भर्खरै :

पहेँलो नदीमाथि चिनियाँ राष्ट्रनायकको ध्यान

पहेँलो नदीमाथि चिनियाँ राष्ट्रनायकको ध्यान

हाल चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले निङ श्या ह्वी जातीय स्वायत्त प्रदेशको निरीक्षण भ्रमण गर्दै पहेँलो नदी बग्ने क्षेत्रको पर्यावरणीय संरक्षणलाई प्राथमिकतामा राख्नुभएको छ । चीनका सर्वोच्च नेताले पहेँलो नदीको संरक्षण तथा व्यवस्थापनमाथि ध्यान दिनुभएको यो पहिलोपटक होइन ।
छिङहाई–तिब्बत पठारभूमिबाट सुरु भएको पहेँलो नदी छिङहाई, सछ्वान, कानसु, निङश्या, भित्री मङ्गोलिया, वल्लो शानसी, पल्लो शानसी, हनान र शान तुङलगायत ९ प्रान्त (स्वायत्त क्षेत्र) हुँदै बग्छ । यसको कुल लम्बाइ लगभग ५,४६४ किलोमिटर छ । पहेँलो नदीले करोडौँ–करोड चिनियाँहरू हुर्काउनुका साथै भव्य चिनियाँ संस्कृतिको विकास गरेको छ । त्यसैले, पहेँलो नदी चीनको ‘मातृ नदी’ मानिएको छ । चीनका लागि पीत नदी नेपालका लागि कर्णाली, कोसी तथा गण्डकीजस्तै हो । तर, पहेँलो नदी विश्वमा माटो तथा बालुवा सबैभन्दा धेरै भएको नदी हो । यसको व्यवस्थापन गर्न निकै गाह्रो छ । पानीद्वारा गम्भीर क्षति पु¥याउने नदीहरूमध्येको एक हो । जन गणतन्त्र चीनको स्थापनाअघिका लगभग २५०० वर्षमा यस नदीको तल्लो भागमा १५०० भन्दा बढी पटक बाढीको वितण्डा मच्चियो र नदीले २६ पटक मार्ग परिवर्तन गर्यो ।
सन् २०१९ को सेप्टेम्बरमा आयोजित पहेँलो नदी वरिपरिको पर्यावरणीय संरक्षण र उच्च गुणस्तरीय विकाससम्बन्धी गोष्ठीमा सी चिनफिङले यसरी जोड दिँदै भन्नुभयो, “पहेँलो नदीको संरक्षण गर्नु चिनियाँ राष्ट्रको महान् पुनरुत्थान र दिगो विकासका लागि ठुलो योजना नै हो ।”
त्यसपछि सी चिनफिङले पहेँलो नदी बग्ने नौ वटा प्रान्तको भ्रमण गर्नुभएको छ । सन् २०१९ को अगष्टदेखि सन् २०२० को जूनसम्म भन्ने एक वर्षभन्दा कम समयमा उहाँले चारपटक गरी पहेँलो नदीको सर्वेक्षण गर्नुभयो । त्यसपछि राष्ट्राध्यक्ष सी चिनफिङले पहेँलो नदीको माथिल्लो, मध्य र तल्लो भाग पुग्नुभई पहेँलो नदी वरिपरिको पर्यावरणीय संरक्षणको रेखाङ्कन गर्दै हरित चीनको भविष्यको प्रतीक्षा गरिरहनुभएको छ ।
पहेँलो नदी बग्ने क्षेत्रमा महत्व दिनु, संरक्षण र विकास गर्नु चीनको पर्यावरणीय सभ्यता निर्माणको एक भाग हो । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भन्नुभएझैँ मानव र प्रकृति जीवन समुदाय हो । मानवले प्रकृतिलाई सम्मान गर्नुपर्छ, प्रकृतिसँग मेल खानुपर्छ, प्रकृतिको संरक्षण गर्नुपर्छ । चीनले पालना गरेको पर्यावरणीय संरक्षण र उच्च गुणस्तरीय विकास दायित्वलाई वहन गर्नु, पृथ्वीको दायित्वबोध गर्नु र भावी पुस्तालाई दायित्व वहन गर्नु हो ।
तथ्याङ्कअनुसार, नयाँ चीनको स्थापना भएदेखि हालसम्म सत्तरी वर्षभन्दा बढीको समयमा पहेँलो नदीले बाटो बिराएन, बीस वर्षभन्दा बढी समयसम्म बग्न रोकिएन । पहेँलो नदीले दस पटक बाढीको प्रतिरोध गर्यो  । हाल पहँेलो नदी अविरल बग्दछ । पहेँलो नदीको दुई किनारको दृश्यमा ठुलो परिवर्तन भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *