भर्खरै :

‘एमाले–माके सरकार कम्युनिष्ट सरकार होइन’

भक्तपुर, १५ पुस । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले एमाले र माओवादी केन्द्र गठबन्धनको सरकार कम्युनिष्ट सरकार नहुने बताउनुभएको छ ।  सैंतीसौं नेपालभाषा साहित्य तःमुंज्या आयोजक समितिद्वारा शनिबार आयोजित पुरस्कार वितरण तथा सम्हेबजी कार्यक्रममा बोल्दै अध्यक्ष रोहितले नयाँ सरकार गठनमा भारतको हात हुने बताउनुभयो ।
नेमकिपाले कहिल्यै बेइमानी र झूटको राजनीति नगरेको उल्लेख गर्दै उहाँले जनताको पक्षमा राजनीति गर्ने दलले गलत विचार र कार्यको सधैं विरोध गरिरहनुपर्छ भन्नुभयो ।  ठूला दलका नेताहरूले दलगत र व्यक्तिगत स्वार्थ छोडेर देश र जनताको पक्षमा सही राजनीति नगरेकै कारण देशले विकास गर्न नसकेको अध्यक्ष रोहितले औंल्याउनुभयो ।  देशको जिम्मेवारी बोकेका मन्त्रीहरू नै नेपाली युवालाई विदेश लगेर पदको दुरूपयोग गरी अकूत सम्पत्ति कमाउनेतर्फ लागिरहेको चर्चा गर्दै अध्यक्ष रोहितले गरिब जनताको हित नगर्ने ठूला दलले शोषकहरूकै हितमा काम गरिरहेको स्पष्ट पार्नुभयो ।
अध्यक्ष रोहितले भन्नुभयो – नेमकिपा निर्वाचनमा जिते पनि हारे पनि गरिब वर्गको पक्षमा सङ्घर्षरत छ, गलत विचार र कामको सदैव विरोध गर्छ । सरकारले बनाएको स्वयं कर निर्धारणले शोषक या ठूलठूला व्यापारीको हित गरेको औंल्याउँदै उहाँले सम्पत्ति कर आयस्रोत बढी हुनेसँग लिने हो भन्नुभयो । निर्वाचनमा ठूला दललाई ठूलै रकम चन्दा दिएर ठूलठूला व्यापारीलाई सघाइरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो – ठूला व्यापारीहरू निर्वाचनमा ठूला दललाई करोडौं चन्दा दिन्छन्, तिनै दलले ठूला व्यापारीहरूलाई करमा छुट दिएर सघाइरहेका छन् ।  देशका सामन्त, ठूलाठालू, जमिनदार, विदेशी दलाल, लुटी कुटी खाने गुण्डा र ठगहरू कहिल्यै सच्चा कम्युनिष्ट नहुने विचार राख्दै उहाँले नेमकिपा निरङ्कुश पञ्चायतकालमा विकट र दुर्गम स्थान र जिल्लामा पुगेर गरिब जनताको हितमा राजनीति गरेको दल हो भन्नुभयो ।  जनताको सेवामा लाग्ने दललाई कुनै मतसीमाले बाधा नपु¥याउने विचार राख्दै अध्यक्ष रोहितले मतसीमाको बन्दोबस्तले शोषक, सामन्तलाई फाइदा पु¥याउँछ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सचिव एवं प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले सिद्धान्तहीन गठबन्धन गरी भागवण्डाको राजनीति गर्ने दलले बहुमत जनताको हित नगर्ने बताउनुभयो ।  जनतालाई अनेक लोभलालच देखाएर, भ्रम र झूटको खेती गरेर निर्वाचन जित्ने दलले मतसीमाको बन्दोबस्त गरेर देशमा दुईदलीय तानाशाही ल्याउने कुचाल रचेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले जनताको भावना र प्रतिबद्धताअनुसार नपाले काम गर्दै जाने प्रतिबद्धता दोहो¥याउनुभयो ।  भूकम्पले क्षति पु¥याएका सम्पदाहरूको संरक्षण कार्यमा नपा लागिपरेको चर्चा गर्दै उहाँले उपभोक्ता समितिमार्फत काम नगराउने खालको ऐन ल्याएर सरकारले व्यक्ति पोस्ने काम गरिरहेको बताउनुभयो ।  नपाले सम्पदा संरक्षण, खेलकुद, स्वास्थ्य, शिक्षा र सरसफाइमा उल्लेखनीय योगदान गरिरहेको उल्लेख गर्दै मेयर प्रजापतिले छाडा पशु नियन्त्रणमा सरकारले बेवास्ता गरेको बताउनुभयो ।
वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले देशको स्थिति अझै गम्भीर, अन्योल अवस्थामा रहेको बताउनुभयो ।  नेपालभाषा साहित्य तःमुंज्याका सचिव एवं प्रदेससभा सदस्य सुरेन्द्रराज गोसाईले निर्वाचन आचारसंहितालाई नेमकिपाले व्यवहारमा लागू गरेको तर ठूला दलले उल्लङ्घन गरेको बताउनुभयो ।  कुनै लोभलालचमा नफसी नेमकिपाका उम्मेदवारहरूलाई जिताउने र तःमुंज्या सफल पार्न सहयोग गर्ने सबैमा धन्यवाद दिंदै देश र जनताको सेवामा लागिरहने विश्वास व्यक्त गर्नुभयो ।
नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष चन्द्रबहादुर उलकको सभापतित्वमा भएको सो कार्यक्रममा ३ नं. प्रदेशको प्रदेशसभा सदस्य सृजना सैंजू, ३७ औं तःमुंज्या आयोजक समितिका अध्यक्ष बलराम सिबञ्जारले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा नाटक, हास्यव्यङ्ग्य, नृत्य विधाका उत्कृष्ट टोली, तःमुंज्यामा सहयोग गर्ने विभिन्न सङ्घसंस्था, मूल्याड्ढन टोलीका सदस्य तथा नेपाल संवत्को शुभकामना ¥यालीमा सहभागी वाद्यवादनका विभिन्न टोलीलाई मायाको चिनो प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *