हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
चिनियाँ विदेशमन्त्री वाङ यीले निमन्त्रणामा अप्रिल १८ देखि २३ सम्म इन्डोनेसिया, कम्बोडिया र पपुवा न्युगिनीको औपचारिक भ्रमण गर्नुभयो । भ्रमणको क्रममा वाङले ती देशका नेताहरूसँग उच्चस्तरीय वार्ता र भेटघाट मात्र गरेनन् चीन–इन्डोनेसिया उच्चस्तरीय वार्ता सहयोग संयन्त्रको चौथो बैठक र चीन–कम्बोडिया अन्तरसरकारी समन्वयको सातौँ बैठकको सह–आयोजना पनि गर्नुभयो ।
यी बैठकहरूको उद्देश्य इन्डोनेसिया र कम्बोडियासँग चीनको सहयोगलाई निरन्तरता दिनु थियो ।
बाइडेन प्रशासनले कार्यभार सम्हालेदेखि दक्षिणपूर्वी एसियामा आफ्नो चासोलाई तीव्र बनाएको छ । यस क्षेत्रलाई यूएस इन्डो–प्यासिफिक रणनीति र इन्डो–प्यासिफिक इकोनोमिक फ्रेमवर्क फर प्रोस्परिटी (क्ष्एभ्ँ) को प्रमुख क्षेत्रको रूपमा लिएको छ । यद्यपि, चीनको विपरीत यसले यस क्षेत्रलाई क्वाड, अउकस, संरा अमेरिका–जापान–फिलिपिन्स त्रिपक्षीय सम्बन्धजस्ता साना गुटहरूको लागि एक प्रमुख क्षेत्रको रूपमा व्यवहार गर्दछ, जसले यस क्षेत्रका ठुला शक्तिहरू बिचको प्रतिस्पर्धालाई अझ तीव्र बनाएको छ, जसले प्रमुख शक्ति प्रतिस्पर्धा र क्षेत्रीय तनावबारे दक्षिणपूर्वी एसियाली देशहरूलाई गहिरो चिन्तामा पारेको छ ।
यस परिदृश्यमा, चीन र अमेरिकाबिचको वर्तमान शक्ति प्रतिस्पर्धामा दक्षिणपूर्वी एसियाको आफ्नै मापदण्ड छ । यस क्षेत्रका जनता क्षेत्रीय शान्ति र बहुपक्षीय सहयोग कायम राख्ने पक्षमा छन् । भर्खरै युसोफ इशाक इन्स्टिच्युट आसियान स्टडीज सेन्टरले दक्षिणपूर्व एसिया २०२४ सर्भेले यो क्षेत्र अमेरिका–चीन प्रतिद्वन्द्वीमा आफूलाई पङ्क्तिबद्ध गर्न बाध्य भएमा चीनले अमेरिकालाई पछाडि पारेको देखाएको छ ।
क्षेत्रीय रणनीति र सुरक्षाको हिसाबले संरा अमेरिकाले दक्षिणपूर्वी एसियाली देशहरूसँग सुरक्षा सहयोग विस्तार गरेको छ । अष्ट्रेलियाको लोवी इन्स्टिच्युटले जारी गरेको तथ्याङ्कअनुसार दक्षिणपूर्वी एसियाली देशहरूले २०२१ देखि २०२३ सम्म कुल ५२५ द्विपक्षीय वा बहुपक्षीय संयुक्त सैन्य अभ्यास गरेका थिए र तीमध्ये ३३ प्रतिशतमा अमेरिकाले भाग लिएको थियो । इन्डोनेसियामा, सर्वेक्षण गरिएका उत्तरदाताहरूमध्ये ६०.७ प्रतिशतले उनीहरूलाई संरा अमेरिकाको सुरक्षा भूमिकामा कुनै वा थोरै विश्वास नभएको बताए । यसको मूल कारण यो हो कि संरा अमेरिकाको व्यवहारले क्षेत्रीय सुरक्षा सरोकारलाई कुनै पनि हालतमा कम गर्ने मनसाय नभएको देखाउँछ । यसले ‘चीन खतरा’ बयानबाजी फैलाउने लक्ष्य राख्छ र यस क्षेत्रमा ‘सैन्यकरण’ को प्रतिस्पर्धा र क्षेत्रीय देशहरूको सुरक्षा चिन्तालाई तीव्र बनाउँछ ।
आर्थिक सहयोगको सन्दर्भमा, बाइडेन प्रशासनले आईपीईएफ सुरु गरे पनि, फ्रेमवर्कमा भएको वार्ताको नतिजा निराशाजनक छ, जसले संरा अमेरिकासँग नजिकको संलग्नताको आशालाई पनि कम गर्न सक्छ । त्यति मात्र होइन, दक्षिणपूर्वी एसियाली देशहरूले चीनबाट संरा अमेरिकाको ‘नियरशोर आउटसोर्सिङ’ बाट केही फाइदा उठाए पनि क्षेत्रीय श्रम विभाजन, औद्योगिक शृङ्खला र मूल्य श्रृङ्खलाको भिन्नता र अस्थिरताका चुनौतीहरूको परिणाम उनीहरूले भोग्नुपरेको छ । यसले आसियानमा केन्द्रित क्षेत्रीय आर्थिक बहुपक्षीय सहयोग ढाँचामा पनि उल्लेखनीय प्रभाव पारेको छ ।
संरा अमेरिकाको विपरीत, चीन इन्डोनेसिया र अन्य दक्षिणपूर्वी एसियाली देशहरूसँगको वार्ता र सहयोगलाई सुधार र स्तरोन्नति गर्न निरन्तर प्रतिबद्ध छ । यसले २०२१ मा आसियानसँग बृहत् रणनीतिक साझेदारी मात्र स्थापना गरेको छैन, बरु यसले आसियानसँगको सहयोगलाई सुदृढ र गहिरो बनाउन पनि जारी राखेको छ । चिनियाँ परराष्ट्रमन्त्री वाङको इन्डोनेसिया भ्रमणको क्रममा उहाँले चीनसँगको सहकार्यका लागि इन्डोनेसियाका संयोजक तथा सामुद्रिक मामिला तथा लगानी समन्वय मन्त्री लुहुत बिन्सार पण्डजैतानसँग चीन–इन्डोनेसिया उच्चस्तरीय वार्ता सहयोग संयन्त्रको चौथो बैठकको सहअध्यक्षता गर्नुभएको थियो । दुवै पक्षले गहिरो विचार आदानप्रदान गरे र अर्को चरणमा व्यावहारिक सहयोगका लागि व्यापक सहमतिमा पुगे ।
चीन–कम्बोडिया अन्तरसरकारी समन्वय समितिको सातौँ बैठकमा कम्बोडियामा दुई पक्षले द्विपक्षीय समुदाय निर्माणको अर्को चरणमा आफ्नो प्रयासको दिशामा व्यापक सहमति गरेका छन् र समुदाय–निर्माण कार्य योजनाको कार्यान्वयन कार्यको पूर्ण समीक्षा गरेका छन् ।
क्षेत्रीय मामिला हेर्दा र विचार गर्दा दक्षिणपूर्वी एसियाको आफ्नै मापदण्ड हुन्छ भन्ने कुरा औँल्याउनुपर्छ । क्षेत्रीय शान्ति र पारस्परिक रूपमा लाभदायक विकासको दृढताका साथ रक्षा गर्दै आसियानले क्षेत्रीय मामिलामा आफ्नो केन्द्रीय भूमिका र प्रमुख शक्तिहरूबिच गतिशील सन्तुलन कायम राख्ने महत्वलाई जोड दिन्छ । अउकसले कुनै पनि ठुला शक्तिलाई यस क्षेत्रमा प्रभुत्व जमाउन अनुमति दिँदैन र यसका सदस्य देशहरूको लचिलोपन र एकता निर्माणलाई महत्व दिन्छ । आसियान आफ्ना सदस्य राष्ट्रहरू कुनै पनि ठूला शक्तिको एजेन्ट वा कठपुतली बनेको देख्न चाहँदैन । यो सिद्धान्त आसियानद्वारा गैरवार्तालाप योग्य मानिन्छ । सबै प्रमुख देशहरूमा यसको स्पष्ट र वस्तुनिष्ठ बुझाइ हुनुपर्छ ।
(लेखक गुआङ्सी मिन्जु विश्वविद्यालयको आसियान कलेजका उपाध्यक्ष हुनुनुहुन्छ ।)
–पिपुल्स डेलीअनलाइनबाट
अनुवादः प्रकाश
Leave a Reply