यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, ३२ जेठ । आदर्श आजाद मा.वि. भीमसेनस्थान भक्तपुरमा शुक्रबार विद्यार्थीहरूको सिकाइसम्बन्धी अभिभावक भेला भयो ।
कक्षा ८,९ र १० मा अध्ययनरत विद्यार्थीका अभिभावकहरूको सो भेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रमान बिजुक्छेँले सहभागी अभिभावकहरूलाई धन्यवाद दिँदै विद्यालय प्रशासन, शिक्षक र अभिभावकहरूको सम्बन्ध जति नजिक तथा घनिष्ठ भयो त्यति नै विद्यार्थीहरूको सिकाइ उपलब्धि स्तर वृद्धि हुँदै जाने बताउनुभयो । सिकाइमा व्यवहारिक तरिका प्रयोग गर्नुपर्ने कुरा राख्दै शिक्षक अभिभावकहरू आ–आफ्ना कर्तव्यप्रति सचेत हुनुपर्ने धारणा पनि उहाँले राख्नुभयो ।
भेलामा विद्यालयका प्र.अ. श्रीकृष्ण किसीले विद्यालयको शैक्षिक वातावरण थप सुधार गर्न अभिभावक, शिक्षक र विद्यार्थीहरूको अहम् भूमिका हुने चर्चा गर्दै अभिभावकहरू नियमित विद्यालयमा आई विद्यार्थीहरूको पढाइबारे चासो राख्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा सहायक प्र.अ.चक्रबहादुर चाकतुले विद्यालयले गर्दै आएको विभिन्न कार्यक्रमको जानकारी गराउँदै विद्यार्थीहरूलाई थप कक्षा सञ्चालन गरेर भए पनि विद्यार्थीको सिकाइ उपलब्धि स्तर उकास्नुपर्ने भएकोले थप कक्षा सञ्चालनको आवश्यकता भएको बताउनुभयो ।
कार्यक्रम सञ्चालक विद्यालयका शिक्षक राकेश सुकुपायोले सो भेलाको उद्देश्य स्पष्ट पार्दै विद्यार्थीहरूलाई नियमित कक्षा र थप कक्षामा अनिवार्य पढाउनुपर्ने कुरा राख्नुभयो ।
अन्तरक्रियात्मकरूपमा भएको सो भेलामा अभिभावकहरूले विद्यार्थी र विद्यालयको बारेमा सुझावहरू दिएका थिए ।
Leave a Reply