अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
भक्तपुर, ७ जेठ । नेपाल मजदुर किसान पार्टी ८ वडा एकाइ समितिको आयोजनामा वडा सम्मेलनको तयारीस्वरुप पार्टी कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भयो ।
प्रशिक्षण कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पार्टीमा लागेका कार्यकर्ताहरूले व्यक्तिगत स्वार्थ त्यागेर सामूहिक हितमा प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “सङ्गठन भनेको मित्रमण्डली होइन, आफू अनुकूल काम गर्ने थलो पनि होइन, पार्टीले दिएको जिम्मेवारी र निर्देशनलाई इमानदारिताका साथ पालना गर्नु नै पार्टी कार्यकर्ताहरूको कर्तव्य हो ।
पार्टी सदस्यको सङ्ख्या बढी हुँदैमा पार्टी राम्रो नहुने विचार व्यक्त गर्दै उहाँले पुँजीवादी देशले सयौँ वर्ष लगाएर गरेको विकास समाजवादी देशले दुई–तीन दशकमै गरेको हुनाले समाजवादी व्यवस्थाको निम्ति सक्रिय हुन निर्देशन दिनुभयो ।
उहाँले भौतिक विकासले मात्र पार्टीलाई बलियो नबनाउने भएकोले कार्यकर्ताहरूको सांस्कृतिक स्तर उकास्न सिद्धान्त र विचारबाट प्रशिक्षित गरेमात्र पार्टी बलियो हुन्छ भन्नुभयो । उहाँले पार्टी अहिले पनि अर्धभूमिगत भएकोले पार्टी गतिविधिको गोप्यता कायम राख्नुपर्ने बताउनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष एवम् वाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले वाग्मती प्रदेशसभामा नेमकिपाले खेलिरहेको भूमिकाबारे प्रस्ट पार्नुभयो ।
पद र पैसाको लागि शासक दलका नेताहरू लागिपरेको हुनाले नामले कम्युनिस्ट भए तापनि व्यवहारले पुँजीवादी नै भएको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले विभिन्न विषयको दक्षता हासिल गरेका बुद्धिजीवीहरू राजनीतिकरूपमा सचेत नहुँदा समाज पछाडि परेको धारणा राख्दै साथीहरूलाई साङ्गठनिकरूपमा सङ्गठित र प्रशिक्षित गर्नुपर्ने बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले पार्टी कार्यकर्ताहरूले नियमितरूपमा पार्टी प्रकाशनहरूको अध्ययन गोष्ठी तथा अन्तरक्रिया गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले राजनीतिमा लाग्दा विरोधीहरूले विभिन्न किसिमले अप्ठ्यारो पार्न सक्ने हुनाले कार्यकर्ताहरू सचेत हुनुपर्ने बताउनुभयो ।
पुँजीवादी सरकार पुँजीपतिवर्गको सञ्चालक समिति रहेको हुनाले त्यसले व्यापक जनताको हित नहुने भन्दै उहाँले माक्र्सवादले मात्र कामदारवर्गको हित हुने विचार व्यक्त गर्नुभयो ।
भनपा ८ नं. वडाका वडाध्यक्ष कृष्णप्रसाद कोजुले पार्टीको निर्देशन र घोषणपत्रअनुसार नै जनप्रतिनिधिहरूले काम गरिरहेको बताउँदै वडामा भइरहेको विकास कार्यको विषयमा जानकारी गराउनुभयो ।
राम प्रजापतिले पार्टीको विधान र पार्टी सदस्यले गर्नुपर्ने कार्यको विषयमा प्रस्ट पार्नुभयो ।
नेमकिपा ८ वडा समितिका अध्यक्ष लक्ष्मीनारायण दुवालको सभापतित्वमा भएको कार्यक्रममा सेल समितिका इन्चार्जहरू महेन्द्र खायमली, बलराम प्रजापति र तुल्सीराम ग्वाछाले पनि बोल्नुभएको थियो ।
Leave a Reply