राजकुमार स्मृति पुस्तकालयको आयोजनामा वडास्तरीय टेबलटेनिस प्रतियोगिता
- कार्तिक ६, २०८३
भक्तपुर, २३ जेठ । नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिको आयोजनामा बुधबार कार्यकर्ता भेला भयो । भेलामा जनवर्गीय तथा पेसागत सङ्गठन र पार्टी नगर समितिका अध्यक्षहरूले साङ्गठनिक गतिविधिबारे आ–आप्mनो विचार तथा सुझाव राख्नुभयो ।
भेलामा नेमकिपाका सचिव प्रेम सुवालले साङ्गठनिक गतिविधिलाई उच्च प्राथमिकतामा राख्नुपर्ने र औपचारिकतामा सीमित गर्न नहुने विचार व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “पार्टी काममा जोड नदिनु र आफ्नो व्यक्तिगत फाइदा बेफाइदामा बढ्ता ध्यान दिनु भनेको संशोधनवादी सोच हो । संशोधनवादी विचार पुँजीवादी विचारमा बदलिन्छ । तसर्थ, हरेक कार्यकर्ताले देखावा प्रवृत्तिबाट जोगिएर काम गरेर देखाउन आवश्यक छ । सिद्धान्तलाई व्यवहारमा उतार्न जोड दिनु पार्टी कार्यकर्ता र सदस्यहरूको कर्तव्य हो । पार्टीको जिम्मेवारी पूरा गर्न प्रतिबद्ध भएर लाग्नुपर्छ ।”
सचिव सुवालले नेमकिपा ‘जनताको प्रजातन्त्र’ स्थापनाको निम्ति सङ्घर्षरत रहेको चर्चा गर्दै अहिले देशमा दलाल पुँजीपतिवर्गको प्रजातन्त्र कायम रहेको प्रस्ट पार्नुभयो । उहाँले ‘जनताको प्रजातन्त्र’मा राष्ट्रिय पुँजीपतिवर्गको सहयोगमा मजदुर–किसानको शासन सत्ता कायम हुने र त्यो समाजवाद स्थापनाको बाटोमा अघि बढ्ने प्रस्ट पार्नुभयो ।
पुँजीवादी दलहरू नेपाली समाजलाई सिद्धान्तशून्य बनाउन अनेक होहल्ला गर्न तल्लीन रहेको बताउँदै नयाँ पुस्तालाई राजनीतिक विचारले शिक्षित गर्न जोड दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “नयाँ पुस्तालाई तालिम दिएर विचार र सिद्धान्तको बाटोमा हिँडाउनुपर्छ !”
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष सुरेन्द्रराज गोसाईले नेमकिपाको केन्द्रीय समितिको हालै सम्पन्न केन्द्रीय बैठकले पारित गरेका राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रस्तावहरूबारे शिक्षित गर्नुपर्ने बताउँदै विश्वमा साम्राज्यवादविरोधी सङ्घर्ष पैmलिँदै गइरहेको चर्चा गर्नुभयो । कम्युनिस्ट घोषणापत्र, पार्टी विधान र पार्टी प्रकाशनको अध्ययन गरी हरेक पार्टी सदस्य तथा कार्यकर्ताहरूले आपूmलाई नयाँ सङ्घर्षको निम्ति तयार बनाउने दिशामा जुट्नुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो ।
उहाँले लेनिनको शिक्षाबमोजिम प्रजातान्त्रिक केन्द्रीयताको साङ्गठनिक अनुशासनबारे हरेक पार्टी सदस्य अवगत हुनुपर्ने धारणा राख्नुभयो ।
Leave a Reply