जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
भक्तपुर, १ पुस । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य अनुराधा थापामगरले निर्वाचनमा हार र जित गराउने तयारी समेत भारतीय दुतावासमार्फत भएकोमा दुःख व्यक्त गर्नुभएको छ । उहाँले पछिल्लो मतपरिणामतर्फ संकेत गर्दै नेपालमा वाम गठबन्धन ठूलो शक्तिको रुपमा उदाउनु भारतले घोडा फेर्नु मात्र रहेको टिप्पणी गर्नुभयो । नेपाली कांग्रेस, माओवादी र एमालेलाई समयसमयमा ठूलो शक्तिको रुपमा विकास गरेर भारतले पालैपालो तिनीहरुलाई चेक एण्ड ब्यालेन्स मात्र गरेको थापामगरको तर्क थियो ।
नेपाल क्रान्तिकारी विद्यार्थी संघ १२ औं राष्ट्रिय सम्मेलन तयारी समितिको आयोजनामा शनिबार भएको काठमाण्डौ उपत्यकास्तरीय विद्यार्थी भेलामा केन्द्रीय सदस्य थापामगरले उक्त विचार व्यक्त गर्नुभएको थियो ।
उहाँले नेकपा एमालेको राष्ट्रवाद खोक्रो रहेको बताउँदै भारतले नाकाबन्दी लगाएको समयमा समेत कुनै विरोध नगर्नुले सो कुराको पुष्टि भएको बताउनुभयो । नेपालमा भारतीय विस्तारवाद र एकाधिकार पूँजीको एकाधिपत्य रहेको बताउँदै उहाँले भारतको चंगुलबाट मुक्त नभएसम्म देशको स्थितिमा केही सुधार नआउने उहाँले बताउनुभयो ।
त्यस्तै नेमकिपा भक्तपुर जिल्ला समितिका उपाध्यक्ष सुरेन्द्र राज गोसाईले हिजोका सबै पञ्च र गुण्डाहरु नै आज एमालेमा प्रवेश गराएर ठूलो दल हुन पुगेको बताउँदै एमाले कुनैपनि दृष्टिकोणबाट कम्युनिष्ट पार्टी नभएको बताउनुभयो । उहाँले साँच्चिकै कम्युनिष्ट पार्टीको बहुमत आएको भए अहिलेको परिस्थितिमा समाजवादी क्रान्तिको घोषणा भइसक्ने बताउँदै वाम गठबन्धनको अस्तित्व सरकारको भागबन्डासंगै खत्तम हुने बताउनुभयो । उहाँले पार्टीको विचार र सिद्धान्तलाई व्यापक बनाउन सम्पूर्ण विद्यार्थी वर्ग सक्रिय र संगठित हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
आयोजक समितिका सबिन ख्याजूको सभापतित्वमा सम्पन्न भेलामा नेक्राविसंघका रमेश प्रजापतिलगायतका साथीहरुले पनि आ–आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।
Leave a Reply