नेपाली चिया उद्योगहरू बन्द हुँदा पनि रास्वपा सरकार किन मौन ?
- असार १, २०८३
दैलेख जिल्लाको चामुन्डा बिन्द्रासैनी नगरपालिका वडा नं ५ मा बनाडाको ऐतिहासिक महत्व बोकेको पौवा थियोे । त्यहाँ राम्रो सालको काठ थियो । त्यसको छाना विशेष प्रकारको ढुङ्गाले छाएको थियोे । हाल त्यसको नाम निसाना नै छैन । नयाँ पिँढीलाई यहाँ पौवा थियोे भन्दा आश्चर्य मान्छन् । उक्त पौवाको काठ नेकाका सांसद दिक्पालकुमार शाहीले लगेको त्यसबेला नै चर्चा भएको थियो । हाल उहाँँ हाल नेपाली काङ्ग्रेसको तर्फबाट दैलेख क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हुनुहुन्छ । त्यो पौवा भत्काउँदा जिविस दैलेखको सदस्य तथा जयदेव मा. वि. जम्बुकाँध दैलेखका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुनुहुन्थ्यो । जिविसको इलाका नं. ९ को निर्वाचनमा पनि उहाँले कमालै गर्नुभएको थियो किनकि त्यो इलाकामा नेपाली काङ्ग्रेसको आधिकारिक टिकट भगवती रेग्मीले पाउनुभएको थियोे । उम्मेदवारी दर्ताको समयमा निज रेग्मीलाई होटलको कोठामै बन्धक बनाई शाहीले उम्मेदवारी दर्ता गर्नुभएको थियो ।
व्यवस्थापन समितिको बैठकद्वारा बनाडाको पौवा भत्काएर बनाउने निर्णय गरियो । तर, त्यो पौवाको कति काठ लगेर उहाँले जम्बुकाँध बजारमा आफ्नो नयाँ घर तयार गरेको चर्चा गर्नुभएको छ ।
जनता त्यही स्थानमा पुरानै शैलीको पौवा निर्माण गर्न र निज शाहीलाई कारबाहीको माग गर्छन् । सँगैको दुल्लुको पौवा हाल पनि बाँकी छ । त्यसलाई दुल्लु नगरपालिकाले सङ्ग्रहालयमा परिणत गरेको छ ।
Leave a Reply