सन्दर्भ : सहकारी अध्यादेश २०८१ – सहकारी संस्था समाजवादी : बैङ्क तथा वित्तीय संस्था पुँजीवादी
- फाल्गुन २, २०८१
भक्तपुर, २८ जेठ । नेपाल क्रान्तिकारी महिला सङ्घ इताछेँ एकाइ समितिको आयोजनामा आइतबार महिला भेला भयो ।
भेलामा नेमकिपा नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले महिलाहरू राजनीतिकरूपमा सचेत रहन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाका साथै पार्टीका प्रकाशन एवम् ‘मजदुर’ र ‘श्रमिक’ पत्रिका अध्ययनमा जोड दिनुभयो ।
पार्टीका कार्यकर्ताहरू अनुशासित, इमानदार र जनताको सेवा गर्न निरन्तर लाग्नुपर्ने चर्चा गर्दै उहाँले पुँजीवादी समाजमा जनताको हित नहुने भएकोले माक्र्सको सिद्धान्तअनुसार गरिब वर्गको हित र उत्थानको लागि समाजवादी व्यवस्थाको लागि सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।
स्थानीय रवीन्द्र खर्बुजाले २०४५ सालमा राज्यद्वारा षड्यन्त्रपूर्वक रचित भक्तपुर काण्डको कठिन परिस्थितिमा महिला दिदीबहिनीहरूले गरेको योगदानको चर्चा गर्दै आज महिलाहरू शैक्षिक र राजनीतिकरूपमा सचेत हुँदै आएको बताउनुभयो ।
रत्नकाजी नातरीले देशको उत्पादन बढाउनेतिर सरकार नलागी विदेशमुखी भइरहेकोमा चिन्ता व्यक्त गर्दै भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादसामु बोल्न नसक्ने शासकहरूले गर्दा आज जनताले दुःख पाइरहेको बताउनुभयो ।
लक्ष्मीश्वरी मातांको सभापतित्वमा भएको उक्त कार्यक्रममा श्यामसुन्दर मातां, सूर्यनारायण फाजु, मन्जु लाखाजु, शर्मिला मानन्धर, सरिता खुसु, सविता कैटीले आ–आफ्नो विचार व्यक्त गर्नुभयो ।
भेलाले तुल्सीलक्ष्मी दुमरुको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति गठन ग¥यो ।
Leave a Reply