सांस्कृतिक पुचःको आयोजनामा शुभकामना आदानप्रदान तथा सांस्कृतिक ¥याली
- कार्तिक ४, २०८३
बाँके, १४ जेठ । नेपाल मजदुर किसान पार्टीको जनवर्गीय सङ्गगठन नेपाल क्रान्तिकारी किसान सङ्घ बाकेले नेपालगन्ज उपमहानगरपालिकामा किसानको समस्या लिएर ज्ञापनपत्र बुझायो ।
उक्त कार्यक्रममा नेमकिपा बाकेका अध्यक्ष बखत थापाले किसानका जल्दाबल्दा समस्याबारे बोल्दै भन्नुभयो, “रासायनिक मलले कृषि उत्पादन घट्दै गएकोले कम्पोस्ट मल उत्पादनमा पालिकाले जोड दिनुपर्ने सुझाव दिनुभयो ।
तेलियानपुरस्थित पालिकाको डम्पिङ साइटलाई उपयोग गर्दै नजिकै रहेको झोरा सामुदायिक वनमा खेर गइरहेको झारपातलाई सदुपयोग गरेर पालिकाको थोरैमात्र बजेट विनियोजन गरेर कम्पोस्ट मल तयार हुनसक्ने बारे उहाँले पालिकालाई सुझाव दिनुभयो ।
उक्त कार्यक्रममा रूपेस श्रेष्ठले ज्ञापनपत्र वाचन र गर्नुभयो ।
त्यस्तैगरी नेपाल क्रान्तिकारी किसान सङ्घ बाँकेले जेठ १३ गते किसानको समस्याबारे बाँके जिल्लाको राप्ती सोनारी र नरैनापुर गाउँपालिकामा ज्ञापनपत्र बुझायो ।
ज्ञापनपत्र बुझाउने क्रममा नेमकिपा बाँकेका अध्यक्ष बखतबहादुर थापाले शासक पार्टीहरूको सत्ता लुछाचुँडीका कारण किसानका आधारभूत आवश्यकतामा ध्यान नदिएकोले देशमा कृषि उत्पादन घट्दै गएको हो भन्नुभयो । उहाँले देशको कृषि उत्पादन घट्नु वा किसानहरूले खाद्यान्न बाहिरबाट खरिद गर्ने अवस्था सृजना हुनु देशको दुर्भाग्य हो भन्नुभयो ।
उहाँले नेपालमै रासायनिक मल कारखाना खोल्नुपर्ने भनेर नेमकिपाले बारम्बार संसद र सडकमा आवाज उठाउँदा पनि शासक पार्टीको ध्यान नगएको कारण खेती समयमा किसानहरूले मल पाउन नसकेको हो भन्नुभयो ।
देशमा प्रशस्त वनजङ्गल भएको र जङ्गलमाा झारपात प्रशस्त पाउने भएकोले बाँके जिल्लाका धेरै ठाउँमा कम लागतमा प्राङ्गारिक कम्पोस्ट मल उत्पादन गर्न सकिने भएकोले स्थानीय सरकारको ध्यानाकर्षण गराउनुभयो ।
राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका प्राङ्गारिक मल कारखाना सञ्चालन गर्नेमा सकारात्मक देखिएका छन् । यो बजेट भाषणमै केही रकम छुट्याएर सुरुआत गर्ने पालिका प्रमुखबाट प्रतिबद्धता व्यक्त भएको छ ।
ज्ञापनपत्र रूपेश श्रेष्ठले वाचन गर्नुभएको थियो ।
किसान सङ्घ र बाँकेका पार्टी साथीहरूको सहभागितामा २ वटा पालिकामा ज्ञापनपत्र बुझाइएको थियो ।
Leave a Reply