भर्खरै :

रक्तदान गरी स्थापना दिवस

भक्तपुर, १ पुस । नेपाल क्रान्तिकारी विद्यार्थी संघको स्थापना दिवसको अवसरमा शुक्रबार भक्तपुर बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न भयो । २०२५ सालमा नवलपरासीको सुस्ता गाविसमा भारतीय सेनाले नेपाली भूमीले सीमा अतिक्रमण गर्दा त्यसको विरोधमा मंसीर २२ गते भक्तपुरमा जुलुस भएको थियो । सो ऐतिहासिक दिनको स्मरणमा संघको नवौं राष्ट्रिय सम्मेलनले मंसीर २२ गतेको दिनलाई संघको स्थापना दिवसको रुपमा मनाउने निर्णय गरेको थियो ।
नेपाल क्रान्तिकारी विद्यार्थी संघ १२ औं राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक नीरज लवजूले रक्तदान गरी उद्घाटन गरिएको उक्त कार्यक्रममा कुल ५८ जनाले रक्तदान गरेका थिए । भक्तपुरमा देखिन थालेको रक्त अभावको समयमा संघको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको आयोजक संघको क्याम्पस एकाई समितिका अध्यक्ष मिलन गणेजूले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *