भर्खरै :

विज्ञान शिक्षकहरूको तीनदिने तालिम

विज्ञान शिक्षकहरूको तीनदिने तालिम

भक्तपुर, २९ असार  । भक्तपुर नगरपालिका, नगर शिक्षा शाखा तथा त्रिभुवन विश्वविद्यालय, शिक्षा विभागको संयुक्त आयोजनामा ‘वातावरणीय तथा ज्ञान मिमांशीय न्याय’ विषयक भक्तपुर नगरपालिकाअन्तर्गतका मावि विज्ञान शिक्षकहरूको तीनदिने तालिमको उद्घाटन भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको आतिथ्यमा सम्पन्न भयो ।
कार्यक्रममा उपमेयर जोशीले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदाको संरक्षणलाई प्राथमिकतामा राख्दै आएको र विद्यालय शिक्षालाई अझ व्यवहारिक र सीपमूलक बनाउन तथा शिक्षालाई गुणस्तरीय बनाउन यस्तो तालिमले सहयोग गर्ने बताउनुभयो ।
अनुसन्धान टोलीका प्रमुख प्रा. डा. गणेशबहादुर सिंले अनुसन्धानको उद्देश्य र तालिमबारे प्रस्ट्याउँदै भक्तपुर र रसुवा जिल्लामा यस्तो कार्यक्रम तथा अनुसन्धान भएको जानकारी गराउनुभयो ।
शिक्षा मानव विकास केन्द्रका निर्देशक गरीमान थापाले केन्द्रले शिक्षकहरूका लागि विभिन्न तालिमहरूको आयोजना गर्दै आएको र तालिमले शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने बताउनुभयो ।
ख्वप कलेजका प्राचार्य प्रकाश श्रेष्ठले शिक्षामा विद्यालय शिक्षकहरूको भूमिका अहम् हुने उल्लेख गर्दै पाठ्यक्रमको व्यवहारिक ज्ञानबारे दीक्षित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रम भक्तपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष एवम् विद्यालय अनुगमन तथा प्राविधिक सहयोग समितिका संयोजक योगेन्द्रमान बिजुक्छेँेको सभापतित्वमा भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य नगर शिक्षा शाखाका शाखा प्रमुख साधुराम फुयालले गर्नुभएको थियो भने उद्घोषण विद्यालय अनुगमन तथा प्राविधिक सहयोग समितिका सदस्य राजेन्द्रप्रसाद श्रेष्ठले गर्नुभएको थियो । तालिम सत्रमा सहजीकरण प्राध्यापक मोहन पौडेल, आशिक सिं ठकुरी, प्रा.डा. ध्रुव निउरे र सुशील शर्माले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *