साइकल यात्रा पनि एक साहसिक खेलकुद
- श्रावण ६, २०८१
भक्तपुर, २८ जेठ । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को महिला तथा बालबालिका उपसमितिको आयोजनामा सदस्यहरूको सीप तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ एकदिने मिठाइ बनाउने तालिम सोमबार सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले संस्थाका सम्पूर्ण सदस्यहरूको वित्तीय समस्या समाधान गर्ने संस्थाको उद्देश्य रहेको बताउनुभयो ।
एकका लागि सबै, सबैका लागि एक नाराका साथ अघि बढेको सिद्धि गणेश संस्थाले स्थापनाकालदेखि नै निरन्तर सामाजिक क्रियाकलापहरू गर्दै सदस्यहरूको आर्थिक स्तर उकास्न विभिन्न सीपमूलक तालिमहरू दिदै आएको छ, उहाँले भन्नुभयो ।
संस्थाका व्यवस्थापक शिला गोसाईले संस्थाको वित्तीय जानकारीका साथसाथै ब्याजको प्रलोभनमा बचत नगर्न आग्रह गर्नुभयो ।
आर्जन गरेको सीप जीवनमा उपयोगी हुने धारणा राख्दै उहाँले सीपलाई व्यवसायमा रुपान्तरण गर्न सके तालिमको उपलब्धि अझ फलदायी हुने बताउनुभयो ।
संस्थाका सञ्चालक सदस्य रञ्जना प्रजापति, महिला तथा बालबालिका उपसमितिका सचिव नारांदेवी दुमरु, प्रशिक्षक मीना कुम्पाख र प्रशिक्षार्थी लक्ष्मीशोभा बासुकलाले पनि बोल्नुभएको थियो ।
Leave a Reply