भर्खरै :

रातो मछिन्द्रनाथ रथ तान्न सुरू

रातो मछिन्द्रनाथ रथ तान्न सुरू

ललितपुर, २९ वैशाख । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ तान्न शनिबारबाट सुरू भएको छ ।
पुलचोकमा निर्माण गरिएको रथ शनिबार बाजागाजासहित गःबहाल पु¥याइनेछ । रथ निर्माण वैशाख १२ गतेबाट सुरू भएको थियो भने वैशाख २७ गते मच्छेन्द्रनाथलाई रथारोहण गराइएको थियो ।
रातो मछिन्द्रनाथको रथलाई अहिले ललितपुर महानगरपालिकाबाट गःबहालतर्फ लगिएको छ । रथलाई पाटनका सबै टोल घुमाएपछि असार शुक्ल चौथीमा जावलाखेल पु¥याएर अन्तिम दिन भोटो देखाई अन्त्य गर्ने चलन छ ।
रथ यात्रा हेर्नको लागि ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जनको निमन्त्रणामा युरोपेली युनियन, फ्रान्स, इजरायल, नर्वे, दक्षिण कोरिया, स्वीजरल्यान्ड, थाइल्यान्ड, संयुक्त अधिराज्यलगायत देशका राजदूत र विश्व बैङ्क, युनिसेफ, यूएसएआईडी, एसियाली विकास बैङ्कलगायत निकायका प्रतिनिधिहरू सहभागी हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *