शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको भूमिकाबारे अन्तरक्रिया
- असार ७, २०८३
प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार संसद्मा पाँचौ पटक विश्वासको मत लिनुभन्दा अघि संसद्मा प्रतिनिधित्व गरेका दलका प्रतिनिधिहरूले आ–आफ्नो दलको विचार पोखे । संसद्मा प्रम दाहालले नेका र एमालेबिच भएको सहमतिलाई विश्वासघातको संज्ञा दिँदै नैतिकताको पाठ सिकाए । आक्रोश र भावनामा डुबेर विचार नपोखेको दाबी गर्ने दाहालको चेहरा नीरस र अँध्यारो देखिन्थ्यो । विश्वासघात गरेर नयाँ सत्ता समीकरण गर्न लागेको दाबी गर्ने नेता दाहालले पहिले आफूले एमाले र नेकालाई धोका दिएर प्रम बनेको भुले । सत्ता राजनीतिको खेलमा एकले अर्कोलाई धोका दिने, विश्वासघात गर्ने, विश्वास नगर्ने या शङ्का गर्नेमा नेका, एमाले र माओवादी केन्द्रका नेताहरू नै हुन् । संसद्मा ती दलका नेताहरूले व्यक्त गरेको विचारबाट कसले कसलाई कहिले धोका दिए र विश्वासघात गरे भन्ने प्रस्ट भयो । यसको कारण सत्तामुखी राजनीति नै हो ।
विश्वासको मत लिन बोलाइएको त्यो संसद् विशेषगरी ठुला दलका नेताहरूले एकले अर्काको पोल खोलेको दिन रह्यो । पुरानो सरकार ढल्ने र नयाँ सरकार बन्ने भएकोले पनि त्यो स्थिति देखियो । संसद्मा पुरानो सरकार किन ढाल्नुप¥यो र नयाँ सरकार किन गठन गर्नुप¥यो भन्ने एक थरी ठुला दलको मत रह्यो भने अर्को ठुलो दलको मत सरकार ढाल्नेहरूको दिन पनि हेरौँला भनी चेतावनीको स्वर गुञ्जियो । सरकारको पालैपालो नेतृत्व गर्ने दलका नेताहरूको पोलापोलले तीन ठुला दलका नेताहरू उदाङ्गिएको अनुभूति नेपाली जनताले गरेका छन् । लोकतन्त्रमा प्रतिपक्ष बलियो हुनुपर्नेमा नभएको अभिमत पनि संसद्मा व्यक्त भयो । सत्ताको निम्ति एकले अर्कोलाई ढाल्ने प्रयास भए पनि अपराधी जोगाउने, देशघाती र जनविरोधी विधेयक र सन्धि सम्झौता गर्नेमा ती दलका नेताहरू एक ठाउँमा उभेको पनि आभास भयो ।
ठुला दलका नेताहरूको अभिव्यक्तिले तिनै दलका नेताहरूमा कुण्ठा र प्रतिशोधको भावना रहेको प्रस्ट देखियो । माओवादी नेता दाहालले कसैलाई धोका नदिएको दाबी गरिरहँदा नेका र एमालेका नेता र सांसदहरू हाँसे । एकले अर्कोलाई नियत सफा नभएको बताए । एकले अर्कोलाई षड्यन्त्र गरेको भनी घोचपेच गरे । सत्ताको लागि एकले अर्काको टाउकोमा टेकेको बताइयो । सत्ता गठबन्धनकै सिलसिलामा कहिले वामपन्थी वामपन्थी मिलेर सरकार गठन गर्नुपर्छ भनी ‘वाम गठबन्धन’ को चर्चा भयो भने कहिले ‘वामपन्थी’हरू धोकेबाज भनी नेकासँग मिलेर ‘वाम लोकतान्त्रिक गठबन्धन’ भनियो । यसले प्रस्ट हुन्छ, नेका, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूमा वैचारिक अडान छैन । वैचारिक अडान भएका भए न सरकारको नेतृत्व पटक पटक बदल्थ्यो न त प्रम दाहालले पाँच पाँच पटक विश्वासको मत लिनुपथ्र्यो । यो राजनीतिक अस्थिरताका कारक ठुला दलका नेताहरू नै हुन् ।
ती दलका नेताहरू सत्ता गठबन्धन भए पनि एकले अर्कोलाई विश्वास गर्दैनन् या शङ्काको दृष्टिले हेर्छन् । यस्तै अविश्वास र शङ्काको घेरामा परेर नै एकले अर्कालाई ढाँटे, सरकारको समर्थन फिर्ता लिए र नयाँ सरकार बन्ने भयो । निर्वाचनमा नेकासँग गठबन्धन गरेर सरकार गठनको बेला माओवादी केन्द्र नेका छोडेर एमालेसँग सरकार गठन गरेको प्रसङ्ग पनि उठ्यो । पछि एमालेसँग खटपट भयो भनेर नेकासँग मिल्यो । अहिले माओवादी केन्द्रले दुई ठुला दललाई भिडाएर सरकारको नेतृत्व गरिरहेको चाल पाई ‘धोका’पाएका दुई ठुला दल नेका र एमाले मिलेर माओवादीलाई ‘बदला’ लिएको विश्लेषण पनि भयो । यसरी एकले अर्कोलाई ढाँट्ने, छल्ने, षड्यन्त्र गर्ने, धोका दिने, विश्वासघात गर्ने दलको नेतृत्वमा बनेको सरकारले देश र बहुमत जनताको पक्षमा सेवा गर्ला भन्ने विश्वास कसरी गर्ने ? देशमा शान्ति सुरक्षा होला, भ्रष्टाचार र अनियमितताका फाइलहरू खोलेर भ्रष्टाचारीहरूमाथि कारबाही होला भन्ने विश्वास कसरी गर्ने ? ठुला दलका नेताहरू देश र जनताप्रति जवाफदेही नभएसम्म, सिद्धान्त र विचारको राजनीति नभएसम्म देशले कोल्टो फेर्ने छैन या परिवर्तन हुनेछैन । त्यसको विकल्प भनेको समाजवादी व्यवस्था स्थापना हो ।
Leave a Reply