यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, ७ असार । भक्तपुर नगरपालिका वडा नं. ७ स्थित बाल सेवक आधारभूत विद्यालयको ६२ औँ वार्षिकोत्सव कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले सामाजिक र नागरिक दायित्व वहन गर्ने विद्यार्थी उत्पादनमा योगदान पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
विद्यालयका प्र.अ. प्रेरणालक्ष्मी तपोलले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । २०८० सालको वार्षिक परीक्षामा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुने हरेक कक्षाका विद्यार्थी र खेलकुद सप्ताहमा उत्कृष्ट खेलाडीहरूलाई बधाई एवम् पुरस्कार वितरण भएको थियो ।
विद्यालयबाट हरेक वर्ष प्रदान गर्दै आइरहेको कामाक्षदेवी पारु लुमन्ती सिरपा समाजसेवी, शिक्षाप्रेमी पशुपतिमान प्रधानले कक्षा ८ र कक्षा ५ का उत्कृष्ट विद्याथीलाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा विद्यालयका भू.पू. विद्यार्थी डा. बलराम किसीले असफलता नै सफलताको पाइला भएको बताउँदै विद्यार्थीहरूलाई सङ्घर्षरत रहन प्रेरित गर्नभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णगोविन्द खाइजुले विद्यालयको शिक्षा क्षेत्रमा ठुलो योगदान रहेको उल्लेख गर्दै विद्यालयको विकासमा सबैजना हातेमालो गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
Leave a Reply