राजकुमार स्मृति पुस्तकालयको आयोजनामा वडास्तरीय टेबलटेनिस प्रतियोगिता
- कार्तिक ६, २०८३
भक्तपुर, २३ जेठ । विश्व वातावरणको अवसर पारेर भक्तपुर नगरपालिकाले बुधबार भक्तपुर नपा वडा नं. ५ योसिंख्यस्थित पपर डम्फो र तरकारी बजार परिसरमा सरसफाइ तथा वृक्षारोपण गरेको छ । भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीय जनताको उत्साहजनक सहभागितामा उक्त क्षेत्रको सरसफाइ र वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले २०७४ सालको निर्वाचनपश्चात् भक्तपुर नपामा जनप्रतिनिधि बहाली भएसँग प्रत्येक महिनाको १ र १५ गते नगरका विभिन्न ठाउँहरूको पाक्षिक सरसफाइ र वृक्षारोपण कार्यक्रम आयोजना गर्दै आएको अवगत गराउनुभयो ।
उहाँले सम्पदास्थलको सरसफाइ गर्ने दायित्व सबै नगरवासीहरूको हो भन्दै भक्तपुर नपाको सफाइ अभियानमा पनि नगरवासीहरूको सक्रियतापूर्वक सहभागिता रहँदै आएको उल्लेख गर्नुभयो ।
देशको राजनीतिक वातावरण राम्रो भएमात्र सबै क्षेत्र व्यवस्थित हुने बताउँदै उहाँले नागरिकहरूले सामाजिक दायित्व बहन गर्नेतर्फ जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले वातावरण सुन्दर र स्वच्छ भएमात्र निरोगी हुने बताउँदै वातावरणलाई सफा र हराभरा बनाउन समुदायकै सक्रियता आवश्यक भएको बताउनुभयो ।
उपप्रमुख रजनी जोशीले सरसफाइ अभियान कुनै व्यक्ति विशेष कार्य नभई समाज र समुदायकै हितको निम्ति उल्लेख गर्दै फोहोरलाई मोहरको रूपमा सदुपयोग गर्न सकिने बताउनुभयो । भक्तपुर नपाले चलाएको सफाइ अभियानले आज भक्तपुर देशकै सुन्दर र आकर्षक नगरको रूपमा विकास भएको स्पष्ट पार्दै उहाँले नगर सुन्दर हुनुमा नगरवासीहरूको पनि उल्लेखनीय भूमिका रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति, वातावरण समितिका संयोजक एवम् भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर नपाले एक विद्यालय एक सम्पदा सरसफाइ र एक सहकारी एक सम्पदा सरसफाइ अभियानलाई अगाडि बढाउने नीतिअनुरूप काम गर्दै सबैलाई सरसफाइमा सचेत र सङ्गठित पार्ने कार्य गर्दै आएको बताउनुभयो ।
भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले सरसफाइ कार्यक्रममा सहभागी सबैमा धन्यवाद ज्ञापन गर्दै आफ्नो गाउँ, घर, टोल आफँै सफा गर्ने अभियान सञ्चालन गरी वरपरका वातावरणलाई स्वच्छ, सुन्दर र हराभरा बनाउन सबैले आफ्नो तर्फबाट पहल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ५ का वडा सदस्य नारायणप्रसाद त्वानाबासुले पनि बोल्नुभएको थियो ।
भक्तपुर नपाको आयोजनामा भएको वृक्षारोपण कार्यक्रममा धुपी, कपुर, कल्की, पारिजात, कांगियोलगायतका बोटबिरुवा रोपिएको थियो ।
Leave a Reply