के मन्त्री भ्रष्टाचारको पर्याय हो ?
- चैत्र ३०, २०८२
मिति : २०८१ असार १६
प्रिय सम्पादकज्यू,
मजदुर दैनिक,
काठमाडौँ, नेपाल !
काठमाडौँ उपत्यका नै नेपाल होइन, सरकारको सारा बजेट एकै ठाउँमा खर्च गरेर देशको विकास देखाउने योजना पूर्णरूपले खोजपूर्ण छ भन्ने केही वर्षदेखि सातै प्रदेश र ७७ जिल्लाकै जनताले ‘सन्तुलित विकास’ बारे प्रत्यक्ष र परोक्षरूपले आ–आफ्ना भावनालाई उठाउँदै आएका छन् ।
जिल्ला–जिल्ला र गाउँ–गाउँमा बिना कुनै योजना र विकासका सम्भावनाहरूबारे छलफल नै नगरी पालिकाहरू र शासक दलका केही माननीय र कार्यकर्ताहरूले ‘डोजर आतङ्क’ फैलाउँदा जनता र गाउँलेहरूले दुःख पाए । प्राविधिकरूपले गलत ठाउँ र खोटपूर्ण ढङ्गले जहाँ पायो त्यहाँ डोजर चलाउँदा सरकारको अर्बौँ रूपैयाँ खेर गयो, अनावश्यकरूपले पानी खन्याएजस्तै तेल खन्याएर करोडौँ करोड विदेशी व्यापारीलाई पोस्ने काम भयो । केही डोजर मालिकहरूलाई करोडपति बनाए होलान् । तैपनि, देशको विकासभन्दा देशको बर्बादी भयो ।
यस्तो परिस्थितिमा काठमाडौँका केही साहुमहाजन र अर्बपतिहरू, घरजग्गाका मालिक र ठेकेदारहरू जनताको आँखामा छारो हाल्दै काठमाडौँको पैसाको थुप्रोमाथि फेरिफेरि पैसा थुपार्ने काम गर्दै छन्, ‘रिङरोड विस्तारको लागि पौडेलको दबाब यात्रा’ भन्दै ।
चीनले छोएको हरेक योजना र व्यापारमा समेत अनेक किचोलो गर्दा र ढिलाइ हुने कारणले माथि उल्लेख अन्तर्राष्ट्रिय संस्थाहरूसँग अनुदान माग्दा निर्विवाद हुने देखिन्छ । वाइडबडी, चिनियाँ जहाज, पोखरा विमानस्थल, लुम्बिनी विमानस्थल आदि योजना अर्बौँ रुपैयाँ खर्च गर्दा पनि प्रतिफल शून्य छ र विवाद छ ।
यसकारण, सामूहिक यात्राका माननीय प्रदीप पौडेलजीमा नेपालका एक भावी ‘राम्रा’ मानव अधिकारवादी लक्षण देख्नु आश्चर्यको विषय होइन !
तर, एउटा विषय काठमाडौँका जनताले निक्र्याेल गर्नुपर्नेछ, ‘के राजधानीका विद्वत समूह देशको सन्तुलित विकासको पक्षमा छैनन् ?’ काठमाडौँका साधारण जनता निश्चय पनि देशको ‘सन्तुलित विकास’ को अवश्य पनि विरोध गर्दैनन् ।
काठमाडौँका सर्वसाधारण जनता मात्र होइन जिल्लाजिल्लाबाट बिरामी भएर, अध्ययन गर्न र काम विशेषले राजधानी आएका जनताले पनि ‘धुलो र फोहोरको सास्ती’ खेप्न बाध्य छन् । यसकारण, काठमाडौँका जनताले सरकारसँग देशको सन्तुलित विकासमा आवाज उठाउन सहयोग गर्नुहोला । हरेक प्रदेशमा वीर अस्पताल र शिक्षण अस्पतालको सुविधा छिट्टै होस् । त्रिवि, कृषि कलेज, खानेपानी र नयाँ सडकको जस्तो सुविधाको निम्ति सहयोग गर्नुहोला । त्यसको निम्ति आफ्नो देश आफैले बनाऔँ भन्ने नाराअनुसार संयुक्त राज्य अमेरिका, विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष र एसियाली बैङ्कजस्ता परोपकारी संस्थाहरूबाट देशभरि चाहिने विकासको निम्ति बिनापक्षपात अनुदान प्रदान गर्न ‘दबाब यात्रा’ का साथीहरूले काठमाडौँको मात्रै होइन देशकै ‘सन्तुलित विकास गनर्’े अभियान र दबाब यात्राको अभियानबारे चिन्तन गर्न पाए सुनमा सुगन्ध थपिने थियो !
तपाईँको साथी
–एक नागरिक
Leave a Reply