निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
सूदुरपश्चिम प्रदेशसभाको बझाङ क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको २०८० असार ५ गते गाडी दुर्घटनामा परी निधन भएपछि सो स्थानका लागि निर्वाचन आयोगले २०८१ वैशाख १५ गते उपनिर्वाचन तोकेको थियो । निर्वाचनमा नेपाल मजदुर किसान पार्टीले केन्द्र्रीय सदस्य खगेन्द्रबहादुर शाहीलाई उम्मेदवार बनाएको थियो । त्यसै सिलसिलामा हामी भक्तपुर, काठमाडौँ, ललितपुरलगायत विभिन्न जिल्लाबाट ३० जनाको समूह वैशाख ५ गते बझाङ जानको लागि निस्कियौँं ।
भक्तपुरदेखि बझाङसम्म
वैशाख ५ गते बिहान करिब ६ बजेतिर भक्तपुरबाट बझाङका लागि हामी निस्कियौँ । गाडीमा ११–१२ जना साथीहरू थिए । केही बेरमै हामी ठिमी पुग्यौँ । त्यहाँ दुई तीन जना साथीहरू लिएर फेरि आप्mनो गन्तव्यतर्फ लाग्यौँ । काठमाडौँका आठ–दस जना साथीहरू पनि हाम्रो टोलीमा सामेल हुनुभयो । अब हामी २७ जना भयौँ । यसअघि कहिल्यै नदेखेका, नचिनेका अग्रजहरू भएको हुनाले मैले उहाँहरूसँग बोल्ने आँट गरिनँ । ११ बजेतिर चितवन जिल्लाको इच्छाकामना पुगेर हामीले खाना खायौँ ।
हामी विभिन्न जिल्ला कटेर यात्रा गर्दै थियौँ । त्यस दिन हाम्रो लक्ष्य कोहलपुर पुग्ने थियो तर नारायणगढ–बुटवल सडक–खण्डको काम नसकिएकोले हामीले हाम्रो लक्ष्यलाई छुन सकेनौँ । त्यो दिन हामी (बज्रयान महाविहार, लुम्बिनीमा) बास बस्यौँ । त्यस दिन हामीले बज्रयानभित्रै खाना पकाएर खायौँ ।
वैशाख ६ गते हामी बिहान सबेरै गन्तव्यतर्फ निस्कियौँ । हामी रूपन्देही हुँदै कपिलवस्तु जिल्लातर्फ जाँदै थियौँ । पहिलो पटक मैले तराईका ठुल्ठुला फाँटहरू देखेको थिएँ । बाटो छेउमा भैँसी र बाख्राहरूको बथान हेर्दै म अविस्मरणीय यादहरू बटुल्दै थिएँ । साथीहरू गाडीमा नाचगान गर्न थाले; बिस्तारै सबैजना एकअर्कासँग बोल्न थाले र मित्रता गाँस्न थाले । बाँके जिल्लामा हामीसँग ३ जना साथीहरू थपिनुभयो । उहाँहरू आएपछि झन् रमाइलो भयो । म बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको सुन्दरतामा रमाएँ† त्यहाँ मैले मयूर, स्यालजस्ता धेरै वन्यजन्तु पनि देखेँ । त्यस दिन रमाइलो भयो । हामी राति करिब ९ः४५ तिर डडेल्धुराको सदरमुकाम पुग्यौँ ।
वैशाख ७ गते बिहान सबेरै उठेर हामी बझाङको लागि निस्कियौँ । डडेल्धुराको बाटो अलि डरलाग्दो रहेछ तर गाडी चालक दाइ अनुभवी भएको कारण हामीलाई हौसला मिल्यो । आज म साथीहरूसँग अलि नजिकिएँ; म रोजित दाइ र मन्दिप दाइसँग बोल्न थालेँ । दिउँसो ३ः३० बजे बझाङ जिल्लाको सदरमुकाम चैनपुर पुग्यौँ। एकछिन आराम गरेपछि हामी चुनाव प्रचारमा लागिहाल्यौँ ।
यसरी हामीलाई भक्तपुरबाट बझाङ जिल्ला पुग्न तीन दिन लाग्यो ।

चुनाव प्रचारप्रसार
