भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
भक्तपुर, १३ पुस । भूमिसुधार कार्यालय भक्तपुरमा बिहीबार गौतमकुमार केसीको नेतृत्वमा आएको अख्तियार अनुसन्धान आयोगको एक टोलीले घूस लिइएको अवस्थामा एक कर्मचारीलाई नियन्त्रणमा लिएको छ । भक्तपुर चाँगु वडा नं. ३ को झौखेल निवासी हाल बानेश्वर बस्ने वर्ष ५७ का नासु राजु गौतमलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । नासु गौतमले सेवाग्राहीसँग काम गरेबापत भनी रू. ६ हजार लिएको थाहा भएको छ । अख्तियारले छापामार्दा रू. ६ हजार फाइलभित्र भेटेको थियो । रकम अख्तियारले पठाएको नम्बरसित मिलेको बुझिएको छ । सुब्बा गौतमले मोहीलगत कट्टा सिफारिसमा घूस मागेको बताइएको छ ।
Leave a Reply