यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
बारा, ७ असार । नेपाल अपाङ्ग सेवा सङ्घ, बाराद्वारा सञ्चालित स्रोत कक्षामा अध्ययनरत अपाङ्गता भएका बालबालिकाहरूलाई छत्रलक्ष्मी–रुद्रलाल स्मृति प्रतिष्ठानले पानीको बोटलसहित विभिन्न शैक्षिक सामग्री वितरण गरेको छ ।
नेपाल अपाङ्ग सेवा सङ्घ बाराको व्यवस्थापनमा सिमरामा सञ्चालित बाहिरा तथा सुस्त श्रवण र बौद्धिक अपाङ्ग स्रोत कक्षा सञ्चालनमा सहजता ल्याउनको लागि शैक्षिक सामग्री वितरण गरेको प्रतिष्ठानका अध्यक्ष शान्तलाल मुल्मीले बताउनुभयो ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ मा सञ्चालित एक मात्र स्रोत कक्षा सरकारी उपेक्षाका कारण प्रभावकारी बनाउन नसकिएको अपाङ्ग सेवा सङ्घ बाराका अध्यक्ष गंगाप्रसाद वाग्लेले बताउनुभयो ।
स्रोत कक्षामा ३५ जना बहिरा तथा सुस्त श्रवण र बौद्धिक अपाङ्ग विद्यार्थीहरू अध्ययनरत रहेको र स्रोत तथा पूर्वाधारको अभावमा कक्षा ६ सम्म सञ्चालनमा रहेको र माथिल्लो कक्षा अध्ययन गराउन चितवन पठाउनुपर्ने वाध्यता रहेको जानकारी उहाँले दिनुभयो ।
अपाङ्ग बालबालिकामैत्री भौतिक संरचना, खेलकुद र मनोरञ्जनका सामग्रीको उपलब्धता पनि नभएकोले बालबालिकको पठनपाठन र क्षमता विकासमा समस्या भएको विद्यालयले जनाएको छ ।
१० जना बहिरा बालबालिकाको लागि २ जना, ८ जना सुस्त श्रवणका लागि २ जना सहयोगी शिक्षकको आवश्यकता हुने भए पनि सो स्रोत केन्द्रमा शिक्षक र सहयोगीको अभाव उत्तिकै रहेको छ ।
सो अभावलाई केही भए पनि राहत होस् भनेर सहयोग प्रदान गरेको छत्रलक्ष्मी रुद्रलाल स्मृति प्रतिष्ठानका अध्यक्ष शान्तलाल मुल्मीले बताउनुभयो ।
प्रतिष्ठानको तर्फबाट तीर्थमाया मुल्मी, पूर्ण दुवाल, रत्ना चवाल, बुद्ध घलानलगायतले अपाङ्गता भएका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।
Leave a Reply