यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
– सविन ख्याजू, कृषिविज्ञ
भक्तपुर जिल्ला कृषि खेतीमा एक नमुना जिल्ला हो । आधुनिक र सघन कृषि खेती प्रणालीमा देशमै अग्रपंक्तिमा पर्छ । तरकारीमा गोल्भेडा, काँक्रो, लसुन, आलु, अदुवा, कुरिलो, काउली, बन्दा, पालुङ्गो, चम्सुर, प्याज, च्याउ उत्पादन राम्रो पाइएको छ । कृषि पेसा भक्तपुरबासीको एक महत्वपूर्ण आयस्रोत हो । नगदेबालीमा कृषकहरू केही समयदेखि आकर्षित भएको देखिन्छ ।
भक्तपुरको मौसमको कुरा गर्दा औसत वर्षा ५६ मि.मि छ भने अधिकतम तापक्रम ३२० से र न्यूनतम तापक्रम –२० से छ । औसत सामुद्रिक उचाइ १३३१ मिटर रहेको छ । कृषि क्षेत्रमा विकास गर्नु भनेको कृषिमा आधुनिकीकरण र व्यवसायीकरण हो । निर्वाहमुखी खेतीबाट कृषकको आयआर्जनमा वृद्धि असम्भव छ । पुरानो र परम्परागत खेती प्रणालीमा उत्पादन र उत्पादकत्व दुवै न्यून रहन्छ । खेती बजारको मागअनुसार गर्दा नाफामूलक हुन्छ । बेमौसमी खेती एक प्रकारले बजारमुखी उत्पादन हो । खेतीलाई पनि व्यवसायको रुपमा लिने गरे उद्योगमाजस्तै लागत खर्च घट्न जान्छ र उत्पादन पनि वृद्धि गर्न सकिन्छ ।
यसै विषयवस्तु रहेर केही कुरा निम्नानुसार प्रस्तुत गरेको छु ।
नगदे तरकारी बाली (Cash Crop Farming)
भक्तपुरको हावापानी धेरै थरीका तरकारी बाली उत्पादन सुहाउँदो छ । खुल्ला, मौसमी हावापानीमा काउली, बन्दा, कुरिलो, काँक्रो, खुर्सानी, अदुवा, बेसार, लसुन, हरियो साग, सिमी आदिको खेती भइरहेको छ । त्यसमा एउटा सबल पक्षे बाली सघनता हो । अहिलो फस्टाएको बेमौसमी खेतीमा गोल्भेडा हो । सबै कृषकले उत्पादन गर्ने समत्न्दा केही हप्ता अगाडि वा पछाडि उत्पादन गरेर ताजा तरकारी बजारमा बेच्न सके निकै धेरै फाइदा लिन सकिन्छ । यसको लागि तरकारीका बेर्नाहरूको बेमौसमी उत्पादन जरुरी हुन्छ । गुणस्तरीय र व्यावसायिक उत्पादन (Quality and Commercial Production) बजारमा गुणस्तरीय तरकारी राम्रो मूल्य पाउँछ । एउटै आकार, एउटै रङ्ग, एउटै प्रकारका सामानलाई राम्रो मानिन्छ । सानो, मध्यम र ठूलो गरी विभाजन वा रङ्गको आधारमा गर्नेलाई ग्रेडिङ भनिन्छ । ठूलो र प्रतिस्पर्धा बजारमा यसले राम्रो स्थान पाउने गर्दछ । थोरै उत्पादनले गर्दा ढुवानी भाडा र मेहेनत बढी पर्न जान्छ । अन्ततः घाटाको काम नै हुन्छ । रोगबाट मुक्त, किराबाट मुक्त, चोटपटक नलागेको, जातविशेष स्वाद भएको, जातविशेष आकार आदि गुणस्तरीय उत्पादनको विशेषता हुन् । यसको निम्ति बालीको निम्ति आवश्यकता अनुरुपको मलखाद, सिंचाइ, बाली टिप्ने बेला फलमा चोटपटक नलाग्ने गरी विशेष स्याहारका साथ काम गर्नुपर्दछ । दुवानी गर्दा चिस्यानको बन्दोबस्त गरे लामो समयसम्म ताजा रहने हुँदा चाँडो नाश हुनबाट बचाउँछ । बाकस पनि सुरक्षिेत हुनुपर्छ ताकि उत्पाधित बस्तु नबिग्रियोस् ।
मूल्य अभिवृद्धि र आय (Value Addition and Return)
