बाल विकास सहजकर्ताहरूद्वारा नगर प्रमुखको ध्यानाकर्षण
- असार २, २०८३
भक्तपुर, २३ असार । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.को वित्तीय सेवा प्रवद्र्धन उपसमितिको आयोजनामा दुईदिवसीय वार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न भयो ।
सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारी संस्थामा वार्षिक योजना तथा बजेट बनाउन कानुनी व्यवस्था पालना गर्नुको साथै संस्थामा सुशासन कायम गर्नमा टेवा पुग्ने बताउनुभयो । उहाँले सहकारीमा वार्षिक योजना तथा बजेटको महत्वबारे चर्चा गर्दै सहकारी विभागले जारी गरेको निर्देशनबारे जानकारी गराउनुभयो ।
सङ्घका कोषाध्यक्ष एवम् उपसमितिका संयोजक कान्छाभक्त घजुले सहकारीमा राम्रो योजना र बजेटले मात्र संस्था सफल हुने बताउँदै बजेटअनुसार खर्च नपुग भएमा अर्को शीर्षकबाट रकमान्तर गर्ने व्यवस्था रहेको बताउनुभयो ।
उपसमितिका सदस्य राजकुमार लघुले तालिमबाट सिकेको कुरा संस्थामा प्रयोग गर्नुपर्ने विचार राख्नुभयो ।
सङ्घका व्यवस्थापक बालकृष्ण धोजुले संस्थाको परिकल्पना, ध्येय र उद्देश्य प्राप्त गर्न सकिने गरी वार्षिक योजना तथा बजेट निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
तालिमका सहजकर्ता राधेश्याम दुवालले हालको परिस्थितिमा सहकारीलाई नाफा घाटाको होडबाजीमा नलागी सहकारीलाई विषम परिस्थितिबाट जोगाउन विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
तालिममा योजना तथा बजेट बनाउन ध्यान दिनुपर्ने, योजना तथा बजेटको महत्व, योजनाको प्रकार, वार्षिक योजना प्रक्रिया, संस्थाको आन्तरिक तथा बाह्य विश्लेषण, संस्थाको परिकल्पना, ध्येय, उद्देश्य, लक्ष्यको प्रयोगको विषयमा सिक्न पाएकोमा सहभागीहरूले खुसी व्यक्त गर्नुभयो ।
तालिमको समापन समारोहमा उपसमितिका सदस्य राजाराम गोसाईले पनि बोल्नुभएको थियो ।
Leave a Reply