भर्खरै :

व्यक्तिको भित्री वा बाहिरी व्यक्तित्व

अङ्ग्रेजी शब्द एम्प्लिफाई (Amplify) शब्दको अर्थ लामो र विस्तृतरूपमा व्याख्या गर्नु हो अर्थात् सङ्क्षिप्त गर्नुको ठीक उल्टो । ‘टल्केको सबै वस्तु हीरा होइन’, ‘कोरीको जिउ प्यारो’ र ‘नराम्रोको धेरै श्रृङ्गार’ जस्ता उखान र वाक्यांशलाई राम्रोसँग स्पष्ट व्याख्या गर्नुपर्छ ।
‘जसको सिङ छैन उसैको नाम तिखे’ र ‘नपाउनेले के पायो बोक्रासमेत खायो’ आदि उखान टुक्का र वाक्यांशलाई समय र परिस्थितिअनुसारको व्याख्या र विश्लेषण गर्ने कला नै ‘एम्प्लिफाई’ वा विश्लेषण हो ।
प्रवेशिका उत्तीर्ण गा¥हो हुने कुनै विद्यार्थी परीक्षाफलमा आफ्नो नाम आएपछि ‘उसको खुट्टा भुइँमा हुन्न’ भनेजस्तै आर्थिकरूपले कमजोर व्यक्तिलाई चिट्ठा परे खुसीको सीमा हुन्न† उनीहरू मूर्छासमेत हुने गरेको समाचार सुन्न पाइन्छ । गरिबीको कारण जातपात, वर्ण र रूपमा खोट भएर वा मुहारको रङ्ग र बान्कीमा आकर्षण नभएका केटा वा केटीको अवस्थामा कसैले फुक्र्याउनलाई ‘तिम्रो रूप देखेर सबै केटी वा केटा मोहित हुन्छन्’, ‘तिमी त भाग्यमानी रहेछौ’ भनेको सुनेपछि तिनको मुहार एकछिन दर्शकले उज्यालो भएको देख्नेछन् । तर, तिनीहरूको मुख मण्डलको बनावट, रङ्ग र बान्कीमा कुनै परिवर्तन आउँदैन । जब उसले केटीको चस्मा मोटो भएकैले मन पराएको कुरा जाहेर गर्छ तब सुन्ने व्यक्तिलाई थाहा हुन्छ कि भनिएकी केटीको आँखा सा¥है कमजोर छ र केही वर्षपछि आँखामा समस्या आउनेछ ।
त्यसकारण, कुनै व्यक्तिको मन पराउनु र मन नपराउनुमा कुनै वैज्ञानिक आधार हुँदैन वा उसको अज्ञानताले खोट वा कमजोरीलाई समेत मन पराउनुको आधार मानिएको हुन्छ । कपालको स्टाइल र चुल्ठोको श्रृङ्गार हेरेर पनि मन पराउनेहरू छन् । लुगा र लुगा लगाई मन पराउनेहरू त्यसबेला अन्योलमा पर्छन् – जब उसको भित्री गुणहरू वा व्यक्तित्व सा¥है कमजोर छ भन्ने थाहा पाउँछ । यसले उसको भाषा सा¥है खस्रो, शील स्वभाव सा¥है अशिष्ट र छुच्चो छ भन्ने थाहा हुन्छ ।
सम्भवतः कुनै कार्यालय वा विद्यालयले योग्य कर्मचारी वा शिक्षकबारे विज्ञापनबाट उम्मेदवार छान्दा ‘भाइबा’ अर्थात् मौखिक परीक्षामा विभिन्न कारणले असफल हुने सम्भावना छ । लेखेर परीक्षा उत्तीर्ण हुने तर कानले कम सुन्ने वा भकभके आदि स्वर वा बोल्न नसक्ने भयो भने कार्यालय वा विद्यालयको कक्षामा विद्यार्थीहरूलाई सम्झाउन वा बुझाउन बाधा पर्ने भएर त्यस्ता व्यक्ति छनोटमा नपर्नु अस्वाभाविक होइन ।
त्यस्तै, ‘सदाचार’ (अभिवादन नगर्ने, नसोधिकन आफ्नो स्थानमा बस्ने वा उचित शिष्टता) नदेखाउने व्यक्ति छनोटमा नआउन सक्छ ।
छनोट भएका व्यक्तिहरूको निम्ति ५/६ महिना परीक्षणकाल पनि निश्चित गरिएको हुन्छ । समयमा नपुग्ने, तोकिएको समय कार्यालयमा आफूलाई दिएको स्थानमा नबसी घर जाने, आफूभन्दा माथिका कर्मचारी वा शिक्षकहरूलाई उचित आदरको भाव नदेखाउने, मुख अँध्यारो पारी असन्तुष्ट भएको भावले प्रश्न–उत्तर गर्ने र दिएको वा तोकेको काम नगर्ने तथा आफूभन्दा माथिल्लो पदका वा प्रमुखसँग शिष्टतापूर्वक आफ्नो कार्यको आग्रह नगरी आफ्नै ठाउँमा दिनभरि उकुसमुकुस अवस्थामा बस्ने, उसको उचित व्यवहार नदेखेमा सम्झाइबुझाइ पछि पनि नसुध्रेमा उसको नोकरीको अवधि नथपिने सम्भावना धेरै हुनेछ ।
लुगा लगाई र कार्यालयमा चमेनाको समयमा भोजन गर्ने बेला अरुलाई अप्ठ्यारो हुने गरी आवाज आउने गरी खाने, पिउने र चपाउने गर्दा उसलाई सम्झाउँदा पनि आफ्नो बानीमा सुधार नगर्दा नोकरीको अवधि नथपिने सम्भावना बढी हुन्छ ।
त्यस्तै, दिइएको पोशाक (ड्रेस कोड) लगाउनु आवश्यक हुन्छ । आफ्ना हाकिम व्यस्त भएको समयमा तल्लो कर्मचारी नसोधिकन वा स्वीकृति नलिई कार्यालयबाट घर जानु अशोभनीय हुन्छ र त्यो अनुशासन उल्लङ्घन भएको सम्झिनेछ ।
अतः विद्यार्थी कालमै आफ्नै अभिभावक वा विद्यालयका शिक्षकहरूबाट जानकारी प्राप्त गरेमा नोकरीको प्रतिस्पर्धामा वा आफ्नो कार्यालयमा काम सरलतापूर्वक बिनाबाधा व्यवधान सफल हुनेछ । व्यक्तिको भित्री वा बाहिरी मिलनसार, चालचलन, स्वभाव र गुणलाई नै उसको व्यक्तित्वको रूपमा लिने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *