्तरनिर्भरता शब्दकोषमा मात्र सीमित छ । यसो भनेर जग कमजोर लगाउन पाइँदैन । जग छोपिने त हो नि भनेर कमजोर बनायो भने घरको धुरी नछाउँदै घर ढल्न सक्छ । यसर्थ, जे काम गर्ने हो, त्यो कामको जग मजबुत र बलियो हुनुपर्छ । जग भनेको जग नै हो । पढाइको जग प्रारम्भिक शिक्षा हो जसले राम्रो प्रारम्भिक शिक्षा पायो, त्यसको अन्तिम परिणामसम्म राम्रो नम्बर ल्याउँछ ।
सक्कली र नक्कली !
मानव सभ्यताको इतिहासमा विकासक्रमको अध्ययन र विश्लेषण गर्ने पद्धति थियो । तर, पछिपछि त्यो पद्धति उपेक्षित हुँदै गयो । मानव सभ्यताको इतिहासको विकासक्रम अध्ययनको लागि भवन निर्माणको जगलाई आधार मानिन्छ । त्यसैले, जग बलियो हुनुपर्छ । जग बलियो भए भवन पनि बलियो हुन्छ । सुविधासम्पन्न र निर्माणका सक्कली वस्तु पाइने ठाउँमा काम गर्न सजिलो हुन्छ । हालै भक्तपुर नगरपालिकाले अरनिको सभा भवनको शिलान्यास ग¥यो । सो शिलान्यास नयाँ ठाउँमा गरिएको थियो । नयाँ पुस्तालाई राजनीतिमा अगाडि ल्याउन सके उनीहरूको सांस्कृतिक स्तर पनि माथि उठ्छ । सार्वजनिक पदमा आसीन पदाधिकारीहरूले अलिकति पनि ध्यान पु¥याएनन् भने त्यसको दोष नेतृत्व गर्ने माथि थुप्रिन्छ । ठुल्ठुला निर्माण गर्दा निर्माण सामग्रीको गुणस्तर सक्कली–नक्कली छुट्याउन सक्नुपर्छ । सुरुमा नै नक्कली सामग्री परे त्यो निर्माण पनि नक्कली नै हुन्छ ।
लगत इस्टिमेटभन्दा कममा
त्यसो त भक्तपुर नगरपालिकामा निर्माण हुने सामान त सक्कली नै हुन्छ । कथम् आँखा चिम्लियो भने नक्कली पर्नसक्छ । नक्कली सामानबाट भएको निर्माण धेरै टिक्दैन, सके बनाउँदा बनाउँदै ढल्छ । नसके पनि केही समयपछि ढल्छ । यसर्थ, घर बनाउँदा प्रयोग हुने कुनै पनि वस्तु नक्कली हुनुहुँदैन, सक्कली हुनुपर्छ । भक्तपुरमा स्थानीय उपभोक्ताहरू आफ्नो टोलमा र आफ्ना सन्तानहरूका लागि निर्माण हुने कार्यमा उपभोक्ता समिति बनाएर यथासक्य बलियो बनाउन खोज्छन् । तर, पनि चुत्था खालका व्यापारीहरू नक्कली सामानलाई सक्कली भनी झुक्याएर प्रयोग गराउँछन् । भक्तपुरका उपभोक्ताहरू चनाखा छन् । जति रकममा लगत इस्टिमेट भयो, त्योभन्दा निकै सस्तोमा निर्माण हुन्छ । उदाहरणको लागि भक्तपुरको आठ सय वर्ष अगाडि बनेको भाजु पोखरीको पुनःनिर्माणको सरकारी लगत इस्टिमेट रु. २ करोड ९१ लाख ७९ हजार ९ सय नब्बेको अनुमान गरिएको थियो तर, तीनवटा उपभोक्ता समितिले रु. १ करोड ८७ लाख ३५ हजार ६ सय ३४ रुपैयाँमा तयार पारे । यो परिचय हो भक्तपुरका उपभोक्ताहरूको ।
लोभानी पापानी छैन !
राजनीतिमा नयाँ पुस्तालाई अगाडि सार्नुपर्छ । अब पुरानो पुस्ताले मात्र धान्दैन । यो तथ्य सबैले बुझ्दैनन् । कमिसनका लोभीहरूले त झन् बुझ्दै बुझ्दैनन् वा नबुझेजस्तो गर्छन् । भक्तपुर नगरपालिकाले एउटा सार्वजनिक सभा हल बनाउन थालेको छ । त्यो हल कसरी बन्छ ? धेरैका आँखा परेका छन् । नगरपालिकाको आससम्मको अवस्था हेर्दा लोभलालच गर्छ जस्तो लाग्दैन । तर, एउटा उखान छ – धन देखेपछि महादेवको पनि तेस्रो आँखा खुल्छ । मलाई लाग्छ भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिको तेस्रो आँखा छैन । तसर्थ, एक पैसा पनि तल–माथि हुँदैन । आज नेपालको अवस्था, यस्तो छ – गलत तरिकाले पैसा नकमाए मान्छेलाई निद्रा लाग्दैन रे । रक्तचापको रोग लाग्छ रे । आजसम्मको अध्ययनले नेमकिपा यो रोगले बचेको छ । मलाई लाग्छ, कुनै पनि लोभानीपापानीमा फस्ने छैन । लोभ गर्नु एउटा रोग हो । नेमकिपामा त्यो रोग लागेको छैन । यसर्थ, त्यो सभा भवन चोखो तरिकाले एक पैसा पनि तल–माथि नभई निर्माण हुनेछ ।
मान्छेको चोला सधैँ पाइँदैन
मान्छेको इतिहास एकचोटिमा बन्दैन । एउटा जाडोले सबै हिउँद काटिँदैन । मौका पर्दा जस्तै गलत सिकारलाई पनि झ्याप्प झम्टने एकथरी प्राणीको स्वभाव हुन्छ । तसर्थ, सधैँ आफूले आफैँलाई मूल्याङ्कन गरिरहनुपर्छ । हिजोभन्दा आज बिग्रिएँ कि सप्रिएँ भन्ने कुरा हेरिरहनुपर्छ । संसारमा यस्ता धेरे मान्छे छन् जो मोजमज्जा गर्ने बेलामा इमानदार र ज्ञानी थिए तर जब मोजमज्जाको उमेर गयो तब बिग्रिएका छन् । यो रोग प्रायः राजनीतिक प्राणीमा बढी देखिन्छ । मोज मज्जा गर्ने उमेरसम्म भूमिगत वारेन्टेड र कारागारमा बसे । जब मोज गर्ने उमेर गयो तब लोभलालचतिर फस्न थाले । तसर्थ, मान्छेको स्वभाव मान्छेपिच्छे फरक हुन्छ । यसो भनेर भक्तपुर नगरपालिकाप्रति शङ्का गरेको होइन तर शङ्का गर्ने वस्तु आफँैभित्र पनि लुकेर बसेको हुन्छ । यो रहस्य बुझिएन भने आफैँलाई धोका हुन्छ । यसकारण, हामीले पाइलैपिच्छे आफ्नो चरित्र र व्यवहारको समीक्षा र कामको पुनरावलोकन गर्न आवश्यक छ । मान्छेको चोला सधैँ पाइँदैन ।
Leave a Reply