आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
कैलाली, २२ जेठ । नेपाल मजदुर किसान पार्टी जिल्ला समिति कैलालीको आयोजनामा राउल क्यास्ट्रोको ९३ औँ जन्मदिनको अवसरमा जानकी गाउँपालिका ४ कन्चनपुरमा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले क्युवाली बासिस्टा सरकारको विरुद्धमा सङ्घर्ष गर्दै देशमा समाजवादी व्यवस्था ल्याउन ठुलो सङ्घर्ष गर्नुपरेको बताउनुभयो ।
क्युवामा कम्युनिस्ट व्यवस्था आउँदा साम्राज्यवादी अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको निर्देशनमा क्युवासँग सम्पूर्ण व्यापार तथा आर्थिक नाकाबन्दीसँगै उपचारमा पनि प्रतिबन्ध लगाउने अमेरिका संसारकै युद्ध अपराधी भएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले नेपालमा २०७२ को भूकम्प जाँदा क्युवाले स्वास्थ क्षेत्रमा उपचार सेवा नेपालले कहिल्यै नबिर्सने बताउनुभयो ।
नेक्रामहिलासङ्घका केन्द्रीय सहसचिव तथा कैलाली अध्यक्ष लक्ष्मी पुनले समाजमा वर्ग रहेसम्म काम गरी खाने मजदुर र किसान वर्गले दुःख पाइरहने बताउनुभयो । पुँजीवादी व्यवस्था फाली समाजवादी व्यवस्था ल्याउनको निमित्त नेमकिपाले सङ्घर्ष गरिरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेक्राविसङ्घ कैलालीका अध्यक्ष हिक्मत भण्डारीले आफ्नो देशको राजनीति, विश्वको इतिहास, भूगोलको बारेमा अध्ययन गर्नुपर्ने बताउनुभयो ।
Leave a Reply