नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
पेइचिङ । सात वर्षअगाडि हेनरीटा टाढा नाइजेरियाको राजधानी अबुजाबाट चीन आउनुभयो । उहाँको चिनियाँ नाम वाङ श्याउश्या हो । सात वर्षयता उहाँले जनता सुखमय हुने र जोसिशिलो चीनको साक्षी बस्नुभएको छ ।
वाङ श्याउश्याले सानो उमेरदेखि नै चिनियाँ भाषाप्रति गहिरो चासो लिनुभएको थियो । हाल उहाँ चुङ नान विश्वविद्यालयको समाजशास्त्र विषयका स्नातकोत्तर हुनुहुन्छ । उहाँ छाङ शा सहरलाई माया गर्नुहुन्छ । उहाँले पनि छाङ शा सहरका जनताको उत्साहको अनुभव गर्नुभएको छ । उहाँले साथीसँग भिडियो खिचेर विदेशी इन्टर्नेट प्रयोगकर्तालाई छाङ शाको मिठो खानाबारे जानकारी दिन मन पराउनुहुन्छ ।
वाङ श्याउश्याले साथीसँग फोटो र भिडियोको तरिकामार्फत विदेशी सामाजिक सञ्जालमा विदेशी साथीलाई छाङ शाबारे जानकारी दिनुभएको छ । भविष्यमा उहाँले एक वृत्तचित्र खिचेर विश्वलाई एक साँच्चै र चौतर्फी चीनबारे जानकारी दिने अपेक्षा लिनुभएको छ । वाङ श्याउश्या भन्नुहुन्छ “मेरा आँखामा रहेको चीनसम्बन्धी भिडियो खिच्ने हो भने मैले विज्ञान र प्रविधि क्षेत्र छान्नुपर्छ । चीनको वैज्ञानिक तथा प्राविधिक विकास गति कुनै पनि मुलुकले तुलना गर्न सकिँदैन । गरिब मुलुकबाट विकास भएर हाल विश्वको दोस्रो ठुलो आर्थिक समूह बनेको चीन उल्लेखनीय छ । मैले यातायात क्षेत्रको विकाससम्बन्धी भिडियो खिच्ने योजना बनाएको छु । मौका मिलेमा मैले यातायातसम्बन्धी वृत्तचित्र खिच्ने छु । मैले मेरो वृत्तचित्रमार्फत विश्वलाई चीनमा मैले हेरेको विषय देखाउने छु ।”
सन् २०२१ को ग्रीष्कालीन विदामा वाङ श्याउश्याले विश्वविद्यालयको सामाजिक अभ्यास मण्डलका सदस्यको रूपमा हुनान प्रान्तीय युङ चौ सहर च्याङ व्हा याउ जातीय स्वशासित जिल्ला जानुभयो । कृषि विकास, इ–वाणिज्यमार्फत सामानको बिक्री, सांस्कृतिक पर्यटन, रीतिरिवाजको निरन्तरताबारे जानकारी लिएपछि उहाँले चीनको ग्रामीण क्षेत्रको विकासप्रति अचम्मित हुनुभयो । उहाँका अनुसार, अफ्रिकाले चीनको गरिबी निवारण अनुभव सिक्नसक्छ । भविष्यमा उहाँले ती अनुभव सिक्ने र अफ्रिका लैजाने आशा व्यक्त गर्नुभयो । वाङ श्याउश्या भन्नुहुन्छ, “अफ्रिकाका धेरै मुलुकहरूले सर्वसाधारणलाई खाना र लुगा कपडाप्रति चिन्ता नलिन प्रत्याभूति गर्नुका साथै बालबालिका र युवायुवतीलाई राम्रो शिक्षा लिन प्रत्याभूति गर्न चाहन्छन् । चीनको चिकित्साको विकास स्तर पनि हाम्रो सपना हो । अफ्रिकाले चीनबाट सिक्नुपर्छ ।”
चीनमा अध्ययन गर्दा वाङ श्याउश्याले युवायुवतीका लागि चीनले उपलब्ध गराएको राम्रो सिकाई वातावरणको अनुभव गर्नुका साथै विकासमा शिक्षाको भूमिकाको गहिरो रूपमा अनुभव गर्नुभयो । उहाँ भन्नुहुन्छ, “चीनले सधैँ नै शिक्षाको गुणस्तरलाई उकासिरहेको छ । यो लक्ष्य साकार तुल्याउनका लागि चीन सरकारले हरेक वर्ष शिक्षामा थप लगानी लगाइरहेको छ । हाम्रो मुलुकले पनि चीनसँग सिक्न प्रयास गरिरहेको छ । चीनको शिक्षाको विकासले मलाई आकर्षित गरेको छ । चीनमा हरेक विद्यार्थीले राम्रो सिकाई वातावरण पाउन सक्छन् ।”
भविष्यबारे चर्चा गर्दै वाङ श्याउश्याले मास्टर डिग्रीको अध्ययन पूरा गर्न प्रयास गर्नुहुने छ । उहाँले निरन्तररूपमा पी.एच.डी. अध्ययन गर्ने योजना रहेको बनाउनुभयो । उहाँले अफ्रिका र चीनबिचको आदानप्रदानका लागि आफ्नो योगदान दिने आशा व्यक्त गर्नुभयो ।
Leave a Reply