बाल विकास सहजकर्ताहरूद्वारा नगर प्रमुखको ध्यानाकर्षण
- असार २, २०८३
भक्तपुर, २९ असार । भक्तपुर नगरपालिका ५ नं. वडा कार्यालयको आयोजनामा २०८० सालमा एसईई उत्तीर्ण विद्यार्थीहरूलाई मार्गनिर्देशन कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले आफूले अध्ययन गर्ने विषयमा विशेषता हासिल गर्र्न विद्यार्थीहरूलाई सुझाव दिनुभयो ।
जुनसुकै विषय अध्ययन गरे पनि देश र जनताको सेवा गर्ने लक्ष्य लिनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रमका सभापति एवं भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले सामूहिक भावनालाई जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै आफूमात्र सफल हुने होइन साथीहरूलाई पनि सफल हुन प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
चिनियाँ भाषा प्रशिक्षक एवं अन्तर्राष्ट्रिय सम्बन्धका अध्येता राजेन्द्र चवालले अध्ययनलाई निरन्तरता दिने लगनशील विद्यार्थीहरूमात्र आफ्नो उद्देश्यमा सफल हुने धारणा राख्नुभयो ।
विद्यार्थी निकेतनका प्रधानाध्यापक न्हुछेबहादुर खाताखोले उच्च शिक्षा अध्ययनको लागि भक्तपुर राम्रो गन्तव्य भएको धारणा राख्दै एसईई पछिको शिक्षा भक्तपुरमै अध्ययन गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा कम्प्युटर विषयका शिक्षक उमेश दुवाल र शिक्षक केपी छुस्याकीले पनि बोल्नुभएको थियो ।
Leave a Reply