नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
अप्रिलमा, संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्मा संरा अमेरिकाले भिटो प्रयोग गर्दा संयुक्त राष्ट्र सङ्घको पूर्ण सदस्यताको लागि प्यालेस्टिनको अनुरोध अस्वीकृत भयो । यो आश्चर्यको कुरा होइन किनभने मतदानअघि भिटोको अपेक्षा गरिएको थियो, जसले प्यालेस्टिनीहरूको लामो समयदेखि संयुक्त राष्ट्र सङ्घको मान्यता प्राप्त स्वतन्त्र राज्य बन्ने सपनालाई चकनाचुर पारेको थियो ।
पूर्ण सदस्यताको लागि यो प्यालेस्टिनको दोस्रो पटकको माग हो र यो गाजामा भएको लडाइँले ७५ वर्षभन्दा बढी अवधिदेखि प्यालेस्टिन–इजरायल द्वन्द्वलाई केन्द्रमा राखेको छ । यो निराशाजनक छ कि व्यापकरूपमा विश्व जनमतको समर्थन प्राप्त प्रस्तावलाई १५ सदस्यीय परिषद्का १२ सदस्यहरूले पक्षमा मतदान गरे, एक पटक फेरि एक देशको भिटोद्वारा अवरुद्ध भयो । वासिङ्टनको विरोध मुख्यतया दुई कारणमा आधारित छ । पहिलो, यसले स्वतन्त्र प्यालेस्टिन राज्यको स्थापना संयुक्त राष्ट्र सङ्घमा होइन, पक्षहरूबिचको प्रत्यक्ष वार्ताबाट हुनुपर्छ भनी भन्छ । दोस्रो, पूर्ण प्यालेस्टिनी सदस्यताले दुई–राज्य समाधानको लागि नेतृत्व गर्न मद्दत गर्दैन भन्ने दाबी गर्छ ।
तथापि, त्यस्ता तर्कहरूले सायदै औचित्य राख्छन् । पहिलो, प्यालेस्टिनी राज्यको मान्यताको लागि एक बलियो नैतिक अनिवार्यता छ र संयुक्त राष्ट्र सङ्घ ठ्याक्कै त्यो ठाउँ हो जहाँ प्यालेस्टिन र इजरायलको समान स्थिति हुनेछ । यसबाहेक, प्यालेस्टिनी जनताले इजरायली जनताको जस्तै अधिकारको उपभोग गर्न पाउनुपर्छ । १७४७ मा फर्केर हेर्दा संयुक्त राष्ट्र सङ्घको महासभा (UNGA) को सङ्कल्प १८१ मार्फत प्यालेस्टिनलाई बेवास्ता गर्दा इजरायल राज्य स्थापना भएको थियो । १९७४ मा, संयुक्त राष्ट्र सङ्घीय महासभाले अर्को प्रस्ताव पारित ग¥यो । प्रस्ताव नं. ३२३६ ले प्यालेस्टिनी जनताको राष्ट्रिय स्वतन्त्रता र सार्वभौमसत्ताको अधिकारलाई पुनः पुष्टि ग¥यो ।
आज, प्यालेस्टिन संयुक्त राष्ट्र सङ्घमा एक गैरसदस्य पर्यवेक्षक राज्य भए पनि अन्तर्राष्ट्रिय समुदायको बहुमतद्वारा एक सार्वभौम राज्यको रूपमा मान्यता प्राप्त छ । भर्खरै नर्वे, आयरल्यान्ड र स्पेनले प्यालेस्टिनी राज्यलाई मान्यता दिएका छन् र प्यालेस्टिनलाई मान्यता दिने देशहरूको कुल सङ्ख्या लगभग १५० पुगेको छ । यसले व्यापक अन्तर्राष्ट्रिय सहमति झल्काउँछ र उग्र गाजा द्वन्द्वले प्यालेस्टिनको कानुनी स्थितिमा नयाँ सान्दर्भिकता र अत्यावश्यकता मात्र देखाउँछ । धेरै लामो समयदेखि, केही देशका क्रमिक सरकारहरूले दुई–राज्य समाधानलाई समर्थन गर्ने दाबी गर्दै आएका छन्, तर यो दाबी खोक्रो छ । कतिपयले अझै प्यालेस्टिनी राज्यलाई मान्यता दिने बेला नभएको तर्क गर्दा हामीले यो प्रश्न सोध्नुपर्छ, अहिले होइन भने कहिले ?
