कसिमलापाँय् र हस्तलेखन प्रतियोगिता सम्पन्न
- आश्विन १४, २०८१
काठमाडौँ, ९ असार । काठमाडौँ महानगरपालिकाका संस्थापक उपमेयर नवीन्द्रराज जोशीस्मृति फिडे रेपिड चेस प्रतियोगिताको उपाधि झापाका युवा खेलाडी डा. सुशन गौतमले उचालेका छन् । उनले उपाधिसँगै ट्रफि र नगद २० हजार जिते । शनिबार सम्पन्न नौ चरणको खेलमा समान साढे ७ अङ्क भए पनि टाइब्रेकमा भक्तपुरका भेट्रान गणेशमान दुवाल दोस्रो र काठमाडौँका सीएम भगवतीप्रसाद शर्मा तेस्रो भए । उनीहरूले क्रमशः नगद १५ हजार र १० हजार हात पारे ।
काठमाडौँ महानगरपालिका वडा नं. २४ द्वारा आयोजित प्रतियोगितामा तनहुँका सुजन काफ्ले चौथो, भक्तपुरका राजेश कक्षपति पाँचौँ, मखन चेस क्लवका राजन पुरी छैटौँ, लमजुङका अनिश न्यौपाने सातौँ, बाँकेका अभिक शाह आठौँ, काभ्रेका शैलेन्द्र न्यौपाने नवौँ र गोर्खाका कपिल गुरुङ दसौँ भए । उनीहरूले क्रमशः ७ हजार, ५ हजार र ४ हजार नगद पुरस्कार हात पारे ।
स्वीसलिग नौ चरणको दुईदिने प्रतियोगितामा ८० वर्षका भेट्रान सीतारा अग्रवाल साढे ६ अङ्कका साथ काठमाडौँ उत्कृष्ट भए । उनले नगद ३ हजार हात पारे । त्यस्तै मखन चेस क्लवका नरेश स्थापित काठमाडौँ दोस्रो भए । महिलातर्फ नेपाल च्याम्पियन सिन्दिरा जोशी उत्कृष्ट भइन् ।
ऐतिहासिक इतुं बहालमा सञ्चालित प्रतियोगिता टोखाका आशानारायण लवट भेट्रान प्रथम भए । त्यसैगरी, सिन्धुलीका हेम भण्डारी १८०० मुनि रेटिङ र बझाङका खगेन्द्र केसी १६०० मुनि रेटिङ समूहमा उत्कृष्ट ठहरिए । उनीहरूले जनही नगद २ हजार पाए ।
नेपालका पहिलो अन्तर्राष्ट्रिय आर्विटर ज्ञानेन्द्र खाइजु प्रमुख निर्णायक रहेको प्रतियोगितामा सिन्धुपाल्चोकका सम्यक श्रेष्ठ १६ वर्षमुनि, काठमाडौँका आध्यान्त काफले १४ वर्षमुनि र कपिलवस्तुका अङ्कुर पोखरेल १२ वर्षमुनि उमेर समूहमा उत्कृष्ट भए । उनीहरूले पनि जनही नगद २ हजार पुरस्कार हात पारे ।
प्रतियोगिताका विजेता खेलाडीहरूलाई एक कार्यक्रमबिच वडा नं २४ का अध्यक्ष विनोदकुमार राजभण्डारी, नेपाल चेसका अग्रज सीताराम अग्रवाल, वडा सचिव रवीन्द्रलाल श्रेष्ठलगायतले ट्रफि, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरे । प्रतियोगिताका उत्कृष्ट २१ जना खेलाडीहरूको लागि कुल १ लाख १ हजार नगद पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा ४० जिल्लाका ११८ जना खेलाडीहरूको सहभागिता रहेको थियो ।
Leave a Reply