वैशाख ८ देखि १२ गतेसम्म हामीले चुनाव प्रचारप्रसार ग¥यौ । बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (क) अन्तर्गत साइपाल गाउँपालिका, तलकोट गाउँपालिका, मष्टा गाउँपालिका, सुर्मा गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका, जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिका रहेछ । प्रचारप्रसारको क्रममा हामी तलकोट गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका, जयपृथ्वी नगरपालिका, सुर्मा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र मष्टा गाउँपालिकामा पुग्यौँ। घरदैलो कार्यक्रमको क्रममा हामीले धेरै मतदाताहरूलाई भेट्यौँ; तीमध्ये धेरैले हामीलाई सकारात्मकरूपमा लिए भने कसै–कसैले राजनीतिक कुरा सुन्नै चाहेनन् । हाम्रा साथीहरूले सकारात्मक कुरा गर्ने व्यक्तिहरूलाई प्रोत्साहन दिनुभयो भने निराश व्यक्तिहरूलाई नेमकिपाको परिचय दिएर वर्तमान राजनीतिक अवस्थाको बारेमा सम्झाउनुभयो । उहाँहरूको कुरालाई कतिपयले बुझे भने कतिपयले बुझेनन् । हामी हरेक दिन ठाउँ–ठाउँमा गएर कोणसभा गथ्र्यौँ ।
हामी चुनाव प्रचारको लागि बिहान सबेरै निस्कन्थ्यौँ† उपयुक्त ठाउँ खोजेर खाना पकाएर खान्थ्यौँ । खाना खाएपछि पुनः प्रचार कार्यमा लाग्थ्यौँ । दिनभरि प्रचार गरेपछि हामी बेलुका खाना खाएर दिनभरिको गतिविधिको समीक्षा र छलफल गथ्र्यौँ । ५ दिनको हाम्रो समय तालिका यस्तै थियो ।

केही अविस्मरणीय सम्झना
११ दिनको बझाङ यात्रामा हामीले धेरै कुरा सिक्न, भोग्न र देख्न पायौँ । यो यात्राको क्रममा मैले केही अविस्मरणीय क्षणहरू बटुलेँ । मैले किताब र सामाजिक सञ्जालमा मात्र देखेका ढिकी, जाँतो तथा पानीघट्ट प्रत्यक्ष देखेँ । सिस्नु र निउरोको तरकारी पनि यो यात्राको अवधिमा खाएँ । तराईका ती ठुलठुला फाँटहरूलाई नजिकबाट नियाल्न पाएँ । बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पनि दृश्यावलोकन गर्न पाएँ । घर फर्किने क्रममा कञ्चनपुरमा हामीले हाम्रो महाकाली नदीमा भारतले जबरजस्ती बनाएको टनकपुर बाँध पनि हे¥यौँ । त्यहाँ अहिले नेपालको भूमिमा भारतीय सैनिक तैनाथ गरिएको रहेछ । त्यहाँको दृश्य हेर्दा सबै नेपालीको मन कति दुख्छ होला ?
हामीले नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुलको अवलोकन गर्ने मौका पायौँ, दोधरा–चाँदनी नपालाई भिमदत्त नपासँग जोड्ने उक्त पुल साह्रै सुन्दर थियो† जसको कुल लम्बाइ १४५२ मिटर र चौडाइ १.६ मिटर छ ।
बझाङ यात्राको क्रममा मलाई टिम काहिलको एउटा भनाइ याद आउँछ, “यात्रा माइलमा होइन, साथीहरूमा मापन गरिन्छ ।” यो यात्रामा मैले धेरै साथीहरू बनाउने अवसर पाएँ । समग्रमा भन्नुपर्दा बझाङ यात्रा मेरो जीवनको एउटा महत्वपूर्ण समयावधि थियो जसले मलाई नेपालको भौगोलिक विविधता र जीवनशैलीको बारेमा जान्न धेरै मद्दत गर्यो । मैले विकट एवम् ग्रामीण ठाउँका मानिसहरूको मनस्थिति र जीवनबारे धेरै कुरा जान्ने र बुझ्ने अवसर पाएँ ।
Leave a Reply