सांस्कृतिक पुचःको आयोजनामा शुभकामना आदानप्रदान तथा सांस्कृतिक ¥याली
- कार्तिक ४, २०८३
कैलाली, १४ जेठ । नेपाल क्रान्तिकारी महिला सङ्घ लम्कीचुहा नपा वडा नं ६ स्याउले गुलौरा एकाइ समितिको आयोजनामा भियतनामी जनताका नायक एवं प्रथम राष्ट्रपति होचि मिन्हको १३४ औँ जन्मजयन्तीको अवसरमा उहाँको जीवनी अध्ययन गोष्ठी तथा भेटघाट कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले राजनीति बुझेर अबको निर्वाचनमा कुन पार्टी सही र कुन पार्टी गलत हुन भनी छुट्टयाउन सजिलो हुने बताउनुभयो । लामो समयसम्म गरेको भियतनामी युद्धबाट नेपालले पाठ सिक्नुपर्ने उहाँले बताउनुभयो ।
नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले भियतनाममा फ्रान्सेली उपनिवेशवाद र अमेरिकी साम्राज्यवादविरुद्ध होचि मिन्हले लामो सङ्घर्ष गरेकाले नै भियतनामी जनता स्वतन्त्र भएको उल्लेख गर्नुभयो । होचि मिन्हले समाजवादी व्यवस्था ल्याउनको लागि सङ्घर्षको नेतृत्व गर्नुभएको उहाँले बताउनुभयो । नेपाल मजदुर किसान पार्टी नेपालमा समाजवादी व्यवस्था ल्याउनका लागि सङ्घर्ष गरिरहेको उहाँले प्रस्ट पार्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सहसचिव लक्ष्मी पुनले हो चि मिन्ह साधारण किसान परिवारमा जन्मनुभएको हो भन्नुभयो । होचि चिन्हले देखाएको बाटोमा हिँड्याँै भने नेपालमा पनि समाजवाद आउने उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी युवा सङ्घ कैलालीका अध्यक्ष प्रेमबहादुर सिजापति र नेपाल क्रान्तिकारी महिला सङ्घ कैलालीका उपाध्यक्ष तारा तिरुवाले कामदार जनता राजनैतिकरूपमा सचेत र सङ्गठित भई अगाडि बढेको खण्डमा बहुमत जनताको सुखका दिन आउनेछ भन्नुभयो । धर्मा बुढाको सभापतित्वमा भएको कार्यक्रममा लक्ष्मी बुढाले पनि बोल्नुभएको थियो ।
Leave a Reply