यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
बुटवल, ९ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) का जीवन साथी एवम् नेपाल क्रान्तिकारी महिला सङ्घका पूर्वकेन्द्रीय कोषाध्यक्ष शोभा प्रधानको दोस्रो स्मृति दिनमा नेपाल मजदुर किसान पार्टी रूपन्देहीले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । शनिबार तिलोत्तमा नगरमा बसेको नेमकिपा रूपन्देहीको बैठकले उक्त श्रद्धाञ्जली व्यक्त गरेको हो ।
बैठकमा नेपाल मजदुर किसान पार्टी रूपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले नेतृ शोभा प्रधानको जीवनीबारे चर्चा गर्दै देश र जनताप्रति शोभा प्रधानको अविचलित समर्पणबाट कार्यकर्ताहरूलाई ऊर्जा दिइरहेको छ भन्नुभयो । व्यक्तिगत पदीय आकाङ्क्षा र स्वार्थको लागि नेपाली शासक दलका नेता कार्यकर्ताहरूले देशलाई थप कमजोर र परनिर्भर बनाएको उल्लेख गर्दै अध्यक्ष वासीले नेपालको प्रजातान्त्रिक र कम्युनिस्ट आन्दोलनमा नेपाल मजदुर किसान पार्टीलाई इमानदारिताको धरोहर र प्रकाशस्तम्भको रूपमा स्थापित बनाउन शोभाको उच्च योगदान रहेको स्मरण गर्नुभयो ।
नेमकिपा रूपन्देहीका सदस्य एवम् नेपाल क्रान्तिकारी महिला सङ्घ रूपन्देहीका अध्यक्ष सुशीला पौडेलले शोभाको सरलता र व्यावहारिक सल्लाहबाट आफू प्रभावित भएको स्मरण गर्दै विषयगत दक्षता र अध्ययनलाई थप फराकिलो बनाउन कामरेड शोभाबाट प्रेरणा लिनुपर्छ भन्नुभयो ।
Leave a Reply