मूल्य अभिवृद्धिको अर्थ उत्पादित वस्तुमा सुधारहरू गर्ने अर्थ जनाउँछ । कृषि वस्तुलाई परिष्कृत गर्ने जनाउँछ । जसका कारण भण्डार, ढुवानी र बिक्रीको निम्ति सहजता प्रदान गर्दछ । त्यस परिष्कृत वस्तुमा कृषि वस्तु नै प्रधान रहनुपर्दछ । भण्डारण गर्न सके उच्च मूल्य हुने बेला बिक्री गरी आम्दानी बढाउन सकिन्छ । नयाँ बजार पहिचान बजार विस्तार हो । उत्पादित कृषि वस्तुलाई परिष्कृत गरी उत्पादन नहुने क्षेत्र जस्तै शहर बजारमा बिक्री गर्न सकिन्छ । उत्पादित वस्तुहरूलाई ग्राहक अनुसार सानो, मध्यम र ठूलो वा रङ्गको आधारमा पोका पार्ने (प्याकेजिङ) गर्न सकिन्छ । गोलभेडाबाट सस, अचार, अदुवा बाट क्याण्डी, अकबरेबाट अचार वा बदाम नून हालेर, सागबाट गुन्द्रुक, मसलाहरूलाई धूलो बनाएर प्याकिङ, कुरिलोबाट धूलो प्याकेट, च्याउ सुकाएर वा धूलो प्यकिट आदि कार्यहरूले मूल्यमा अभिवृद्धि गर्दछ । कृषि पेसालाई पनि व्यवसायसरह विकसित देशहरूमा गरेको देख्न सकिन्छ । रोजगारीको एउटा सम्भावना यसमा देखिन्छ । यसको लागि तालिम, भौतिक एवम् आर्थिक सहयोग कृषकलाई आवश्यकता रहन्छ ।
ब्रान्डिङ (Branding)
उत्पादित कृषि वस्तु वा परिष्कृत वस्तुलाई बजारीकरण गर्ने अर्को उपाय ब्रान्डिङ हो । बजारमा पु¥याउने वस्तुलाई एउटा नाम दिंदा ग्राहक चिन्न, आÇनो गुणस्तरको प्रचार गर्न सकिन्छ । ग्राहकको विश्वास जित्ने उपायको रुपमा यसलाई लिन सकिन्छ । ग्राहकले वस्तु छनौटमा सहजता पाउँछन् । व्यवसायको रुपमा विकास गर्न सके आम्दानीको राम्रो तरिका यसलाई लिन सकिन्छ । मसला बालीको धूलो प्याकिङ गरी ब्रान्डिङ गरेको सबैले देखेका छन् । त्यस्तै गरी च्याउ, तरकारीहरूलाई पनि सजिलै गर्न सम्भव छ, गरिरहेका छन् ।
समयमा ब्रान्डिङका चार फाइदाहरू निम्नानुसार छन् ः
१. अरुभन्दा भिन्नता (Differentiation)
२. मूल्य सम्प्रेषण (Conveys Value)
३. ब्रान्डिङ विश्वासको विकास (Build Brand Loyalty)
४. गर्वको विकास (Builds Pride)
ब्रान्डिङको तरिका ः
१. सुरुमा नाम छनौट गर्ने,
२. राम्रो एउटा नारा बनाउने,
३. आकर्षक लोगो/छाप विकास गर्ने ।
यी काम सुरुमा नाम चिनाउन र विश्वास जित्न केही समय, मेहेनत अवश्य लाग्दछ । धैर्यताका साथ गरे यो सम्भव छ ।
कृषि सहकारी र कृषक
कृषि क्षेत्रको विस्तार, विकास, आधुनिकीकरण र व्यवसायीकरणका लागि महत्वपूर्ण भूमिका कृषि सहकारी गर्न सक्दछ । स्थानीय आवश्यकताको पहिचान, भूगोल, मौसमको जानकारी, सम्भाव्यताको अध्ययन कृषि सहकायीसँग हुने गर्दछ । कृषिमा व्यवसायिकता र आधुनिकीकरणको निम्नि आर्थिक, प्रविधिक र कानुनी सहयोग र साथ चाहिन्छ । ऋण उपलब्धता, तालिम र आधुनिक सामग्री, औजार, मेसिनको परिपूर्ति, बिमाको बन्दोबस्त, सरकारी निकाय लगायतसँग समन्वय सहकार्यको भूमिका कृषि सहकारीले गर्न सक्दछ ।
निष्कर्ष
कृषि एक राम्रो सम्भावना भएको क्षेत्र हो । तर यसलाई निर्वाहमुखीबाट व्यवसायिक तहमा उकास्नु जरुरी छ । आधुनिकीकरणबाट यसबाट उत्पादन, उत्पादकत्वमा टेवा पु¥याउन सकिने र यसको लागि कृषि सहकारीहरूले भूमिका खेल्नुपर्दछ । स्थानीय स्तरको उत्पादनले सो क्षेत्रलाई आत्मनिर्भर हुन मद्दत गर्दछ । रोजगारीको सृजना गरी सभ्य समाज निर्माण गर्न इँटा थाप्ने कार्य हुनेछ ।

Leave a Reply