दोस्रो, प्यालेस्टिनको पूर्ण संयुक्त राष्ट्र सदस्यताले सुदृढ बनाउँछ दुई–राज्य समाधानलाई कमजोर बनाउँदैन र प्यालेस्टिनको अधिकारको मान्यता भविष्यको कुनै पनि वार्ताको लागि महत्वपूर्ण छ । कानुनी स्थितिको असमानता भएमा शान्ति वार्ता बराबरीमा हुँदैन । निकट भविष्यको लागि, दुई पक्षहरूलाई समानतामा ल्याउने सबैभन्दा राम्रो तरिका भनेको प्यालेस्टिनले इस्लामिक संसार र ग्लोबल साउथमा मात्र नभई विश्वव्यापी रूपमा, संयुक्त राष्ट्रसङ्घजस्ता ठाउँहरूमा पनि वैधता प्राप्त गरेको देखाउनु हो ।
तेस्रो, प्यालेस्टिन र इजरायलभन्दा ठुलो प्यालेस्टिनको मुद्दा हो । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसका शब्दहरू उद्धृत गर्न, “दुई–राज्य समाधानतर्फ प्रगति गर्न असफल हुँदा यस क्षेत्रका करोडौँ मानिसहरूको लागि अस्थिरता र जोखिम मात्र बढ्छ, जो हिंसाको निरन्तर खतरामा बाँच्न जारी रहनेछन् ।” प्यालेस्टिनको भविष्य मध्यपूर्वमा स्थायी शान्ति र स्थिरताबाट अविभाज्य छ ।
केही समयअघि संयुक्त राष्ट्र सङ्घीय महासभाले भारी बहुमतको साथ सुरक्षा परिषद्लाई पूर्ण प्यालेस्टिनी सदस्यताको लागि ‘अनुकूल विचार’ दिन सिफारिस गर्ने प्रस्ताव पारित गरेको थियो । त्यस प्रस्तावमा चीनले स्पष्ट समर्थन गरेको छ । संयुक्त राष्ट्रसङ्घका लागि चीनका राजदूतले यस ऐतिहासिक सङ्कल्पको स्वागत गरे र जोड दिए, “प्रस्ताले अन्तर्राष्ट्रिय समुदायको इच्छालाई प्रतिबिम्बित गर्दछ र प्यालेस्टिनका जनताले भोगेको ऐतिहासिक अन्यायलाई सुधार्ने प्रयासको रूपमा मान्यता दिन्छु ।”
यद्यपि धेरैले तर्क गर्छन् कि संयुक्त राष्ट्र सङ्घीय महासभाका प्रस्तावहरूको सुरक्षा परिषद्को प्रस्तावहरू जस्तै बाध्यकारी प्रभाव छैन । तर यो प्रस्ताव पारित हुनु महत्वपूर्ण छ किनभने यसले प्यालेस्टिनलाई स्वतन्त्र राज्यको रूपमा मान्यताको लागि दबाब दिन अन्तर्राष्ट्रिय समुदायमा बलियो गति उत्पन्न गर्दछ । प्यालेस्टिनको सदस्यताको विरुद्धमा रहेकाहरूका लागि यो एकदमै स्पष्ट सङ्केत हो कि यो प्यालेस्टिन राज्यलाई गम्भीरताका साथ लिने समय अहिले नै हो । आशा छ, संयुक्त राष्ट्र सङ्घका लागि प्यालेस्टिनी दूतले भनेझैँ यो प्रस्तावमाथिको समर्थन भविष्यमा ‘शान्तिमा लगानी’ हुन सक्छ ।
(लेखक पेइचिङस्थित समसामयिक विषयमा टिप्पणीकार हुनुहुन्छ ।)
अनुवाद : आरोही
Leave a Reply