भर्खरै :

मध्यपुर थिमि नगर समितिको आयोजनामा मजदुर भेला

मध्यपुर थिमि नगर समितिको आयोजनामा मजदुर भेला

भक्तपुर, १३ जेठ । नेमकिपा मध्यपुर थिमि नगर समितिको आयोजनामा शनिबार मजदुर भेला भयो ।
सो भेलामा नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापा मगरले कम्युनिस्ट आन्दोलन सफल पार्न र समाजवादी क्रान्तिका लागि मजदुरहरू एकजुट भई लाग्नुपर्ने बताउनुभयो ।
उहाँले विश्व प्रसिद्ध मजदुर आन्दोलनको अध्ययन गरेर त्यसबाट सिक्नुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घ, भक्तपुर जिल्ला समितिका अध्यक्ष उपेन्द्र सुवालले मजदुरहरूको हक हित, अधिकारको लागि सबै मजदुरहरू एकजुट हुनुपर्ने बताउनुभयो । मजदुर समस्या समाधानको लागि श्रम ऐनलगायत विभिन्न कानुनहरूको अध्ययन गर्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् नेमकिपा मध्यपुर थिमि नगर समितिका अध्यक्ष रमेश वैद्यले समाजवादी क्रान्तिको लागि हाम्रो सक्रियता अनिवार्य छ† हाम्रो निष्क्रियताले पुँजीपतिवर्गलाई सघाउँछ भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टी मध्यपुर थिमि नगर समितिका सदस्य सुरेन्द्र था श्रेष्ठले पनि बोल्नुभएको थियो ।
उक्त भेलाबाट मङ्गलकृष्ण प्रजापतिको अध्यक्षतामा ११ सदस्यीय नेपाल क्रान्तिकारी मजदुर सङ्घ, मध्यपुर थिमि नगर समिति गठन गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *