नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भक्तपुर, २ पुस । भक्तपुर नगरपालिकाको ६८ औं स्थापना दिवसको अवसरमा आइतबार प्रचवन कार्यक्रम भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले नगरपालिका जनताको कार्यालय भएको उल्लेख गर्दै जनताको काम छिटो र सरल गर्न जनप्रतिनिधि एवं कर्मचारीहरू क्रियाशील हुनुपर्ने बनाउनुभयो । कर्मचारीहरू योग्य हुनुपर्ने, योग्य नभए तालिम दिनुपर्नेमा जोड दिंदै अध्यक्ष रोहितले स्थानीय निकायमा बेथिति आउनुमा १५ वर्षसम्म जनप्रतिनिधि नहुनु हो भन्नुभयो । उहाँले सार्वजनिक जग्गा निजी दर्ता गर्न दिएमात्र चुनावमा मत दिने र राजनीतिक कार्यकर्ताले भागवण्डामा नगरपालिका सञ्चालन गर्नुपर्छ भन्ने शासक पार्टीका कार्यकर्ताहरूको प्रस्ताव अस्वीकार गरेको प्रस्ट पार्नुभयो । भक्तपुर अस्पतालको सेवा गुणस्तरीय नभएको चर्चा गर्दै अध्यक्ष रोहितले कर्मचारीहरूले इमानदारीपूर्वक काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनप्रतिनिधिहरूले नीतिनिर्माण गर्ने हँुदा समयमै कर्मचारीहरूले कार्यान्वयन गर्नुपर्छ भन्नुभयो । भक्तपुर नगरपालिकाले नगरलाई सरसफाइ, स्वास्थ्य, सम्पदा संरक्षण, पर्यटकीय गन्तव्यस्थल बनाउन र ख्वप विश्वविद्यालय स्थापना गर्ने कार्य अगाडि बढाइरहेको बताउनुभयो । कर्मचारीहरू मालिक नभई सेवकको रूपमा कार्य गर्नुपर्ने आवश्यकता औंल्याउँदै नगर प्रमुख प्रजापतिले एक जना कर्मचारीको बद्मासीको कारण सिङ्गो नगरपालिकाको बद्नाम हुने भएकोले कर्मचारीहरू आफ्नो काम, कर्तव्य र अधिकारप्रति सचेत हुनुपर्ने बताउनुभयो । उपप्रमुख रजनी जोशीले भक्तपुरलाई जीवन्त नगर बनाइराख्न सबैले मिलेर काम गर्नुपर्ने र कर्मचारीहरू सक्रिय हुनुपर्ने बताउनुभयो । कार्यक्रममा वडा अध्यक्षहरू उकेश कवां, रवीन्द्र ज्याख्व, कर्मचारी एसोसियसनका अध्यक्ष गौमप्रसाद लासिवा र प्रशासकीय अधिकृत रोहितराज पोखरेलले पनि बोल्नुभएको थियो ।
Leave a Reply