भर्खरै :

पत्रकार–साहित्यकार पहारीको निधन

पाल्पा, १ पुस (रासस) ः बगनासकाली गाउँपालिका पोखराथोकका सञ्चारकर्मी तथा साहित्यकार कृष्ण पहारीको ६२ वर्षका उमेरमा शुक्रबार राति निधन भएको छ ।
ग्रामीण क्षेत्रम क्रियाशील पहारी सामुदायिक रेडियो मदनपोखरा र नेपाल पत्रकार महासंघ पाल्पाका साधारण सदस्य हुनुहुन्छ । उहाँका ‘हराएको मान्छे’ कवितासङ्ग्रह र केही गजल प्रकाशित छन् ।
उहाँ सामुदायिक रेडियो मदनपोखराको पूर्वसञ्चालक समिति सदस्य तथा हाल पोखराथोक साहित्य संगमका अध्यक्ष रहनुभएको पत्रकार महासंघ पाल्पा अध्यक्ष राजेशकुमार अर्यालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *