भर्खरै :

वागीश्वरी कलेजका स्नातक चौथो वर्षको सामुदायिक लघु परियोजना कार्यको अन्तरक्रिया

वागीश्वरी कलेजका स्नातक चौथो वर्षको सामुदायिक लघु परियोजना कार्यको अन्तरक्रिया

भक्तपुर, १३ जेठ । वागीश्वरी कलेज मानविकी सङ्काय स्नातक चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूको अनिवार्य प्रयोगात्मक सामुदायिक लघु परियोजना कार्यको अन्तरक्रिया कार्यक्रम कलेजकै सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा मानविकी सङ्कायका प्रमुख एवं कार्यक्रमका सभापति राजन फेलुले सामुदायिक कलेजका विद्यार्थीहरू समुदायमै गएर अध्ययन गरेर समुदायकै आवश्यकताबमोजिम विभिन्न ९ वडा समूहले गरेको परियोजनाकार्यको प्रस्तुतीकरण प्रशंसनीय भएको बताउनुभयो । मानविकी सङ्कायमा अध्ययनरत विद्यार्थीहरूको प्रथम, दोस्रो, तेस्रो र चौथो वर्षमा फरकफरक ढङ्गले समुदायमै अध्ययन गरेर विभिन्न शिविर, पदयात्रा, अध्ययन भ्रमण गरिराखेको पनि चर्चा गर्नुभयो ।
शिक्षकहरू मङ्गलेश्वर ध्वजू, अविना श्रेष्ठ र विद्यार्थी प्रनिता अधिकारीले बोल्नुभएको सो अन्तरक्रियामा डिजिटल साक्षरतामार्फत युवा परिचालन कार्यक्रम, किशोरावस्था विद्यार्थीहरूमाझ महिनावारीसम्बन्धी स्वास्थ्य जनचेतना, व्यवस्थित तरिकाले पुराना कपडा वितरण, फोटोग्राफी साक्षरतासम्बन्धी कार्यक्रम, स्वस्थ स्वास्थ्यका लागि पत्रु खाजा सेवनविरुद्ध जनचेतनामूलक कार्यक्रम, स्वस्थ जीवनका लागि हात धुने तरिका कार्यक्रम, स्वच्छ वातावरणका लागि सरसफाइ कार्यक्रम, युवामाझ साइबर अपराधसम्बन्धी जनचेतना, हात धुने संस्कार कार्यक्रमलगायतका विषयमा विद्यार्थीहरूले समूहगतरूपमा आवश्यकता पहिचान, तयारी, गतिविधि, सिकाइ र निष्कर्ष आदिबारे प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा समाजशास्त्र, सामाजिक कार्य, ग्रामीण विकास, पत्रकारिता आदि विषयका स्नातक प्रथम, दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *