नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भक्तपुर, १ पुस । सुकुन्दा वचत तथा ऋण सहकारी संस्था लि.को दशौं वार्षिक साधारण सभा शनिबार एक समारोहबीच भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै उहाँले सहकारीलाई लाभांश लिने र आर्थिक कारोबार थलोको रुपमा मात्र नलिई समाज सेवा गर्ने सामाजिक अभियानको रुपमा पनि लिनुपर्ने बताउनुभयो । उहाँले सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुको आर्थिक विकाससँगै साँस्कृतिक र जीवनस्तरको विकासमा पनि योगदान गर्नुपर्ने धारणा राख्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष नीरज लवजूले आर्थिक समृद्धिको कुरा गर्दै गर्दा देशको सार्वभौमिकता बलियो बनाउने कुरालाई ओझेलमा पार्न नसकिने विचार राख्नुभयो ।
उहाँले शासक दलहरुले आर्थिक समृद्धिलाई मात्र जोड दिएर कमजोर बन्दै गएको देशको सार्वभौमिकतालाई उपेक्षा गरिरहेको विचार व्यक्त गर्नुभयो ।
सुकुन्दा साकोसका सल्लाहकार विश्वराम कवांले साना व्यवसाय प्रबद्र्धनको लागि सहकारी संस्थाहरुले सहयोग गर्नुपर्ने बताउनुभयो ।
उहाँले पूँजीवादी निर्वाचनमा अपराधी र भ्रष्टहरु निर्वाचित हुनु कुनै नयाँ कुरा नभएको बताउनुभयो ।
साकोसका अध्यक्ष सानुकाजी त्वानाबासूको सभापतित्वमा भएको साधारण सभामा निवृत्त शिक्षक समाजका अध्यक्ष रामगोपाल कर्माचार्य, एभरेष्ट ई स्कुलका प्रिन्सिपल भक्त राजभण्डारी, वाइजल्याण्ड ई स्कूलका प्रिन्सिपल आशाकुमार चिकंबञ्जार, संस्थाका सल्लाहकार आशाकाजी त्वानाबासू, संस्थापक अध्यक्ष कान्छा कासिछ्वाले पनि शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा साकोसका सचिव राजाराम लवजू, कोषाध्यक्ष राजभाई माक र लेखा समितिका संयोजक श्रीकृष्ण गोसाईले प्रतिवेदनहरु प्र्रस्तुत गर्नुभएको थियो ।
Leave a Reply