वातावरण बचाउन नाफाखोर व्यवस्थालाई बदलौँ – १
- चैत्र ७, २०८१
भक्तपुर, २८ जेठ । वागीश्वरी कलेज मानविकी सङ्काय स्नातक प्रथम तथा दोस्रो वर्षमा सामाजिक कार्य, ग्रामीण विकास, समाजशास्त्र र पत्रकारिता विषय अध्ययनरत विद्यार्थीहरूको ललितपुरस्थित खोकना, बुङ्गमती काठमाडौँ–तराई दु्रतमार्गमा सामुदायिक सर्वेक्षण र सिकाइ कार्यक्रमसम्बन्धी अनुभव आदानप्रदान कार्यक्रम सोमबार सम्पन्न भयो ।
कार्यक्रमका सभापति एवम् वागीश्वरी कलेज मानविकी सङ्कायका प्रमुख राजन फेलुले विद्यार्थीहरूको प्रस्तुतिबारे खुसी व्यक्त गर्दै विद्यार्थीहरूलाई आत्मविश्वास बढाउने र सामाजिकीकरण गर्ने हेतुले सर्वेक्षणमा लगिएको बताउनुभयो । वर्तमान समयमा विद्यार्थीहरू मोबाइलमा धेरै समय बिताउने गरेकोमा चिन्ता व्यक्त गर्दै नयाँ पुस्तामा व्यावहारिक ज्ञानको विकास गर्दै जानुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा बीए प्रथम वर्षमा अध्ययनरत विद्यार्थी, जेनिस बाडेको समूहले बुङ्गमती, रिया कपालीको समूहले खोकनाको परम्परागत तेल उत्पादन, पूजा दुलालको समूहले काठमाडौँ–तराई दु्रतमार्गको अध्ययन, सविता गिरीको समूहले दु्रतमार्गप्रति स्थानीयको धारणा तथा दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी किशोर बस्नेतको समूहले अध्ययन समूहका भावनात्मक अध्ययन, अस्मिता तामाङले स्रोतव्यक्ति कृष्णभगत महर्जनसँग अन्तर्वार्ताको बारे तथा विमला मानन्धरले सर्वेक्षणबारे प्रस्तुति दिनुभएको थियो ।
कार्यक्रममा प्रशिक्षक मङ्गलेश्वर ध्वजूले सर्वेक्षणबारे विस्तृत जानकारी दिनुभएको थियो ।
Leave a Reply