अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
ललितपुर, २८ जेठ । नेमकिपा महालक्ष्मी नगर समितिको आयोजनामा शनिबार पार्टी केन्द्रीय समितिद्वारा पारित राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रस्तावबारे जानकारी गराउन थसीमा अन्तरक्रिया कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेमकिपा ललितपुर जिल्ला समिति सदस्य महन्त महर्जनले भन्नुभयो, “नेपाल सरकारले स्वास्थ्य बीमाको रकम सबै अस्पतालहरूलाई भुक्तानी नगर्दा अस्पताल चलाउन मुस्किल भइरहेको छ । ठुला भ्रष्टाचारीहरूलाई मृत्युदण्डको सजाय हुने कानुन बनाउनुपर्छ । युवालाई स्वदेशमै रोजगारी दिनुपर्नेमा विदेशमा सस्तो ज्यामी बनाएर पठाइ रहेको छ । विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क हुनुपर्छ । चुरे क्षेत्र संरक्षण नभए भोलि तराई मरूभूमिमा परिणत हुने खतरा छ ।”
उहाँले भन्नुभयो, “अमेरिकी साम्राज्यवादको मातहतमा रहेका नाटो, पाँच आँखा, अन्जुस, क्वाड, औकसलगायत सैनिक मोर्चा निर्माण गरेर तेस्रो विश्वयुद्ध गर्न बाटोमा लागिरहेको छ । यता चीन बीआरआई, जीसीआई, जीडीआई, जीएसआई जस्ता आयोजनामार्फत संसारमा शान्तिपूर्णरूपमा परिवर्तन ल्याउने र आर्थिक विषमता अन्त्य गर्ने बाटोमा लागिरहेको देखिन्छ ।”
रविना महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा चन्द्रराज महर्जन, रूपना महर्जन, आशाराम महर्जन, कृष्णराज महर्जन, मनिष महर्जन, इन्द्रराज महर्जन, शोभा महर्जन र सुरेश महर्जनले पनि बोल्नुभएको थियो ।
Leave a Reply