विद्यालय र विश्वविद्यालयको पाठ्यपुस्तक उत्पादन श्रमसँग जोडिएको हुनु आवश्यक
- बैशाख ८, २०८२
काठमाडौँ, ९ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलबाट जेठ १ गते नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भयो । महिना दुई महिनामा सरकार परिवर्तन भइरहने देशमा सरकारको नीति तथा कार्यक्रमबारे जनताले चासो लिन पनि छाडेका छन् । जनताको निम्ति काम गर्नेभन्दा पनि एउटा औपचारिकता पूरा गर्नमात्रै गरिने हुँदा जनताले त्यस्ता कुरामा ध्यान नदिनु स्वाभाविक हो । प्रस्तुत नीति तथा कार्यक्रममा विगतका निरन्तरताबाहेक खासै कुनै नौलो कार्यक्रम पनि हुने गर्दैन ।
नीति तथा कार्यक्रमको बुँदा नं. १७७ देखि १७९ सम्म ३ वटा बुँदाहरूमा खेलकुदसम्बन्धी उल्लेख छन् । ती बुँदाहरू हेर्दा खेलकुद क्षेत्रमा नेपाल सरकारले भक्तपुर नगरपालिकाको कार्यलाई पछ्याइरहेको देखिन्छ ।
बुँदा नं. १७७ मा “मौलिक तथा परम्परागत खेलहरूको प्रवद्र्धन गर्ने” उल्लेख छ । भक्तपुर नगरपालिकाले २०७४ सालको निर्वाचनपछि स्थानीय पाठ्यक्रमको निर्माण गरी मौलिक खेलहरूको संरक्षण गर्ने काम ग¥यो । भनपाले लोपोन्मुख मौलिक र परम्परागत खेलहरूबारे पाठ्क्रममा राखी अध्ययन गराउनेमात्र होइन विद्यार्थीहरूलाई त्यसबारे प्रशिक्षण दिने र त्यसको प्रतियोगिता पनि गर्दै छ । त्यसको परिणाम अहिले भक्तपुरमा परम्परागत खेलहरूले जीवन्तता पाएका छन् ।
सोही बुँदामा “सबैको लागि खेलकुद तथा योगाभ्यासको अवसर प्रदान गरिने” पनि उल्लेख छ । भक्तपुर नगरपालिकाले ‘स्वस्थ नागरिकको लागि व्यायाम’ भन्ने नीतिअनुसार नगरको २३ ठाउँमा व्यायामशालाको निर्माण गरी सबै नागरिकहरूलाई व्यायामको अवसर प्रदान गर्दै आएको छ भने वडा वडामा शारीरिक व्यायामहरू सिकाउँदै छ । विशेषगरी महिलाहरूको बढी सहभागिता रहेको शारीरिक व्यायाम (छिकोङ) भक्तपुरमा निकै प्रभावकारी हुँदै गएको छ ।
त्यस्तै बुँदा नं. १७८ मा “विद्यालयका शिक्षक र विद्यार्थीहरूलाई खेलकुद तालिम दिइनेछ” भन्ने उल्लेख छ । भक्तपुर नगरपालिकाले पूर्णकालीन खेलकुदको व्यवस्था गरी विद्यालयहरूमा कार्यरत खेलकुद शिक्षकहरूलाई केही वर्ष अघिदेखि नियमित प्रशिक्षण दिइआएको छ । आ.व. २०८०/८१ मा ४९ जना खेलकुद शिक्षकहरूलाई तालिम दिएको, विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा नगरका ९२ मध्ये ८१ वटा विद्यालयका २२५० भन्दा बढी खेलाडीहरूले भाग लिएको र नियमितरूपमा अन्तरनगर खेलकुद प्रतियोगिता सञ्चालन गरी आएको कुरा ‘भनपामा जनप्रतिनिधिको २ वर्ष’ कार्यक्रममा नगर प्रमुखद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
सोही बुँदामा ‘अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा विजयी खेलाडीहरूलाई पुरस्कृत एवं सम्मान गरिने’ उल्लेख छ । भक्तपुर नगरपालिकाले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरूलाई हरेक वर्ष एक समारोहबिच सम्मान कार्यक्रमको आयोजना वर्षाैँ अगाडिदेखिको परम्परा जस्तै चलिआएको हो । २०८१ जेठ ५ गते नगरपालिकाले भक्तपुर जिल्लाका ३२ जना राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा विजयी खेलाडीहरूलाई नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम सम्पन्न ग¥यो । उक्त कार्यक्रममा ३२ जनामध्ये २७ जना खेलाडी भक्तपुर नगरपालिकाकै थिए । अरू खेलाडी पनि भूकम्पपछि बसाइँसराइको क्रममा अन्य नगरपालिकामा गएर बसेकाहरू भन्ने बुझिएको छ । यसले भक्तपुर नगरपालिकाबाट खेलकुदलाई कति प्राथमिकतामा राखेको छ बुझ्न सकिन्छ ।
बुँदा नं. १७९ मा ‘खेलकुद पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखिनेछ । मोरङ र कैलालीमा रङ्गशाला निर्माण गरिने र चितवनको गौतम बुद्ध क्रिकेट रङ्गशाला सङ्घ, प्रदेश र स्थानीयको साझेदारीमा अगाडि बढाइने’ उल्लेख छ । भक्तपुर नगरपालिकाले आप्mनै पहलमा बनेको भनपा वडा नं. १० स्थित टेबुलटेनिस कभर्ड हल २०८१ जेठ ६ गते नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले एक समारोहबिच उद्घाटन गर्नुभयो । यसअघि भनपा वडा नं. ८ लिबालीमा ब्याडमिन्टन कभर्ड हल, भनपा वडा नं. १० मा कमलविनायक बक्सिङ कभर्ड हल निर्माण सम्पन्न गरिसकेको छ ।
सरकारले विभिन्न ठाउँमा रङ्गशाला निर्माण गर्ने कुरा त विगतकै निरन्तरता मात्रै हो । काठमाडौँस्थित दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न योग्य छैन भनी घोषणा गरिसकेको बताइन्छ । खेलकुद विज्ञहरूका अनुसार नेपालले कुनै अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न परेमा नेपालसँग उपयुक्त एउटा रङ्गशाला पनि छैन । दशरथ रङ्गशालाको उचित व्यवस्थापन पनि गर्न नसक्नेले कसरी ठाउँ ठाउँमा रङ्गशाला निर्माण गर्र्छ भनी खेलाडीहरूले नै सरकारको योजनामा शङ्का व्यक्त गर्दै छन् ।
चितवनस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको जिम्मा पहिले एउटा गैरसरकारी सङ्गठन (एनजीओ) लाई दिइएको थियो । रामपुर कृषि क्याम्पसको त्यत्रो जग्गा एनजीओलाई जिम्मा लगाउनेहरू को को हुन् ? कृषि विज्ञहरू उत्पादन गर्ने कलेजको जग्गा खेल मैदानको लागि हस्तान्तरण गर्ने सबैलाई कानुनी कारबाहीमा ल्याइनुपर्दछ । एनजीओले रङ्गशाला बनाउन नसक्ने भनेर हात उठाएपछि अहिले नेपाल सरकार त्यो काम गर्न खोज्दै छ । नीति तथा कार्यक्रममा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला सङ्घ, प्रदेश र स्थानीयको साझेदारीबाट पूरा गर्ने उल्लेख गरिएको छ । एउटा एनजीओले आँट गरेको काम तीन तहको सरकारले गर्ने भनी लेख्नु सरकारलाई लाज लाग्नुपर्ने हो । यसबाट अर्बौको योजना एउटा एनजीओलाई जिम्मा दिनेहरू कति नालायक छन् भन्ने पनि स्पष्ट भयो ।
नेपालजस्तै सानो देश क्युवामा खेलकुद विज्ञानमा ३० हजारभन्दा बढी स्नातक र हजारौँ खेलकुदका प्राध्यापकहरू छन् भन्ने सुन्दा आश्चर्य लाग्छ । नेपालले पनि त्यस्ता देशहरूबाट सिकेर खेलकुद विश्वविद्यालय स्थापनामा जोड दिनुपथ्र्यो । तर, नेपालमा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीहरूसमेत राज्यले उचित व्यवस्थापन नगर्दा अपहेलित जीवन बिताउन बाध्य छन् । राम्रा राम्रा खेलाडीहरू कति त रोजगारीको निम्ति विदेश पलायन भएका छन् । यस्तो स्थितिको अन्त्य कहिले हुन्छ भन्ने गम्भीर प्रश्न उठेको छ ।
Leave a Reply