भर्खरै :

निर्वाचनको समीक्षामाथि एक टिप्पणी

– एच. श्रेष्ठ
निर्वाचनको बेलाको गाउँ र सहरका गतिविधि र जनताका अभिव्यक्ति तथा निर्वाचन परिणाम आनकातान फरक हुँदा जनता के हुन् र लोकमत के हो भन्नेबारे बौद्धिक जगत नै अलमलमा परेको देखिन्छ । यसका केही उदाहरण यस्ता छन् – निर्वाचनको बेलाको गाउँ र सहरका गतिविधि र जनताका अभिव्यक्ति तथा निर्वाचन परिणाम आनकातान फरक हुँदा जनता के हुन् र लोकमत के हो भन्नेबारे बौद्धिक जगत नै अलमलमा परेको देखिन्छ । यसका केही उदाहरण यस्ता छन् –
१. केही उम्मेदवारहरू जनताको घरदैलोमा पुग्दा संसद र संविधानसभामा खेलेको भूमिका तथा अभिव्यक्तिलाई तारिफ गरे, तर त्यही गाउँ टोलबाट मत दिएको थिएन भन्ने गुनासाहरू सुनिए ।
विभिन्न प्रचारमाध्यमका कारण तथा निर्वाचनको बेला राजनैतिक दलहरूमा राम्रा र नराम्रा विषयहरूका चर्चा–परिचर्चा चलेको हुन्छ । त्यही भाषा र अभिव्यक्तिलाई छर–छिमेकीले पनि टिपेका हुन्छन् । घरमा आएका मानिस वा पाहुनालाई खरो टिप्पणी गर्नेहरू कम हुन्छन्, तर प्रस्टै एउटा न एउटा राजनैतिक पार्टीमा मत दिने निष्कर्षमा पुगेका व्यक्तिले भने छरछिमेकीसमेत भाँडिने किसिमले प्रस्ट भाषामा मत नदिने स्पष्ट पार्छन् – तपाईं कहिल्यै गाउँ पस्नु भएन, पहिले पनि मत दिएको तर केही काम भएन भन्छन् । जात, भाषा, नगर र गाउँका भेदभावका कुरा झिकेर सड्ढेत गर्छन् ।
तटस्थ बस्ने उम्मेदवारहरूसँग लेनदेन र मोलमोलाइ गरी नसकेका बुद्धिजीवी टोपलेकाहरूले ‘तारिफ’ गरेर मुख मिठ्याएका हुन्छन्, तिनीहरूले मत दिंदैनन् । सारमा तिनीहरू तारिफ गरेर झूठ बोलिरहेका हुन्छन्, जसरी शासक दलका नेताहरूले जनतालाई छकाउँछन् । सम्भवतः त्यस्ता तारिफमात्रै गर्नेहरू शासक दलकै पक्षका हुनसक्छन् ।
जनकपुर क्षेत्रमा झिंजा भन्ने गाउँ छ, जहाँका धेरै वयस्कहरू डकैती मुद्दा खेपिरहेका वा जेलमा बन्दी हुन्छन् । तिनीहरूले डकैतीलाई आफ्नो पेशा बनाएको बताउँछन् र पछि पञ्चायतको अन्ततिर तिनीहरूको बसोबासको बन्दोबस्त गरेको चर्चा सुनियो । त्यो गाउँको सरजमिनमा मुद्दावाला कहिले अपराधी सावित हुँदैन, किनभने डकैतीका केही भाग हरेक घरले पाएका हुन्छन् ।
त्यस्तै शासक दलहरूले काठमाडौं उपत्यकाका केही गाउँका धेरैजसो घरमा ‘भ्रष्टाचार  लूट’ को भाग पु¥याएका हुन्छन् । टोल टोलका केटाकेटीलाई समेत काठमाडौंबाट घर फर्कंदा पैसा बाँड्छन् जुवाको जितौरीजस्तो ! त्यस्ता टोल र गाउँका ठूला–बडाले समेत आफ्नै जाति, भाषी र नाता–गोता हुँदा विरोध गर्दैनन् ।  ‘तारिफ’ गर्ने त्यस्ता गाउँको इतिहास हेर्ने हो भने २–४ घरबाहेक सबै पहिले गोर्खा परिषद्का समर्थक थिए, पञ्चायतकालभरि ‘मण्डले’ र प्रजातन्त्र पुनःस्थापनापछि नेपाली काङ्ग्रेस र ृ‘गृहयुद्ध’ को बेला केही ‘माओवादी’ भए । अहिले स्थानीय, संसद र प्रदेशको निर्वाचनमा धेरै घरले मेयरमा एमालेलाई मत दिए र काङ्ग्रेसको नाममा आफूहरू वडाध्यक्ष भए, त्यो पनि रकमै लिएर संसद र प्रदेशमा पनि त्यस्तै लेनदेन गरे तथा एमालेको रकममा बिके । तर विक्ने व्यक्ति वा कार्यकर्ताहरूले कहिल्यै आफूले गल्ती गरेको, राजनैतिक अपराध गरेको वा सैद्धान्तिक नैतिकताको स्खलन भएको मान्दैनन्, किनभने पञ्चायती निर्वाचनदेखि नै तिनीहरू त्यस्तै व्यापार गर्थे ।
प्रश्न छ, के त्यस्ता चमेरे, सिद्धान्तहीन र गैरराजनैतिक प्रवृत्तिका व्यक्तिहरूको मत पाएको सरकारले साँचै प्रजातन्त्रलाई जोगाउला ? अथवा के त्यस्ता ‘वाम गठबन्धन’ ले कामदार वर्गको हितमा समाजवाद ल्याउला ? सोभियत सङ्घ र पूर्वी यूरोपेली समाजवादी देशहरूमा समाजवादको पतन र पूँजीवादको पुनःस्थापनामा यस्तै कारणहरू पनि थिए ।
यसकारण जनता पनि अनेक वर्ग, पेशा र विचारमा विभाजित छन् । तिनीहरू आ–आफ्नो वर्ग, पेशा र विचारअनुसार इमानदारीपूर्ण र बेइमानी काम गर्छन् । कामदार वर्गको भावना, शोषक वर्गप्रतिको घृणा र पूँजीवादी राजनैतिक दल र नेताहरूबारे आलोचनात्मक दृष्टिकोणबाट शिक्षित नभएका बुद्धिजीवी हुन् वा साधारण मतदाता मोलमोलाइ र लेनदेनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाग्छन् ।
त्यसैले भन्ने गर्छन् – पूँजीवादी व्यवस्थामा लोभ–पापको कारण निर्वाचनबाट समाजवाद आउँदैन बरू निर्वाचन परिणामले जनताको सैद्धान्तिक, राजनैतिक नैतिकता र चेतनास्तर नाप्न सकिन्छ । ‘वाम गठबन्धन’ ले पाएको मत ‘क्रान्तिकारी मत’ भएको भए अहिले नेपालमा समाजवादको शङ्खनाद भएको हुन्थ्यो । वास्तवमा नेपाली जनताले त्यसको उल्टो परिस्थिति व्यहोर्न तयार हुनु आवश्यक छ । पैसा लिएर मत दिने, पदको अदलाबदली गर्ने र डकैती र लूटको धन बाँडेर लिई आएका गाउँ र समूहहरूलाई प्रतिक्रान्ति वा देश हारेकोमा कुनै अर्थ हुने गर्दैन ।
२. सबै मतदातालाई कुन राजनैतिक दल र कुन सांसदले के बोले र कुन वर्गका जनताको हितमा सङ्घर्ष गरे भन्ने पनि थाहा छैन । झण्डै तीन करोड जनतामध्ये छरिएका १–२ प्रतिशत वा असङ्गठित ‘तारिफ र प्रशंसा’ मतमा परिणत हुने गर्दैन ।
३. गौरवपूर्ण सङ्घर्ष गरेका नेता, कार्यकर्ता वा सहिदहरूको नाम र तस्विरसमेत २–४ प्रतिशतलाई मात्र थाहा भएको हुन्छ । भारतमा युवा–विद्यार्थीहरूको सामान्य ज्ञानको परीक्षामा गान्धी माहात्मालाई चर्खाको आविष्कारक वा वैज्ञानिक भएको बताएका थिए । सधैं पूजा गर्ने मूर्तिसमेत बेच्ने र देशको अहितमा काम नगर्ने सपथ खाएका सिंहदरवार र अन्य मन्त्रालय र ठूल–ठूला पदाधिकारीहरू समेत अख्तियारमा हतकडी लगाएर जान तयार हुने ‘नेपाली बहादुरहरूले’ सचेत नागरिकको रूपमा मतदान गर्नुलाई कर्तव्य सम्झने व्यक्तिहरू दुर्लभ छन्, तर ती ढुङ्गा र माटोलाई राम्रो मूर्ति बनाउन सकिन्छ, समय लाग्छ र धैर्य गुमाउनु हुन्न, पद र पैसाको लोभमा होइन निःस्वार्थरूपले देश र जनताको सेवाको भावनाबाट निरन्तरता आवश्यक छ भन्नेबारे प्रतिबद्ध हुनैपर्छ । चर्को परिश्रमको फल ढीलो भए पनि मीठै हुन्छ, बीच बाटोबाट गन्तव्यलाई बिर्सनु हुन्न । कहिलेकाहीं महादेव र पार्वतीको संवाद र फोहरमा रूमलिने प्राणीको सम्झनाले हामीलाई पनि झस्काउँछ । तर मानिस एक सचेत र राजनैतिक प्राणी हो भन्नेबारे दुईमत नहोला !

Leave a Reply

Your email address will not be published. Required fields are marked *