भर्खरै :

निओ फ्युजन कम्प्युटरमा निःशुल्क तालिम सुरु

निओ फ्युजन कम्प्युटरमा निःशुल्क तालिम सुरु

भक्तपुर, १३ जेठ । भक्तपुरको इनाचोस्थित निओ फ्युजन स्कूल अफ कम्प्युटरमा निः शुल्करूपमा विभिन्न तालिम सुरु भएको छ ।
भक्तपुरको लिबालीस्थित कार्यालय शाखामा तालिम सञ्चालन थालिएको छ । निओ फ्युजन स्कूल अफ कम्प्युटरका सञ्चालक बालकृष्ण बनमालाले मोबाइल फोटोग्राफी, डिजिटल फोटोग्राफी, हाउस वारिङ, पत्रकारिता, चित्रकला, इन्टिरियल डिजाइन, बुटिक, धाँ बाजा, उद्घोषण, व्युटिपार्लर, मोबाइल रिपेरिङ, धिमेबाजा, बाँसुरी, डान्स, गितार प्रशिक्षण सुरु भएको बताउनुभयो ।
तालिमको अवधि न्यूनतम १२ दिनदेखि बढीमा ३ महिनासम्म हुने उहाँले जानकारी दिनुभयो । हरेक वर्ष कम्प्युटर तालिम सिक्न आएका विद्यार्थीलाई व्यवहारिक र सीपमूलक शिक्षा दिने हेतुले निःशुल्क तालिम सञ्चालन गर्दै आएको उहाँको दाबी छ । विद्यार्थीहरूलाई आधारभूत शिक्षा दिने उहाँको भनाइ छ । एड्भान्सको लागि भने शुल्क लाग्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *