अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर । भक्तपुर नगरलाई सफा, स्वच्छ र सुन्दर बनाउने अभियानअन्तर्गत भक्तपुर नगरपालिकाले शनिबार जनचेतनामूलक ¥यालीको आयोजना ग¥यो । नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा सम्पूर्ण जनप्रतिनिधिहरु तथा नगरपालिकाका कर्मचारीहरु एवं स्थानीय जनताको उपस्थितिमा सम्पन्न उक्त ¥यालीले माइकिङ, पर्चा वितरण, सरसफाइ गर्दै नगर परिक्रमा गरेको थियो ।
खौमाबाट शुरु भएको उक्त ¥यालीभार्वाचो, तेखापुखु, वंशगोपाल, टौमढी, सुकुलढोका, गाल्मढी, दत्तात्रय हुँदै च्याम्हासिंहमा टुंगिएको थियो । त्यस क्रममाजथाभावीफोहर नफाल्नतथा पेटी र सडकमा सामान राखेर नबेच्नएवं चोक, सडकमा जथाभावीमोटरसाइकल र गाडी पार्किङनगर्न पनि अनुरोध गरिएको थियो । खौमा र च्याम्हासिंहमाआयोजित सभामा प्रमुख प्रजापतिले भक्तपुर नगर विश्व सम्पदा सूचिकृत भएकोले संसारको सम्पति भएको उल्लेख गर्दै यसलाई सफा र सुन्दर बनाउनु हाम्रो सभ्यताको चिन्ह भएको बताउनुभयो । उहाँले भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको गन्तव्यस्थल बनाउन जनप्रतिनिधिहरु लागिपरेको चर्चा गर्दै भक्तपुरबासीहरुको सामूहिक एकता र संकल्पबाट धेरै सकारात्मक परिवर्तन आइरहेको हुँदा त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
‘नेपाल भ्रमणमा आउने हरेक पर्यटकलाई भक्तपुरमाबोलाउने वातावरण सिर्जना गरौं’, उहाँले सबैसंग आग्रहगर्नुभयो । त्यस्तै वातावरण समितिका संयोजक एवं भनपा ९ नं. वडाका अध्यक्ष रविन्द्र ज्याख्वले नगरपालिकामा जनप्रतिनिधिहरु आएपछिजनताले परिवर्तनको आभास पाइरहेको बताउनुभयो । उहाँले सरसफाइ सबैको नागरिक दायित्व भएको उल्लेख गर्दै कुहिने र नकुहिने फोहर घरघरबाटै छुट्याउन सके फोहरमैला समस्या क्रमशः समाधान हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाले पुस १५ गतेदेखि मुख्य बजारको दायाँ बायाँका पसल, व्यवसाय र घरहरुबाट दिनमिलाएर कुहिने र नकुहिने फोहर संकलन शुरु गरेको श्रोतले जानकारी दिएको छ ।
हरेक दिन ट्राइसाइकल र गाडीले दिनको १२ बजेदेखि ४ बजेसम्मबजारको फोहर संकलनगर्ने र त्यस समयबाहेक विहान, बेलुका र रातिफोहर जथाभावी नफाल्न अपिल गरिएको पनि बताइएको छ । नगरको मुख्यबजारमा आइतबार, मंगलबार र विहिबार नकुंिहने ंफोहर मात्रै र सोमबार, बुधबार, शुक्रबार र शनिबार कुहिने फोहर मात्रै संकलनगर्ने स्यानिटेशन शाखा प्रमुख दिलिप सुवालले बताउनुभयो । उहाँले पसल, व्यवसाय र घरबाट निस्किने फोहरलाई व्यवस्थित गर्न नगरबासीहरुलाई आग्रह गर्दै जाने र पटक पटक सम्झाउँदा पनि अत्तेरी गर्नेलाई स्थानीय सरकार संचालन ऐन अनुसार कार्वाही गर्दै जाने पनि बताउनुभयो ।
Leave a Reply