भर्खरै :

बालविकासका विद्यार्थीहरू संसद् भवनमा

बालविकासका विद्यार्थीहरू संसद् भवनमा

काठमाडौँ, २२ जेठ । भक्तपुरको बालविकास सेकेन्डरी स्कूलको कक्षा ९ र १० का १२६ जना विद्यार्थीहरूले मङ्गलबार बानेश्वरस्थित सङ्घीय संसद्को अध्ययन भ्रमण गरे । उनीहरूले चालु बजेट अधिवेशनमा भएको छलफल सुने ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालसँग उनीहरूले सङ्क्षिप्त अन्तरक्रिया गरे । सांसद सुवालले विज्ञान, गणितलगायतका विषयमा गम्भीरतापूर्वक अध्ययन गर्न सल्लाह दिनुभयो । नयाँ पुस्ताले देश र जनताको हित हुने राजनीतिमा भाग लिनुपर्ने सुझाव उहाँले दिनुभयो । सबै विद्यार्थीले बेग्लै कक्षा र संसद्को प्रत्यक्ष अनुभव हासिल गर्न पाएकोमा खुसी व्यक्त गरे ।

तस्बिर : मजदुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *