बाल विकास सहजकर्ताहरूद्वारा नगर प्रमुखको ध्यानाकर्षण
- असार २, २०८३
भक्तपुर, २९ असार । नेक्राविसङ्घ भनपा ९ दत्तात्रय समितिको आयोजनामा २०८० सालमा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाइ ज्ञापन तथा पठन संस्कृतिबारे शनिबार मार्ग निर्देशन कार्यक्रम भयो ।
उक्त कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पाठ्यपुस्तकबाहेक अन्य देश विदेशका पुस्तकहरू पनि अध्ययन गर्नुपर्नेमा जोड दिँदै विद्यार्थीहरू समाज परिवर्तनको निम्ति अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले समाजवादी देश चीनमा तीव्र विकास हुनुको कारण चिनियाँ सरकार, चिनियाँ पार्टी, चिनियाँ जनता र पुराना अग्रजहरूले गरेको योगदान हो भन्नुभयो ।
नेक्राविसङ्घका पूर्वकेन्द्रीय अध्यक्ष नीरज लवजूले एसईई नतिजा राम्रो नआउनुमा सरकारको शिक्षा नीति नै कमजोर रहेको उल्लेख गर्दै विभिन्न पुस्तकबारे परिचर्चा गर्नुभयो ।
नेक्राविसङ्घ १४ औँ भक्तपुर नगर समिति तयारी समितिका सदस्य कृष्ण गरूले सरकारले निःशुल्क र अनिवार्य शिक्षा दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जुयल मानन्धरले ‘ए लेटर फ्रम फाडर टु हिज डटर’ र रेजा ज्याख्वले ‘चम्किलो रातो तारा’ पुस्तकबारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा देवान्स मानन्धर, उस्ना मानन्धर, तेजस्वी मानन्धर र अन्सुदिल प्रजापतिले पनि बोल्नुभएको थियो ।
Leave a Reply