भर्खरै :

चे ग्वे भारा जन्म दिवसको अवसरमा प्रशिक्षण

चे ग्वे भारा जन्म दिवसको अवसरमा प्रशिक्षण

कैलाली, १ असार । नेपाल मजदुर किसान पार्टी कैलाली जिल्ला समितिको आयोजनामा विश्व क्रान्तिका नायक चे ग्वेभाराको जन्म दिवसको अवसरमा शनिबार प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले चे ग्वेभाराको सङ्घर्षशील जीवनीबाट सिक्नुपर्ने आवश्यकता औँल्याउँदै चे ग्वेभारा अर्जेन्टिनामा जन्मेर क्युवा, क्रान्तिमा महत्वपूर्ण योगदान गरेर र बोलिभियाको क्रान्तिमा सहादत प्राप्त गर्नुभएका एक अन्तर्राष्ट्रवादी नेता भएको बताउनुभयो ।
नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले कम्युनिस्टहरू अन्तराष्ट्रवादी हुनुको साथै संसारका कामदार जनताको लागि सङ्घर्षशील हुने बताउनुभयो ।
कार्यक्रममा गुप्तबहादुर शाही, लक्ष्मी पुन, गगन थापा, गजबहादुर दर्लामी, ज्योति बडुवाल, तारा तिरूवा, तिलक सिजापतिलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *