भर्खरै :

जलस्रोतको धनी देशमा लोडसेडिङ

जलस्रोतको धनी देशमा लोडसेडिङ

काठमाडौँ, १४ जेठ । सरकारले आफ्नो दायित्व इमानदारीपूर्वक पालना नगर्दा, सरकार देश र जनताप्रति समर्पित नहुँदा जलस्रोतको धनी देशमा बिजुलीको र कृषिप्रधान देशमा खाद्यान्नको समस्या देखिरहेको हो । नेपाल अरबाँै खरबौँ रकम बराबरको खाद्यान्न आयात गर्नुपर्ने देश बनेको छ । नेपाली जनताको गाउँ–गाउँ र बस्ती बस्तीमा बिजुली पु¥याउन नसकेको नेपालले भारतलाई बिजुली निर्यात गरेर नेपाली जनताको गाउँलाई अँध्यारो बनाएको छ र लोडसेडिङ बढाएको छ । नेपालको निम्ति महँगोमा किनेर सस्तोमा भारतलाई बिजुली बेच्ने सरकारले नेपाललाई लोडसेडिङ मुक्त देश बनाउन के पहल गर्नुपर्दैन ? अहिले नेपालमा दिनको पटक पटक लोडसेडिङ भइरहेको छ । लोडसेडिङकै कारण कति कलकारखाना, उद्योगहरू चलेका छैनन्; उद्योग, कारखाना चल्न नसकेर बन्द भएका छन् ।
जलस्रोतको भण्डार रहेको देशमा पटक पटक कसरी लोडसेडिङ भयो ? अन्य जिल्लामा झैँ भक्तपुरमा पनि लोडसेडिङ भइरहेको छ । कहिलेकाहीँ मात्र हुने लोडसेडिङ अहिले दिनको दर्जनौँ पटक भइरहेको छ । छिनछिनमा बिजुली बल्ने र निभ्ने भइरहेको छ । कुन दिन कहिले कहाँ लोडसेडिङ या बत्ती निभ्छ, थाहा हुँदैन । छिनछिनमा भएको लोडसेडिङले उद्योग, कलकारखाना, प्रेस, फर्निचर तथा अन्य घरायसी काम र जनजीवनमा असर परिरहेको छ । छिनछिनमा किन बत्ती निभिरहेको हो ? प्राधिकरणले कुनै जानकारी दिएको छैन । ट्रान्सफर्म पड्केर, विद्युत्को मर्मत सम्भार या विद्युत् योजना निर्माणको कारण बत्ती निभिरहेको हो ?
लोडसेडिङ या बत्ती निभ्नुको कारण के ? जनतालाई दुःख दिने नियतले लोडसेडिङ भइरहेको हो ? कि विद्युत्को क्षमता नपुगेर भएको हो ? जलस्रोतको धनी देशमा जनताको माग या आवश्यकताअनुसार बिजुली उत्पादन गर्न सरकारलाई केले रोक्यो† केले बाधा दियो ? जलस्रोतको धनी देशमा लोडसेडिङमुक्त बनाउन सरकारले आवश्यकतताअनुसार विद्युत् उत्पादन गर्नुपर्दैन ? देशमा बिजुलीको मात्र होइन खाद्यान्नको पनि समस्या छ । कृषिप्रधान देशमा भारतबाट खरबौँ रकम बराबरको खाद्यान्न आयात भइरहेको छ । कृषि उत्पादन बढाउने परिस्थिति सरकारले तय गर्न सकेन । समयमा रासायनिक मल उपलब्ध हँुदैन† सिँचाइको व्यवस्था पर्याप्त छैन । कृषिका औजारहरू सस्तो र सुलभ हुँदैन जग्गा बाँझो राखिएको हुन्छ । कृषकहरूलाई जग्गा नभएर जीवन जोहो गर्न कठिनाइ हुन्छ । फलतः उत्पादनमा कमी आएको छ । उत्पादनमा कमी भएपछि खाद्यान्नको समस्या हुन्छ । खाद्यान्न अभाव भएपछि आयात गर्नुपर्ने हुन्छ । उत्पादित बिजुली भारतलाई बेचेर नेपालमा लोडसेडिङ गर्ने, देशमा उत्पादन घटाएर विदेशबाट खाद्यान्न आयात गर्ने सरकारले के देशलाई समृद्ध र समुन्नत बनाउला ? देशलाई लोडसेडिङमुक्त र आत्मनिर्भर देश बनाउला ? अतः सरकारले देशभर बिजुली पु¥याउन र देशलाई आत्मनिर्भर बनाउन आवश्यक पूर्वाधारहरू तयार गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *