जेनजी आन्दोलनको छानबिन आयोगमा बयानको सार सङ्क्षेप – २
- बैशाख ४, २०८३
काठमाडौँ, १७ जेठ । शङ्कर कार्की नामको सामाजिक सञ्जालमा सहकारीको रकम ठगी गरेकाहरूको नाम, रकम र आबद्ध पार्टीसमेतको एउटा भिडीयो राखिएको छ । सो भिडीयोअनुसार अर्बौँ रुपैयाँ सहकारीको ठगी गरेकाहरू देहायबमोजिम रहेका छन् –
– सुरेन्द्र भण्डारी लालीगुराँस सहकारी संस्थाका संस्थापक अध्यक्ष – आबद्ध पार्टी नेपाली काङ्ग्रेस, अपचलन रुपैयाँ ६ अर्ब रुपैयाँ,
– चन्द्रबहादुर लामा (सीबी), पशुपति सेभिङ एन्ड क्रेडिट र कान्तिपुर सहकारीका सञ्चालक तथा संस्थापक – आबद्ध पार्टी नेपाली काङ्ग्रेस, अपचलन रकम ८ अर्ब ५९ करोड,
– भरत महर्जन, अध्यक्ष सुमेरु सहकारी – आबद्ध पार्टी नेपाली काङ्ग्रेस, अपचलन रकम १० अर्ब ३४ करोड,
– केदारनाथ शर्मा, शिव शिखर र तुल्सी बहुउद्देश्यीय सहकारी संस्था– आबद्ध पार्टी नेपाली काङ्ग्रेस, अपचलन रकम १६ अर्ब रुपैयाँ – हाल जेलमा
– नेत्रविक्रम थापा – कृषि विकास बहुउद्देश्यीय सहकारी सञ्चालक – आबद्ध पार्टी, नेपाली काङ्ग्रेस, अपचलन रकम २ अर्ब ८३ करोड
– जीबी राई – सुप्रिम, सूर्यदर्शन, स्वर्णलक्ष्मी, सानो पाइला, साहारा र समानता गरी ६ सहकारीका सञ्चालक – आबद्ध पार्टी नेपाली काङ्ग्रेस, पछिल्लो समय रास्वपासँग नजिक, अपचलन रकम १६ अर्ब ५० करोड रुपैयाँ (नेकाले गृहमन्त्री रवि लामिछाने यी नै सहकारीको रकम अपचलनमा संलग्न भएको आरोप लगाएको हो ।)
– केबी उप्रेती आइडीएल यमुना र हाम्रो सगरमाथा सहकारीका सञ्चालक– आबद्ध पार्टी नेकपा एमाले, अपचलन रकम ८ अर्ब रुपैयाँ,
– देवकुमार नेपाली, इमेज सहकारीका सञ्चालक – ढोरपाटन (बागलुङ) नगरपालिकाका मेयर हाल फरार
– बचतकर्ताको रकम ठगी गरेका अन्य केही सहकारीहरू इच्छाराज तामाङ (हाल जेलमा) को सिभिल सहकारी, सुधीर बस्नेतको ओरियन्टललगायत भीडीओमा उल्लेख छैन ।
गृहमन्त्री लामिछानेले संसद्मा नेकाका सांसदहरू संलग्न अपराधहरूको सूची– देशको सूचना विदेशीलाई बेच्ने, रातो राहदानी दुरुपयोग, वाइडबडी जहाजमा भ्रष्टाचार, टीकापुरको सहकारी जग्गा कब्जा गरेको राख्दै संसद्मा छानबिन समिति नै गठन गर्ने हो र भनी प्रश्न गरेका थिए ।
गृहमन्त्री लामिछानेले संसद्मा अपराधको सूची सुनाउने होइन दोषीलाई कारबाही गर्ने गरी फौजदारी मुद्दा दर्ता गर्ने हो । गठन गर्ने हो र भनी प्रश्न गर्नु आफ्नो अपराध नउठाउन नेकासँग मोलमोलाइ नै हुनेछ ।
नेकाले लामिछाने गृहमन्त्री बनेपछि सहकारी ठगीको विषय उठायो । दुई महिनाअघि दाहालको सरकारमा नेका धेरै मन्त्री लिएर बसेको थियो । त्यसबेला लामिछानेको संस्था र सहकारी ठगीको विषय किन उठेन ? के त्यसबेला नेकाको विचार मरेको थियो र ? जनताको जिज्ञासा हो ।
चितवनको निर्वाचनमा लामिछानेसँग जीवी राईबारे जिज्ञासा राखेका स्थानीयलाई लामिछानेले “चाँडै थाहा पाउनु हुने, अहिले भनिहाल्न नहुने, आफूलाई राम्रोसँग थाहा भएको” बताएका थिए ।
संसदीय छानबिनको लागि एमालेका सूर्य थापाको सभापतित्वमा समिति गठन हुँदा छानबिन हुने सभामुखले सुनाउनुभएको सहकारीको सूची देहायबमोजिम छन् –
अनुसूची १
१. ओरियन्टल कोअपरेटिभ लि.
२. स्ट्यान्डर्ड सेभिङ एन्ड कोअपरेटिभ लि.
३. प्यासिफिक सेभिङ एन्ड इन्भेस्टमेन्ट कोअपरेटिभ लि.
४. प्रभु बचत तथा ऋण सहकारी संस्था लि.
५. कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ्स
६. कन्जुमर बचत तथा ऋण सहकारी संस्था लि
७. स्ट्यान्डर्ड मल्टीप्रपोज कोअपरेटिभ लि.
८. कुबेर बचत तथा ऋण सहकारी संस्था लि.
९. चार्टर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ्स लि
१०. भेगास बचत तथा ऋण सहकारी संस्था लि.
११. सोसाइटल बचत तथा ऋण सहकारी संस्था लि
१२. लुनिभा बहुउद्देश्यीय सहकारी संस्था लि
१३. पशुपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लि.
१४. शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लि
१५. तुल्सी बहुमुखी सहकारी संस्था लि.
१६. हाम्रो नयाँ कृषि सहकारी संस्था लि.
१७. कृषि विकास सहकारी संस्था लि.
१८. कान्तिपुर सेभिङ एन्ड सहकारी संस्था लि.
१९. लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि.
२०. गौतम श्री बहुउद्देश्यीय सहकारी संस्था लि
अनुसूची २
१. आईडीएल यमुना बहुउद्देश्यीय सहकारी संस्था लि
२. इमेज बचत तथा ऋण सहकारी संस्था लि
३. सहारा बचत तथा ऋण सहकारी संस्था लि.
४. समानता बचत तथा ऋण सहकारी संस्था लि.
५. सानो पाइला बचत तथा ऋण सहकारी संस्था लि.
६. सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि.
७. सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि.
८. सुमेरु बचत तथा ऋण सहकारी संस्था लि.
९. स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.
यो सूचीमा एमालेका इच्छाराज तामाङको सिभिल सहकारी ठगी किन उल्लेख भएन भनी प्रश्न उठेको छ । अनुसूची २ का सहकारीमा गृहमन्त्री लामिछाने अपचलनमा संलग्न भएको अनुमान गरिएको छ । समितिले ३ महिनाअगावै सत्यतथ्य प्रतिवेदन पेस गर्ने हो या आलटाल गर्ने हो, भविष्यको गर्भमा छ ।
Leave a Reply