भर्खरै :

सर्वहारा वर्गका महान नेता जे.भी. स्तालिन

२१ डिसेम्बर १८७९ को दिन तिफलिस अञ्चलंको गोर्की सहरको एक सार्की परिवारमा जे.भी. स्तालिनको जन्म भएको थियो । उहाँको पूरा नाम जोसेफ विसारियोनोविच स्तालिन हो । तिफलिस रुसको दक्षिण–पश्चिम क्षेत्र ककेशियाको एक अञ्चल हो । उहाँको बाल्यकालको नाम शोशो थियो । उहाँकी आमाले उहाँलाई एक धार्मिक पाठशालामा भर्ना गरिदिनुभयो ।
२१ डिसेम्बर १८७९ को दिन तिफलिस अञ्चलंको गोर्की सहरको एक सार्की परिवारमा जे.भी. स्तालिनको जन्म भएको थियो । उहाँको पूरा नाम जोसेफ विसारियोनोविच स्तालिन हो । तिफलिस रुसको दक्षिण–पश्चिम क्षेत्र ककेशियाको एक अञ्चल हो । उहाँको बाल्यकालको नाम शोशो थियो । उहाँकी आमाले उहाँलाई एक धार्मिक पाठशालामा भर्ना गरिदिनुभयो । शोशोलाई १ वर्षको उमेरमै पितृशोक प¥यो । आर्थिक अवस्था बिग्रन थालेको हुँदा आमा छोरा लुगा सिएर जीवन निर्वाह गर्न थाले । शोशोकी आमाले उहाँलाई फेरि अर्को धर्मशास्त्रको विद्यालयमा भर्ना गरिदिनुभयो किनभने शोशोकी आमा छोरालाई पादरी बनाउन चाहनुहुन्थ्यो । त्यसबेला रुसमा समाजवादी विचार फैलिरहेको थियो । शोशो पढ्ने स्कूलमा पनि समाजवादी र क्रान्तिकारी कुरा गर्ने एक विद्यार्थी सङ्गठन थियो । उनीहरू गोप्य अध्ययन गर्दथे । शोशो पनि त्यसै भूमिगत सङ्गठनमा भर्ना भई अध्ययन गर्न थाल्नुभयो ।
१८ वर्षको उमेरमा शोशो जर्जियाली समाजवादी जनवादी मजदुर पार्टीको सदस्य हुनुभयो । त्यहाँ उहाँले माक्र्सवादको गहिरो अध्ययन गर्नुभयो । यसैबीच शोशोले नरोदनिकवादको विरोधमा लेख्नुभएको लेनिनको कानुनी माक्र्सवादको गहिरो अध्ययन गर्नुभयो । यसैबीच शोशोले नरोदनिकवादको विरोधमा लेख्नुभएको लेनिनको ‘कानुनी माक्र्सवादको र अर्थवाद’ भन्ने लेख पढ्नु भयो । त्यसबाट सा¥है प्रभावित भएर उहाँले लेनिनसँग सम्बन्ध राख्ने विचार गर्नुभयो ।
त्यसबेला रुसका जार (राजा)ले जनतालाई सा¥है अत्याचार गरी चुस्थ्यो । छिमेकी देशमा पनि सधैं धावा बोल्थ्यो र कमजोर देशलाई खान्थ्यो । देशका गरीब जनताकै सन्तानहरू सिपाही बनाई लडाइँमा मार्न लगिन्थ्यो । यस्तो सरकारलाई त्यहाँका जनताले मन पराउँदैनथ्यो । कार्ल माक्र्सको किताबमा शोषक जारले कसरी जनतालाई शोषण गर्छ भन्ने कुरा लेखिएको हुन्थ्यो । त्यसकारण शोशोले माक्र्सको किताब खोजी खोजी पढ्नुहुन्थ्यो । यसरी अध्ययन गर्दै उहाँले रेल मजदुरहरूले गोप्य सङ्गठनबाट कम्युनिष्ट शिक्षा पनि पाउनुभयो । शोशोको गतिविधिसँग सशंकित जारले उहाँको घरमा छापा मा¥यो र स्कूलबाटै निकाला ग¥यो । शोशो झन् दृढ हुनुभयो । उहाँ आफ्नो सिद्धान्तको लागि त्यागी भएर झन् ठूलाठूला आन्दोलनमा हाम फाल्न थाल्नुभयो ।
१९०१ मा अन्तर्राष्ट्रिय मजदुर दिवस (मई दिवस) को एक ऐतिहासिक जुलुसको नेतृत्व स्तालिनले गर्नुभयो । जारले स्तालिनलाई पक्राउ पुर्जी काट्यो । स्तालिन भूमिगत हुनुभयो । यसपछि नै उहाँ पेशेवर क्रान्तिकारी कार्यकर्ता बन्नुभयो । उहाँले आफ्नो मित्रहरूसँग मिली एउटा गोप्य छापाखाना खोल्नुभयो र ‘संघर्ष’ भन्ने पत्रिका निकाल्नुभयो । स्तालिन पत्रिका मात्र चलाई पार्टी चलेको ठान्नुहुन्नथ्यो । उहाँ सधै आन्दोलन र सङ्गठन विस्तारमा जोड गर्नुहुन्थ्यो । १९०२ जुनमा उहाँले कारखानाहरूमा हड्तालको अगुवाई गर्नुभयो । यो आन्दोलन आफूलाई वामपन्थी दाबी गर्ने तर चुप लागेर बस्नेहरूलाई एक झापट थियो । उहाँ यसै अभियोगमा बाकुको जेलमा पर्नुभयो । जेलमै पनि गुप्त ढंगले क्रान्तिकारी गतिविधि चालु नै राख्नुभयो ।
स्तालिनलाई १९०३ मा कालापानीको जेल सजाय दिइयो । लेनिनको पत्र पाएपछि जनवरी १९०४ मा उहाँ कालापानीबाट भाग्नुभयो । अनि जनताको माझ गएर सशक्त सङ्गठन गर्नुभयो । उहाँले आफ्नो सङ्गठनका साथीहरूलाई उत्ताउलो विचार लिएर हिंड्ने कदम गलत हो भनी सम्झाउनुहुन्थ्यो । चर्को नारा दिएर जनतालाई धोका दिनुहुन्न भन्ने उहाँको विचार थियो । उहाँले आफ्नो साथीहरूलाई लेनिनको ‘एक पाईला अगाडि, दुई पाईला पछाडि’ भन्ने किताबको अध्ययन गर्न सुझाव दिनुहुन्थ्यो ।
१९०५ जनवरी ९ आइतबारको दिन ग्यापोन नाम गरेका मजदुर आन्दोलनभित्र घुसेका सरकारी दलालको नेतृत्वमा आन्दोलन शुरु भयो । जारले त्यो आन्दोलन दबाउन बन्दुक र पल्टन प्रयोग ग¥यो । धेरै मजदुरहरू मरे त्यसलाई ‘रुसको आइतबारे हत्याकाण्ड’ भनिन्छ । यो हत्याकाण्डपछि सरकारी एजेण्टहरूले सरकारसँग सम्झौता गरे । स्तालिनले त्यसलाई घुणा गर्नुभयो । त्यसबेला सामाजिक जनवादी मजदुर पार्टी दुई गुटमा विभाजित थियो । क्रान्ति गर्न चाहनेहरू बहुमतमा थिए । रुसी भाषामा बहुमतलाई ‘बोल्शेविक’ भनिन्छ । अल्पमत गुतलाई रुसी भाषामा मेन्सेविक भनियो । मेन्सेविकहरू सम्झौतवादी थिए । त्यो पार्टीमा पूँजीपति वर्गको नेतृत्व थियो । आइतबार हत्याकाण्डको विरोधमा बदल लिन बोल्सेविक पार्टी हातहतियार लिई उठ्यो । त्यसैबेला लण्डनमा पार्टीको तेस्रो महाधिवेशन भयो । मेन्सेविकहरूको महाधिवेशन जेनेभामा भयो । मेन्सेविकहरूले पूँजीवादी क्रान्ति गर्ने नीति स्वीकार गरे । यसबेला क्रान्ति चर्को रुपमा अगाडि बढिरहेको थियो । तसर्थ वोल्शेविकहरूले रुसी विधायिका ‘ड्यूमा’ लाई बहिष्कार गरे । १९०५ मा स्तालिन फिनल्याण्ड जानुभयो । त्यहाँ उहाँले लेनिनसँग भेट गर्नुभयो । उहाँहरूले आप्mना सफलता र असफलताबाट पूर्ण ज्ञान हासिल गरी कानुनी र गैरकानुनी संघर्ष गर्नुपर्ने नीति तयार गर्नुभयो । १९०३ अप्रिलतिर स्वीडेनमा पार्टीको चौथो महाधिवेशन भयो । त्यसमा स्तालिनले सक्रिय रुपले भाग लिनुभयो । त्यसबेला त्यहाँ प्रिन्स क्रोपाटकिनको अराजकतावादी विचारहरू फैलिरहेको थियो । त्यस खोटो विचारको खण्डन गर्दै स्तालिनले ‘अराजकतावादी वा समाजवाद’ लेख लेख्नुभयो । १९०८ मा स्तालिन पक्रिनुभयो र आठ महिना जेलमा थुनिनुभयो । त्यसपछि उहाँ निर्वासित हुनुभयो तर १९०९ जुनमा उहाँ बाकुमा पुग्नुभयो । १९१० मा उहाँ पुनः पक्रिनुभयो र ६ महिना थुनिनुभयो । तर जेलमा उहाँ चुप लागेर बस्नुभएन । उहाँले थुप्रै पुस्तकको गहिरो अध्ययन गर्नुभयो ।
१९१२ मा चेकोस्लाभाकियामा भएको छैठौं सम्मेलनले खुल्ला तर गोप्य र कानुनी तथा गैरकानूनी संघर्ष गर्ने नीति लिंदै पुराना उत्ताउला विचारहरूको विरोधी भावना सशक्त बनाउँदै पार्टीलाई रुसी समाजवादी प्रजातान्त्रिक मजदुर पार्टी (वोल्सेविक) नाउँ   दिने निर्णय ग¥यो । त्यहीबाट लेनिनको नेतृत्वमा स्तालिन सहितको केन्द्रीय समिति गठन भयो । यसैबीच सुनखानीका ५०० मजदुरहरू मारिएको विरोधमा स्तालिनले ८ लाख ५० हजार मजदुरहरूको हड्तालको नेतृत्व गर्नुभयो । संघर्षशील भावना मजदुरहरूमा जाग्दै गयो । उहाँले यस्तो स्थितिमा प्रतिक्रयावादीभन्दा प्रतिक्रियावादी संघहरूमा पनि भाग लिएर क्रान्तिलाई सघाउन सकिन्छ भन्ने नीति लिंदै चुनावलाई पनि उपयोग गर्नुपर्छ भनी प्रचार गर्न लाग्नुभयो । उहाँ भन्नुहुन्थ्यो, यस्ता संघर्षहरू सशस्त्र संघर्षको तयारीको लागि उपयोगो हुनसक्छन् । त्यसैबेला लेनिनको निर्देशनमा ‘प्राब्दा’ (सत्य) भन्ने पत्रिका प्रकाशित हुन थाल्यो ।
१९१४ मा सुरु भएको साम्राज्यवादी युद्ध (प्रथम विश्व युद्ध) मा रुस हार्दै गयो । युद्धको क्षतिपूर्ति दिन जार जनतामा कर थोपरिदियो । यसले गर्दा जन असन्तोष फैलँदै गयो । युद्धको विरोध गर्न १९१७ जनवरीमा एक विशाल जुलुस भयो । जुलुसको नारा थियो – ‘युद्ध मूर्दावाद १ राजतन्त्र मूर्दावाद १ हामीलाई रोटी देऊ १’ २६ फेबुअरीदेखि ती आन्दोलनहरू झन् चर्किदै गए । मजदुरहरू पुलिसको हातहतियार खोसेर लड्न थाले र राजनैतिक हड्तालहरू विद्रोहमा फेरिए । बोल्सेविकहरूले नारा दिए –‘जार सरकार पल्टाइ देऊ १ अस्थायी सरकार गठन गर १’ यी नारा सुनेर जार आगो भयो । उसले निःशस्त्र जनतामाथि गोली हान्ने आदेश दियो तर सेनाले गोली चलाउन मानेन । २७ फेब्रुअरीका दिन ३० हजार सेना जनताको पक्षमा सामेल भए तथा मजदुर र सिपाही मिलेर जारका मन्त्रीहरूलाई गिरप्mतार गरे । क्रान्तिकारीहरूलाई जेलबाट मुक्त गराइए । मजदुर वर्ग लडाईमा उत्रे । जारतन्त्र पल्टियो । तर मजदुरले सत्ता भने पाएनन्, पूँजीपतिहरूको पार्टीले सत्ता कब्जा ग¥यो । त्यसलाई फेब्रुअरी क्रान्ति भनिन्छ । स्तालिन कालापानीबाट फर्किनुभयो । लेनिन पनि निर्वासनबाट फर्किनुभयो । बोल्सेविक पार्टीको बैठकले पूँजीवादी क्रान्तिलाई समाजवादी क्रान्तिमा बदल्ने नीति स्वीकार ग¥यो किनभने जनताले चाहेको वास्तविक व्यवस्था प्राप्त भएको थिएन । यसैवर्ष १८ जुनका दिन लेनिन र स्तालिनको निर्देशनमा पेट्रोग्राडका ४ लाख मजदुरहरूले जुलुस प्रदर्शन गरे । प्रदर्शनकारीहरूमाथि पूँजीवादी सरकारले गोली चलायो । लेनिनलाई राजद्रोही मुद्दा लगायो । लोकप्रिय नेताहरूलाई यस्तो अभियोग लगाएको देखेर व्यापक जनता उठे । संघर्षले चर्को रुप लियो । स्तालिनको नेतृत्वमा सरकारी अड्डा र अफिसहरू कब्जा गरिए । पेट्रोग्राडका सिपाहीहरूले पूँजीवादी सरकारका मन्त्रीहरूलाई नै पक्रे । देशका धेरै भाग जनताको कब्जामा गयो । पूँजीवादी सरकार पनि पल्टियो । सन् १९१७ अक्टोबरको त्यस क्रान्तिलाई रुसी अक्टोबर समाजवादी क्रान्ति भनिन्छ । लेनिनको अध्यक्षतामा नयाँ मन्त्री परिषद्को गठन भयो । ठाउँ–ठाउँ समाजवादी क्रन्तिका विरोधीहरू जनतालाई धोका दिन उठे । तर स्तालिनले ती सबैलाई दबाब छाडनुभयो । लेनिनले त्यसबेला उहाँलाई ‘लाल झण्डा’ पदवी दिनुभयो । पहिलोपल्ट लेनिन र स्तालिनले लाल सेना स्थापना गर्नुभयो । स्तालिन १९२२ मा पार्टीको महासचिव चुनिनुभयो ।
१९२४ जनवरी २१ का दिन लेनिनको निधन भयो । उहाँको निधनले विरोधीहरू फेरि उठ्न थाले । बुखारीन र त्रोत्स्कीजस्ता सेशोधनवादी कम्युनिष्टले समाजवादी क्रान्तिलाई नै ध्वस्त पार्ने निहुँले धेरैपल्ट गडबडी मच्चाए । तर स्तालिनले सबैलाई असफल पार्नुभयो । उहाँको कुशल नेतृत्वमा कृषिमा आधारित रुस विकसित औद्योगिक देशमा परिणत भयो । १९४१, २२ जुनको दिन जर्मनीले रुसमाथि अचानक धावा बोल्यो । हिटलरको साम्राज्यवादी नीतिको विरोधमा स्तालिन अगाडि रहनुभयो । लडाइँमा स्तालिनका छोरालाई हिटलरले पक्राउ ग¥यो । हिटलर स्तालिनका छोरासँग आप्mना सेना र गुप्तचरहरू साट्न चाहन्थ्यो । तर उहाँले आप्mनो छोराको ज्यानभन्दा देशलाई नै प्रेम गर्नुभयो । अत्याचारी हिटलरले स्तालिनको छोरालाई मारिदियो । रुसी सेनाले जर्मनीको ३ लाख सेनालाई घेरामा पा¥यो । आक्रमणमा परी जर्मनीको हार भयो । लाल सेनाको विजयले बर्लिन पतन भयो । रुसको पनि अपार धनजन नाश भयो । यसरी पूर्व जर्मनी र पश्चिमी जर्मनी दुई खण्डमा विभाजित भयो । स्तालिनको सबल नेतृत्वमा रुस साम्राज्यवाद विरोधी शक्तिमा फेरियो ।
स्तानिलले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको संरक्षकको भूमिका खेल्नुभयो । यस्तो सबल नेतृत्व १९५३ को मार्च ९ का दिन समाप्त भयो । महान् नेता स्तालिन सदाको लागि सुत्नुभयो । स्तालिन साम्राज्यवादीहरूका लागि आँखाको धुलो हुनुहुन्थ्यो । त्यसैले सबै साम्राज्यवादी दलालहरू उहाँको विरोध गर्दथे÷गरिरहेका छन् ।  सोभियत कम्युनिष्ट पार्टीभित्र घुसेका संशोधनवादीहरूले १९५३ को बीसौं महाधिवेशनमा ठूलो  वैचारिक संघर्ष गरे । शोषक वर्गका हिमायतीहरूले पार्टीको नेतृत्व हत्याएर माक्र्सवाद लेनिनवाद विरोधी नीति लिए । उनीहरूले व्यक्ति पूजाको विरोध गरेको नाउँमा महान् स्तालिनलाई नै विरोध गरे । यस्तो परिस्थितिमा माक्र्सवाद र लेनिनवादको रक्षा गर्ने अन्तर्राष्ट्रिय कर्तव्य महान् नेता माओत्से तुङले निभाउनुभयोे ।
स्रोत ः दबु (जीवनी अङ्क)बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *