नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
रुसको राजालाई जार भन्ने चलन छ । रुसका ठुलठुला पुँजीपतिवर्ग देश विदेशमा नयाँ नयाँ बजार खोज्दै थियो । जमिनदारवर्गको प्रतिक्रियावादी तत्व पनि त्यसमा हिस्सा चाहन्थ्यो । रुसले उत्तरी मन्चुरिया लिइसकेको थियो । पोर्ट आर्थर भन्ने ठाउँ त्यसको किल्ला थियो । अब ऊ कोरिया खान खोज्दै थियो । त्यस्तै पूर्वतिरबाट जापान कोरियामा आफ्नो कब्जा जमाउन चाहन्थ्यो । जनवरी १९०४ मा जापानले अचानक पोर्ट आर्थर कब्जा गर्यो र मुकदेन भन्ने मुख्य ठाउँ पनि कब्जा गर्यो । रुस नराम्रोसँग हार्दै थियो । यसको अर्थ थियो– जारको निरङ्कुश शासन पतन हुँदै जानुको सङ्केत ।
रुसमा त्यसबेला मजदुरहरूको सङ्गठन विकास हुँदै थियो । समाजवादी प्रजातान्त्रिक अथवा सामाजिक जनवादी मजदुर पार्टी भन्ने मजदुरवर्गको अलग पार्टी थियो । त्यसमा दुई गुट थिए । अल्पमत गुटलाई ‘मेन्शेविक’ भनिन्थ्यो । त्यो शोषकवर्गसँग मेलमिलाप राख्थ्यो । अर्को गुट बहुमतमा थियो । यसकारण, त्यस गुटलाई ‘बोल्शेविक’ भनिन्थ्यो । ‘बोल्शेविक’ गुट शोषकवर्गसँग छिनोफानो गरी लड्न चाहन्थ्यो । त्यसका मुख्य नेता लेनिन थिए । लेनिनको देखरेखमा रुसको मजदुर पार्टी झन्झन् बलियो हुँदै गयो । पार्टीका कार्यकर्ताहरू मजदुरहरूसँग एक भई तिनीहरूको मागहरू लिएर लड्दै थिए ।
रुसको दक्षिणी भागमा क्यास्पियन सागर छ । त्यसको पश्चिमी किनारामा बाकु भन्ने सहर छ । डिसेम्बर १९०४ मा बाकुका तेलखानीका मजदुरहरूले हडताल गरे । हडतालमा मजदुरहरूको जित भयो । बाकु बोल्शेविक समितिले हडतालको सञ्चालन गरेको थियो । मालिक र तेल मजदुरहरूको बिचमा एक सम्झौता भई हडताल टुङ्गेको थियो । रुसको मजदुरवर्गको इतिहासमा त्यो नयाँ कुरो थियो । त्यो हडतालले आकाशमा मेघ गर्जेजस्तै सारा रुसलाई हल्लाइदियो । त्यो नयाँ क्रान्तिको सङ्केत थियो ।
पिटसवर्ग रुसको एक मुख्य औद्योगिक केन्द्र थियो । त्यहाँ पुतिलोव भन्ने एक कारखाना थियो । त्यस कारखानाबाट ४ जवान मजदुरहरू निकालिए । ३ जनवरी १९०५ को दिन त्यस कारखानाका मजदुरहरूले त्यसको विरोधमा हडताल गरे । त्यो हडतालको समर्थनमा अरू कारखानाका मजदुरहरूले पनि हडताल गरे ।
रुसमा मजदुर आन्दोलनको विकास भइरहेको थियो । त्यसैले रुसी सरकारले गोपन नामको एक पादरी (धर्म पुरोहित) बाट काम लिन खोज्यो । गोपन रुसी पुलिसको मानिस वा जासुस थियो । त्यसले पिटसवर्गका सबै जिल्लाहरूमा आफ्नो मजदुर सङ्गठनहरू खोलेको थियो । त्यस नक्कली मजदुर सङ्गठनको नाम ‘रुसी मिल मजदुर सङ्घ’ थियो । सरकार र गोपनले पिटसवर्गमा सुरु भइरहेको हडताललाई खतम गर्न एउटा योजना बनाए – ९ जनवरीको दिन सबै गिर्जाघरमा जम्मा भएर जारको तस्बिरसहित शान्तिपूर्ण जुलुस जारकहाँ बिन्तीपत्र चढाउन राजदरबार जाने । अनि, जारको दर्शन गर्ने, उनले सबै कुरो सुन्नेछन् र माग पूरा गर्नेछन् भनी मजदुरलाई बताइयो । गोपनले मजदुरहरूलाई मार्न लगाउने निहुँ बनाइ दिने वचन दिएको थियो । तर, यो कुरो सबै मजदुरहरूलाई थाहा थिएन ।
बिन्तीपत्रबारे मजदुरहरूको सभाहरूमा छलफल भयो । बोल्शेविकहरू जहाँतहाँ मजदुरहरूको बिचमा काम गरिरहेका थिए बिन्तीपत्रको खेस्रालाई काँटछाँट गरियो । बिन्तीपत्रमा अखबार निकाल्न पाउने, भाषण गर्न पाउने, मजदुरहरूको सभा गर्न पाउने स्वतन्त्रता होस भन्ने मागहरू राखिए । त्यसमा रुसको राजनैतिक व्यवस्था फेर्न विधानसभा बोलाइयोस्, ऐन–कानुनको अगाडि सबै समान होस्, चर्चलाई राज्यबाट अलग्ग गरियोस्, लडाइँ बन्द होस्, मजदुरहरूलाई ८ घण्टाको कामको दिन होस्, जग्गा जोत्ने किसानहरूको होस्जस्ता मागहरू थिए ।
राजालाई बिन्तीपत्र चढाउँदैमा माग पूरा हुँदैनथ्यो । स्वतन्त्रता हतियारको बलले मात्रै पाइन्छ भनेर बोल्शेविकहरूले मजदुरहरूलाई धेरै सम्झाएका थिए । मजदुरहरूलाई गोली हान्ने छ भनेर सा¥है सम्झाएका थिए । तर, मजदुरहरूको ठुलो भाग अझ पनि जारमाथि विश्वास गथ्र्याे । जारले तिनीहरूलाई भलो गर्नेछन् र मद्दत गर्नेछन् भन्ने तिनीहरूले सम्झेका थिए ।
९ जनवरी १९०५ को दिन थियो । पिटसवर्गका १ लाख ४० हजार मानिसहरू जम्मा भएर राजदरबारतिर हिँडे । मजदुरहरू आफ्ना बालबच्चा, स्वास्नी र बुढाबुढीसमेत लिएर गएका थिए । तिनीहरूले राजा जारको तस्बिर बोकेका थिए । चर्च (मन्दिर) को धार्मिक झन्डा बोकेका थिए । ईश्वरको या धार्मिक गीत गाएर जुलुस राजदरबार पुग्यो ।
बिन्तीपत्रमा लेखिएको थियो, “सेन्ट पिटसवर्गमा बस्ने हामी मजदुरहरू सरकारको दर्शन गर्न हाजिर भएका छौँ । हामी अभागी, हेपिएका दासहरू अत्याचार र मनपरीतन्त्रबाट दबिएका छौँ । हाम्रो धैर्यको बाँध भत्क्यो । हामीले काम गर्न बन्द ग¥यौँ । हामीले हाम्रा मालिकहरूसँग खालि त्यो पाउन माग ग¥यौँ – जसको बिनाजीवन एक सास्ना हुन्थ्यो । तर, तिनीहरूले हाम्रो मागलाई अस्वीकार गरिदिए । मिल–मालिकहरूको निम्ति जे पनि ऐन कानुनविरोधी देखिन्छ । हामी यहाँ कैयौँ हजार हाजिर छौँ । रुसका सारा जनतालाई जस्तै हामीलाई पनि कुनै किसिमको मानवीय अधिकारहरू छैनन् । सरकारका प्रशासकहरूको कारणले गर्दा हामी दास भयौँ ।”
“हामी पिटसवर्गका मजदुरहरू, हाम्रा स्वास्नीमानिसहरू, हाम्रा बालबच्चाहरू र बुढाबुढी भइसकेका हाम्रा आमाबाबु सरकारकहाँ हाजिर छौँ । सरकार, मौसूफबाट हामीलाई निसाफ बक्स होस् र हाम्रो रक्षा गरिबक्स्योस् । हामी गरिबीले बर्बाद छौँ, हामी सताइएका छौँ, हामीमाथि मेहनतको असह्य बोझ छ । हामीलाई बेइज्जत गरिन्छ र हामीसँग मानिसहरूको जस्तो व्यवहार गरिन्न । …… हामीले धैर्य गरेर यी सबैलाई सह्यौँ तर गरिबी, अधिकारहीनता र अज्ञानताको हिलोमा हामी झन् धसिँदै गएका छौँ । निरङ्कुश सत्ता र अत्याचारले हाम्रो घाँटी निमोठ्दै छ । … हामी अब धैर्य गर्न सक्दैनौँ । अब त्यो समय आइसकेको छ । हामी यी सहनै नसकिने दुःखकष्टलाई अझ सहनुभन्दा मर्नु निको सम्झन्छौँ ।” बिन्तीपत्रमा राजबन्दीहरूलाई आममाफी र उचित ज्यालाको पनि माग गरिएको थियो ।
बिन्तीपत्र यसरी टुङ्गिन्छ, “सरकार ! मौसूफका प्रजालाई मद्दत दिन अस्वीकार नगरिबक्सयोस्, प्रजा र मौसूफ सरकारका बिचमा रहेको त्यो पर्खाललाई भत्काइयोस्, हुकुम होस् र हाम्रो बिन्ती स्वीकार हुने प्रतिज्ञा होस् । यसरी सरकारमार्फत सारा रुसलाई सुखी बनाइने छ । यदि होइन भने हामी यही मर्न तयार छौँ । हामीले दुईवटा मात्रै बाटो पाएका छौँ – स्वतन्त्रता र सुखी अथवा चिहान ।”
राजा निकोलस दोस्रोले मजदुरहरूलाई शत्रुको व्यवहार गरे । उनले निःशस्त्र जनतामाथि गोली चलाउने हुकुम दिए । मजदुरहरूको त्यस भिडमाथि गोली चलाइयो । १ हजारभन्दा बढी मजदुरहरू मारिए र २ हजारभन्दा बढी घाइते भए । पिटसवर्गको सडक रगतले रातो भयो । बोल्शेविकहरू मजदुरहरूसँगै थिए । तिनीहरूमध्ये कति मरे, कति गिरफ्तार भए । त्यसैलाई आइतबारे हत्याकाण्ड भनिन्छ ।
त्यस आइतबारे हत्याकाण्डबाट मजदुरहरूले ठुलो पाठ सिके । त्यस गोलीकाण्डले राजाप्रतिको तिनीहरूको श्रद्धालाई धुजाधुजा पारिदियो । बोल्शेविकहरूले मजदुरहरूलाई हत्याकाण्डको दोषी को हो भन्ने कुरो राम्रै सम्झाए । अब मजदुरहरूले कसरी लड्नुपर्छ भन्ने कुरा पनि सम्झाए ।
त्यसै दिन साँझदेखि पिटसवर्गको मजदुर इलाकामा मजदुरहरूले सडकहरूमा लड्नको निम्ति छेकवारहरू राख्न थाले । हत्याकाण्डको समाचार देशभरि फैलियो । सारा मजदुरवर्ग अझ भनौँ सम्पूर्ण रुस क्रोधले जाग्यो । रुसका सबै सहरहरूमा हडताल सुरु भयो । ‘जारशाही मुर्दावाद’ भनेर जुलुस प्रदर्शनहरू हुन थाले । जनवरी महिनामा मात्रै हडतालीहरूको सङ्ख्या ४ लाख ४० हजार पुग्यो । बितेका दस वर्षभित्र जति हडतालहरू भएका थिए १९०५ को जनवरी महिनामा मात्र त्यो भन्दा बढी हडतालहरू भए ।
हडतालहरू झन्झन् चर्किँदै गए । ठाउँ ठाउँमा आर्थिक हडताल राजनैतिक हडतालमा फेरिँदै गयो । ठाउँ ठाउँका प्रदर्शनहरूले जारका सशस्त्र सिपाहीहरूसँग भिडन्त गरे । क्रान्ति सुरु भयो । पिटसवर्ग, मास्को, वार्सा (पोल्यान्डको राजधानी, १९०५ मा पोल्यान्डलाई रुसको जारले कब्जा गरिराखेको थियो ।) रीगा, बाकु आदि सहरहरूमा बडो राम्रो र सङ्गठित हडतालहरू भए । ती सहरहरू रुसका मुख्यमुख्य सहर थिए । आदेसा, वार्ता, रीगा र लोट्स आदि सहरहरूमा जारशाहीको सेनासँग मजदुरहरूको भिडन्त भएको थियो । लोट्स पोल्यान्डको ठुलो सहर थियो । त्यहाँ भिडन्त चर्को भयो । मजदुरहरूले सहरका सडकहरूमा बीसौँ ठाउँमा लड्न छेकवार लगाएका थिए । २२ देखि २४ जूनसम्म अर्थात् ३ दिन जारको सेनासँग मजदुरहरूले भिडिरहे । त्यहाँ सशस्त्र भिडन्त हडतालसँग गाँसियो । यो रुसी मजदुरहरूको पहिलो सशस्त्र भिडन्त थियो । हडताल पूरै वर्ष दिनसम्म चल्यो । ठाउँ ठाउँमा जारको सेनाले गोली हान्यो र मजदुरहरू मारिए । १९०५ मा हडतालीहरूको जम्मा सङ्ख्या २८ लाख थियो । यो सङ्ख्या रुसका मजदुरहरूको भन्दा दोब्बर थियो । धातु सफा गर्ने कारखानाका मजदुरहरू सबभन्दा अगाडि थिए । त्यसबेलासम्म बोल्शेविकहरूसँग केही सय जवानमात्रै क्रान्तिकारी कार्यकर्ताहरू थिए । स्थानीय सङ्गठनमा केही हजार सदस्यहरू थिए । तर, १९०५ को केही महिनाभित्रै तिनीहरू ‘तुरुन्तै’ हजारौँमा पुगे । ती हजारौँ २०–३० लाख सर्वहाराहरूको नेता थिए । सर्वहारावर्गको सङ्घर्षले १३ करोड जनता भएको पूरै रुसमा अशान्ति ल्याइदियो । ५ देखि १० करोडसम्मका किसान जनतामा क्रान्ति सुरु गरिदियो । किसान आन्दोलनका प्रतिनिधिहरू पल्टनमा पुगे । त्यसले जारशाहीको पल्टनमा विद्रोह भयो । एक पल्टनले अर्को पल्टनसँग भिडन्त गर्यो । यसरी शान्ति कालमा भन्दा क्रान्तिको बेलामा सर्वहारावर्गको बल ठीक एक सय गुणा बढ्यो ।
सन् १९०५ को अप्रिल महिनामा रुसी समाजवादी प्रजातान्त्रिक मजदुर पार्टीको तेस्रो महाधिवेशन भयो । सशस्त्र सङ्घर्ष, जार सरकार राख्ने वा क्रान्तिकारी सरकार बनाउने, किसान र पुँजीपतिवर्गको सम्बन्ध आदि विषयमा बैठकले निर्णय दिनु थियो । मेन्शेविकहरू क्रान्ति रोक्न चाहन्थे । पुँजीपतिवर्गको नेतृत्वमा सरकार बनाउन दिन चाहन्थे । बोल्शेविकहरू सशस्त्र सङ्घर्षलाई राम्रोसँग बढाउन चाहन्थे । किसानसँग मिलेर मजदुरवर्ग क्रान्तिको नेतृत्व गर्न चाहन्थ्यो । उनीहरू पुँजीवादी क्रान्तिलाई समाजवादी क्रान्तिमा फेर्न चाहन्थे । दुई गुटको दुई विचार थियो । दुई ढङ्गले काम गर्न थालियो तर क्रान्ति अगाडि बढ्दै थियो ।
सन् १९०५ को गर्मी महिनासम्म क्रान्ति सारा देशमा फैलियो । बोल्गा प्रदेश ट्रान्सकाकेसिया र अझ जर्जियामा किसान आन्दोलन हुँदै गयो । ‘आइतबारे हत्याकाण्ड’ र हडताल सेन्ट पिटसवर्गका सर्वहाराहरूलाई गाउँ गाउँमा पु¥याइदियो । तिनीहरूले गाउँका किसानहरूलाई रुसका सहरहरूमा भइरहेको आन्दोलनबारे बताउँथे । त्यसले गाउँमा पनि वर्गीय चेतना भएका युवक किसानहरू देखापरे । तिनीहरू ती ‘हडतालीहरू’ सँग उठबस गर्थे, अखबार पढ्थे, आफ्ना गाउँका किसानहरूलाई सहरहरूको घटनाबारे बताउँथे । आफ्ना साथीहरूलाई राजनैतिक मागहरूको अर्थ बताउँथे । जमिनदार, खान्दानीहरू, पुरोहितहरू र सरकारी कर्मचारीहरूसँग लड्नको निम्ति सम्झाउँथे र बोलाउँथे । आफ्नो समस्याबारे छलफल गर्न किसानहरूले आपसमा बैठक गर्न थाले । स–साना सङ्गठनहरूमा सङ्गठित हुन थाले । बिस्तारै तिनीहरू सङ्घर्षहरूमा भाग लिन थाले । किसानहरूको ठुलठुलो भिडले ठुलाबडाका जमिनदारीमाथि धावा बोले; दरबारहरूमा आगो लगाइदिए । तिनीहरू वस्तुहरू धपाएर लान्थे† अन्न र अरू सामानहरूमा अधिकार जमाउँथे । तिनीहरू पुलिसहरू मार्थे र ठुलठुला मौजाहरूलाई जनताको हातमा दिन माग गर्थे । तिनीहरू जमिनदारहरूको सख्खर, चाकु र चिनी बनाउने कारखाना र रक्सी बनाउने चुलो घेर्थे† तिनीहरूको गोदाम र अफिसहरूमा आगो लगाइदिन्थे । कति ठाउँमा किसानहरूले जमिनदारहरूको जग्गा कब्जा गरे; जङ्गल काट्न सुरु गरे । अन्नका भण्डार र गोदामहरू कब्जा गरेर भोका जनतालाई बाँडे । जमिनदारहरूको सातोपुत्लो गयो । तिनीहरू सहरमा भागे । किसान आन्दोलनलाई दबाउन सरकारले गाउँ गाउँमा फौज पठायो र गोली चलायो । तिनीहरूका ‘सरदारहरू’ अथवा मुख्य मुख्य मानिसहरू समातिए । उनीहरूले अनेक सास्ना दिए । तर, किसानहरूले आफ्नो सङ्घर्षलाई रोकेनन् । त्यो किसान आन्दोलन वसन्तमा रुसको सात भागको एक भाग जिल्लाहरूमा मात्रै सीमित थियो । शरद् ऋतुसम्ममा तीन भागको एक भागसम्म फैलियो । त्यतिभित्रमा २ हजारभन्दा बढी दरबारहरूमा आगो लागिसकेको थियो । गाउँको आन्दोलनले जारशाहीको गढ नै हल्लियो । सरकारले १९०६ अगस्ट महिनामा जनताको प्रतिनिधिसभा बोलाउने घोषणा गर्यो । वास्तवमा त्यो एक छल थियो र सबै जनताले मत पनि दिन पाउँदैनथे । यसकारण, बोल्शेविकहरूले ‘सल्लाहकार सभा मुर्दावाद ¤’, ‘जारशाही मुर्दावाद’, ‘क्रान्तिले यस सरकारलाई उल्टाएर फाल’, ‘क्रान्तिले वास्तविक प्रतिनिधिसभा बोलाउनुपर्छ ।’ भनेर नारा दिए तर पुँजीवादी, उदारवादी र अवसरवादीहरू जारको घुसलाई उपहार भनेर थापे । तर, क्रान्तिकारी आँधीले त्यसलाई उडाइदियो ।
मजदुर र किसान आन्दोलनको प्रभाव सेनामा पर्यो । जलसेना र स्थलसेनामा विद्रोहको सिलसिला सुरु भयो । त्यसमध्ये काला सागरमा राखिएको समुद्री बेडाको ‘पोतेमकिन’ लडाकु जहाजको विद्रोह हो । क्रान्ति हुनासाथै मजदुर र सिपाहीहरूको ठुलठुला सभाहरू हुन थाले । संयुक्त सङ्घर्षहरू गर्ने निर्णय गरियो । सेनाका प्रतिनिधिहरूको राजनैतिक चेतना उँचो थियो । सैनिक अधिकारीहरूको कुरो कसैले सुन्न मान्दैनथ्यो ।
२४ नोभेम्बर १९०५ को बिहानको कुरो हो । जहाजीहरूको एक कम्पनीलाई फौजी ढङ्गले सुसज्जित गर्यो । सबैलाई लहरै उभ्याइएका थिए । तिनीहरूलाई एक ठुलो अफिसरले व्यारेकको ढोकामा पालो बस्ने आदेश दियो । कसैलाई छाउनीबाट बाहिर जान नदिने र आदेश नमान्नेलाई गोली हान्ने आदेश दिइरहेको थियो । आदेश सुनिरहेकै कम्पनीबाट एक जना सिपाही फुत्त पङ्क्तिबाट बाहिर उभियो र सबैको अगाडि आफ्नो बन्दुकमा गोली भर्यो । बेलोष्टोक रेजिमेन्टको एक क्याप्टेनलाई गोली हानेर मारिदियो । अर्को गोलीले अर्को अफिसरलाई घाइते तुल्यायो । ‘उसलाई गिरफ्तार गर’ भनेर अफिसरहरू चिच्याए । तर, कसैले पनि उसलाई छुने साहसै गरेन । पछि उसले आफ्नो राइफल फ्याँक्यो र आफूलाई पक्रन भने ।
यो कुरो सुनेर जलसेनाका सारा सिपाहीहरू रिसाए । उसको समर्थन गरे र उसलाई छोड्न माग गरे । अफिसरहरू डरले उसलाई रिट पु¥याएर छोड्न चाहन्थे । तर, उसले प्रस्ट शब्दमा भन्यो कि त्यो भवितव्य थिएन, मैले सबैको अगाडि गोली भरेर हानेको हुँ । तर, सिपाहीहरूको दबाबले उनलाई छुटकारा दिए । अब जलसेनाका सिपाहीहरूले अफिसरहरूलाई निःशस्त्र गरे र गिरफ्तार गरेर बन्दी बनाए । ४० जना सिपाहीहरूका प्रतिनिधिहरूले रातभर बैठक गरे । तिनीहरूलाई छाउनीबाट बाहिर निकाली दिने निर्णय गर्यो । त्यसप्रकार सिपाहीहरूमा ठुलो विद्रोह भइरहेको थियो ।
Leave a Reply